Home» Cinema »Feature

पपसंस्कृति, आइकन र समाजशास्त्र

- ममता शर्मा नेपाल

केही समययता समाजशास्त्रीय चिन्तनमा पपसंस्कृतिले चर्चा पाउन थालेको छ । यसअघि अधिकांश बुद्धिजीवीले पपसंस्कृतिबारे नकारात्मक धारणा राख्दथे । तर अब यो मानवशास्त्रीय अध्ययनको अभिन्न अङ्ग बन्न पुगेको छ । पपसंस्कृतिमा 'आइकन' शब्द निकै प्रचलित भएको छ । आइकन शब्दले तात्कालिन सर्न्दर्भमा कुनै पनि व्यक्तिको लोकप्रियतालाई उजागर गर्दछ । साथै यसको स्थान प्रचलित अर्थमा बुझिने नायकत्वभन्दा पनि माथि रहेको हुन्छ ।

आइकनसँग प्रशस्त फ्यानहरु जोडिएका हुन्छन् । यसले आफ्नो नायकत्वको शैलीमा ती प्रशंसकहरुलाई आफूमै ढाल्ने सामर्थ्य राख्दछ । यस्ता फ्यानहरुले आफ्नो आइकनका भाव, शैली, भाषा, पोशाक आदिको अनुशरण गर्दछन् र आफूलाई पनि आइकनजस्तै देखाउन प्रयत्न गर्दछन् ।

हाल नेपालको सिनेबजारमा एकखाले युवापुस्तामाझ राजेश हमाल त्यस्तै आइकनको रुपमा प्रतिष्ठित छन् । उनका फ्यानहरु उनको कपालको स्टाइल, लुगा र भाषाशैलीको सिको गरेर आफूलाई प्रदर्शन गर्न खोज्छन् । यो एउटा सानो उदाहरण हो । यस्तै अरु सर्न्दर्भलाई पनि लिन सकिन्छ ।

भूमण्डलीकरणपछि सञ्चारमाध्यमको विकासको प्रभावले स्थानीयस्तरका आइकनहरु अन्तरराष्ट्रियस्तरमै चर्चित भएका छन् । अमिताभ बच्चन, नेल्शन मण्डेला, चे ग्वेभारा, ब्रिट्नी स्पियर्स, माइकल ज्याक्सन आदि अन्तरराष्ट्रिय आइकनका नमूना हुन् । यिनीहरु चलचित्र, राजनीति, सङ्गीत आदि क्षेत्रबाट प्रकट हुन सक्छन् । अभिनयका क्षेत्रमा लोकप्रियता र ख्याति कमाएर आइकन बन्न सफल अमिताभ बच्चनका देशबाहिर पनि असंख्य फ्यान छन् ।

त्यस्तै नेलशन मण्डेला र चे ग्वेभारा राजनीतिक क्षेत्रबाट आएका इतिहासका चर्चित आइकन हुन् । उनीहरुको जीवनपद्धति र संर्घषको लोकप्रियताले उनीहरुलाई यो ठाउँमा पुर्‍याएको हो । त्यसैगरी ब्रिट्नी स्पियर्स र माइकल ज्याक्सन गायन तथा नृत्यबाट आएका हुन् । यिनीहरुमध्ये कतिपयका प्रशंसकहरु पनि दिनप्रतिदिन बढिरहेका छन् ।

कतैकतै आफ्ना फ्यानहरुले यस्ता आइकनको प्रतिमा पनि निर्माण गरेका छन् । भारतको कोलकातामा अमिताभ बच्चनका फ्यानहरुले उनको मन्दिर नै निर्माण गरेको यसअघि नै र्सार्वजनिक भइसकेको छ । केही समयअघि उनका चलचित्रहरु एकपछि अर्को फ्लप हुँदै गए पनि टेलिभिजन कार्यक्रम 'कौन बनेगा करोडपति' मार्फत् उनी अझै लोकप्रिय बनेका थिए । यता आएर 'ब्ल्याक' र अन्य चलचित्रमा उनको अभिनयका कारण उनी पुनः चर्चाको शिखरमा चढेका हुन् । 'कौन बनेगा करोडपति' भारतमै मात्र नभएर अन्य मुलुकहरुमा पनि लोकप्रिय छ ।

त्यस्तै च्वे ग्वेभारा, माइकल ज्याक्सन आदिका तश्वीर छापिएका लुगाहरु विश्वभरिकै युवाहरुले लगाएको देखिन्छ । यसका निम्ति भूमण्डलीय सञ्चार र विज्ञापनले पनि निकै सहयोग पुर्‍याएको छ ।

सञ्चारको भूमण्डलीय विस्तारबिना संसारमा यस्तो स्थिति आउने परिकल्पना पनि गर्न सकिँदैन । यस प्रकार आइकनलाई स्थापित गराउनमा पूँजीवादी संस्कृतिको मुख्य हात रहेको देखिन्छ । चे ग्वेभारा समाजवादी चिन्तक र योद्धा भए पनि उनलाई पश्चिमी मुलुकका बजारले बढी प्रचारमा ल्याएको हो ।

यसरी आइकन पपसंस्कृतिको अंशका रुपमा स्थापित भएको छ । तसर्थ, समाजशास्त्रीय तथा मानवशास्त्रीय अध्ययनका हिसाबले अब यो पक्षलाई कसैले पनि पन्छाउन सक्दैन । आजको मानिसलाई बुझ्ने हो भने यो संस्कृति जतिसुकै विवादास्पद मानिए पनि त्यसप्रति नकारात्मक दृष्टिले हेर्न सकिँदैन ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
सोच क्या बात ! फिल्म फेस्टिबल नवीनता ग्ल्यामर कन्ट्रोभर्सी निर्देशक पार्टी अभिनेता पेज 3 रोचक रोमान्स अभिनेत्री सञ्चारकर्मी कार्यक्रम घोषणा सेक्स प्रविधि
Browse Tags in Other Group
 
 
Tags in Relationship
sex dating divorce cheating kissing marriage honeymoon friends tips gifts breakup infidelity parties know women attracting girls know men attracting guys flirting love personal valentine's day ex-love occassion fun read memories Family
Browse all Tags in Group
Tag groups: