Home » Around the World »Weird and Interesting
Weird and Interesting
Latest Articles
अरबपतिको गायिका मोह
रुसका अरबपतिलाई गायिका लेडी गागा यति मन परिन् कि उनले गाएको भिडियोमा अभिनय गर्नका लागि दशौँ लाख डलर तिरेको समाचारमा जनाइएको छ । उनले भिडियोमा आउने एउटा सानो दृष्यका लागि लाखौँ डलर तिरेको बताइएको छ । रुसका अरबपतिको नाउँ भने खुलाइएको छैन ।...
Read More »

हुरिले उडाएको कुकुर फेला पर्‍यो
कहिलेकाहीँ कुकुरहरुलाई पनि कम्ता हत्ते हुँदैन, हराउनु र आफ्नो मालिकसँग पुनः भेट हुनु !...
Read More »

ट्याक्सी चालकले पाए अर्ढाई लाखे टिप
बेलायतका एक जना ट्याक्सी चालकले २० वर्षघि बोकेका व्यक्तिलाई २ लाख ५० हजार टिप दिएका छन् । बेलायतको दक्षिणी भागका निवासी ती ट्याक्सी चालक मेरी वाट्सनको मृत्युपछि छोडेको पूरै सम्पत्तिको हकदार बन्न पुगेका छन् । ट्याक्सी चालक डन प्राट र उनकी श्रीमती गिलले त्यो सम्पत्ति पाएका हुन् । २० वर्षघि न्यूक्वेमा ट्याक्सीमा चढाएको बीबीसीले जनाएको छ ।...
Read More »

 
न माछो न कछुवा, के हो यो ?
चीनका एक माझीले माछा मार्न जाँदा उदेकको माछा मारेर आएका छन् । तर यो न माछो हो न त कछुवा । धेरैले यसलाई कछुवा र डाइनासोरको मिश्रति कुनै जनावर मानिरहेका छन् ।...
Read More »

विश्वकपका कारण वेश्याहरुको मूल्यवृद्धि
दक्षिण अफ्रिकामा संचालन भइरहेको विश्वकप २०१० एकातर्फ फुटबल प्रतियोगिताको घम्साघम्सीमा भइरहेको छ भने अर्कोतर्फ यौनव्यवसायीहरुका कारण सेक्स टुरिजमका कारणले पनि दक्षिण अफ्रिका अहिले चासोको विषय बन्न पुगेको छ । विश्वभरबाट आएका आगन्तुकहरुको यौनचाहलाई मार्न नदिन यहाँ ४० हजार हाराहारी यौनव्यवसायीहरु परिचालन गरिएको बताइएको छ ।...
Read More »

एकैघरका तीन जना विश्वकपमा तर हात लागी शून्
यस पटकको विश्वकप फुटबलमा एउटा कर्ीर्तिमान नै बन्ने बनेको छ । एकै घरका तीन दाजुभाइ एक साथ फुटबल खेल्न मैदानभित्र छिरेका थिए । विल्सन, जोन्नी र जेरी पालासियोसले होण्डुरसका तर्फाट फुटबल खेलेका थिए तर उनीहरुलाई चिलीले एक गोल हानिदिएकाले र उनीहरुले गोल फर्काउन नसकेका कारण सपना तुहियो ।...
Read More »

 
एम्बुस थाप्दा फन्दामा
विश्वकप फुटबलमा नेदरल्याण्ड र डेनमार्कबीचको प्रतिस्पर्धात्मक खेलमा एउटा बियर कम्पनीले चाहिँ एम्बुस मार्केटिङ गर्न भ्याएको छ । उसले ३० जना युवतीहरुलाई विश्वकपका मैदानभरि ती महिलाहरुलाई आफ्नो बियरको प्रचार गरिएका लुगा लगाउन दिएको छ र तिनीहरुले त्यसैलाई भजाउँदै हिँडिरहेका छन् ।...
Read More »

नाङ्गै पोकर खेल विश्वव्यापी हुँदै
जर्मनीमा हालै एउटा नग्न पोकर खेल सम्पन्न भयो । यो यति धेरै सफल भयो कि आयोजकहरु अब यो खेललाई विश्वव्यापी रुपमै खेलाउने पक्षमा रहेका छन् । यो खेलको अन्तिम दिन त यो खेलका बारेमा यति बढी चर्चा भयो कि जर्मनीको हृयार्म्बर्गका छिमेकी शहरहरु बर्लिन, ड्रेस्डेन र कोलोग्नेका जनताहरु पनि दौडिँदै त्यहीँ आइपुगे । र, यति धेरै मान्छे भेला भए कि यसलाई अन्तर्रर्ााट्रय रुपमै अघि बढाउने सल्लाह हुन थालेको छ ।...
Read More »

यस्तो पनि कीर्तिमान
चीनका विद्यार्थीहरुको एउटा ठूलो समूहले कोकाकोलाको बोतललाई हल्लाएर निस्किएको फिँज र झरनाबाट पनि कीर्तिमान बनाएका छन् । कोकाकोलाको बोतलभित्र मिन्ट हालेको खण्डमा त्यसले रसायनिक प्रतिक्रिया गराउँदै परसम्म हुतुतुतु कोकको झोललाई फ्याँक्ने गर्दछ । र, यो दृश्य कम्ता रोचक हुँदैन !...
Read More »

 
बसको गति नियन्त्रक
चीनको एउटा बस कम्पनीले बस दर्ुघटनालाई न्यून गराउन एउटा अभियान नै शुरु गरेको छ । गति नियन्त्रण गर्ने यो नयाँ शैलीलाई अहिले "ड्राइभ सेफली" नामाकरण गरिएको छ । एउटा खुला भाँडोमा भरि पानी राख्ने र गाडी बढी नै हलचल गर्न थाल्यो भने पानी पोखिएर गाडी चालकको जिउमा खनिने उपाय रचिएको छ ।...
Read More »

शहरको बीचमा दूलो
शहरको बीचमा रहेको चौबाटोमा मिलाएर खाल्डो खनिएजस्तो भ्वाङ परेपछि ग्वाटेमाला शहरका जनताहरुको अहिले बाटो नै परिवर्तन भएको छ । केही साताअघि त्यहाँ आएको आँधिले भ्वाङ पारिदिएको समाचारमा जनाइएको छ । यो भ्वाङ २० मिटर गोलो रहेको छ भने भित्र ३० मिटर गहिरो इनारजस्तै खाल्डो बनाइदिएको छ । यो भ्वाङले ग्वाटेमाला शहरबासीहरुलाई आतङ्क मच्चाइदिएको थियो भने त्यही घटनालाई भर्ूगर्भविद्हरुका लागि रोचक दृश्य र अनुसन्धानका लागि उपयुक्त घटनाका रुपमा उभ्भिएको छ ।...
Read More »

फ्याँकिएको सम्पत्ति पनि फिर्ता
चीनकी एक महिलाको अहिले खुसीले भुइँमा खुट्टा छैनन् । किनभने उनले थोत्रामोत्रा चिजमा लुकाएर राखेको जीवनभरको कमाईलाई उनका श्रीमान्ले उनी नभएको बेला बिक्री गरिदिएका थिए । ती थोत्रामोत्रा चिजबिजमा लुकाइएकोमा उनले प्लास्टिकको थैलोमा मज्जाले लुकाएर राखेको लाखौँ रुपियाँ पनि कबाडीकहाँ पुगेको थियो । तर त्यो अहिले फिर्ता पाइसकेकी छिन् र उनको गोडा भुइँमा छैनन्, खुसीले ।...
Read More »

 
बिहेमा रमाउँदा दुर्घटना
भर्खरै बिहेबाट फर्किएका एक दम्पत्ति आफ्नो बिहेमा यति खुशी भए कि अगाडिको खम्बा देख्न नसक्दा उनीहरुले गाडी नै दुर्घटनामा पारिदिए । त्यो पनि भाडामा लिएको फेरारी गाडी ! उनीहरुले यो गाडीलाई १ लाख ३० हजार पाउण्डमा भाडामा लिएका थिए । उनीहरुले बिहे सकिने बित्तिकै गाडीमा चम्पट ठोक्दा ट्राफिक लाइटको पोलमा ठोक्किन पुगेको थियो ।...
Read More »

संसारकै घिनलाग्दो कुकुरप्रति समवेदना
संसारकै घिनलाग्दो, अनुहार नपरेको र नराम्रो कुकुरका रुपमा दर्ता भएको चिनियाँ जातको एउटा कुकुरको असामयिक निधन भएपछि संसारभरका उसका फ्यानहरुले उसको मृत्युमा समवेदना प्रकट गरेका छन् । हालै गरिएको एउटा र्सर्भेमा सबैभन्दा कुरुप कुकुरका रुपमा नाम कमाएको यो कुकुरको १७ वर्षो उमेरमा मृत्यु भएको छ ।...
Read More »

अरुका कुरामा चियाउनेहरु दुःखी
मान्छेले आफ्नो खुशीको मापन कमाइको आधारमा गर्ने भएकाले सधैँ दुःखी हुने गरेको एउटा अध्ययनले देखाएको छ । आफूले कमाइरहेको पैसा वा सम्पत्ति आफ्ना साथीभाइहरुमध्ये कतिभन्दा बढी र कतिभन्दा कम भन्ने तुलना गर्ने मानव स्वाभावका कारण मान्छेको सबैभन्दा बेखुस हुने अध्ययनले देखाएको हो ।...
Read More »

 
Data 136 - 150 of 1082 [Total 73 Pages]
[prev] 10 [next]

       
YOURS
Name
Email
Friend 1
Name
Email
Friend 2
Name
Email
Friend 3
Name
Email
   
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
 
 
Latest Articles posted in the site
  
City Sighting
Sonitpur Saanjh 2068
 
Style Check
Style Check Dashain Fashion 2011
 
Style Check
Style Check Dashain Fashion 2011
 
Style Check
Style Check Dashain Fashion 2011
 
Style Check
Style Check Dashain Fashion 2011
 
Style Check
Style Check Dashain Fashion 2011
 
 
 
 

Tags in City Updates
crisis events hi-life अनुभव festival celebrity माओवादी मोबाईल streets पेट्रोल समलिङगी सेलेब्रिटी हल्ला awards संविधानसभा
Browse Tag by Group
Complete List of Tags

© Copyright eNasha .com
 
Online Media Association of Nepal