Home» Around the World »Weird and Interesting

हन्तकालीको अर्को नाम कोबायासी

लौ चिन्नुस्, संसारका अजिब हन्तकालीलाई । हन्तकाली ! बुझ्नु भएन ? यो शब्दको अर्थ हुन्छ, खानै नपाएजस्तो गरी खाइदिने । यस्ता मान्छेलाई अर्को शब्दमा 'अगस्ती' पनि भन्छन् । यसको खास अर्थ चाहिँ जति खाए पनि 'भो पुग्यो' नभन्ने । यो चाहिँ अगस्ती ऋषिको नामबाट लिईएको शब्द हो ।

त खास समाचार के आइपुग्यो भने धेरै खाइदिएर विश्व रेकर्ड नै बनाउने जापानी ताकेरु कोबायासी नामक यी अजिबका व्यक्तिलाई अहिले पर्नु पीर परेको छ । कारण बन्न पुगेको छ, उनको बङ्गारा (छेउकुनाको दाँत) । यो दाँत दुखेर उनलाई यति सास्ती भएको छ कि सातौँ पटक धेरै खाएर विश्व रेकर्ड कायम गरिसकेका यी व्यक्तिको पछिल्लो प्रतिष्पर्धाको सपना कतै सपना नै त रहने छैन ! भनी चिन्ता बढेको छ । किनभने वाषिर्क स्वतन्त्रता दिवसमा मनाइने आकर्षक हट डग पाचन प्रतिस्पर्धा पनि मुखैमा आइपुगेको छ । यसअघि यो प्रतियोगिता सात पटक जितिसकेपछि यस पटक पनि आफैँले जित्नु पर्ने हो त भनिरहेकै छन्, तर यो जितिने हो/होइन भन्ने कुरामा उनी अझै पनि दुविधामा छन् ।

गएको वर्ष उनले १६५ पाउण्डको खाना खाएर येल्लो मर्स्र्टड बेल्ट जितेका थिए भने नाथन्स फेथ अफ जुलाई हट डग इटिङ कन्टेस्टमा लगभग ५४ वटा हट डग केवल १२ मिनेटमै स्वाहा पारिदिएर विश्व कीर्तिमान नै कायम गरेका थिए । यी खञ्चुवा युवाको बङ्गारा झरेपछि यस पटकको प्रतिस्पर्धा उनले जित्लान् के ! भन्ने शङ्का बढेर गएको छ । यो प्रतिस्पर्धा यही जुलाई ४ मा आयोजन हुँदैछ ।

"मेरो हालत अहिले यस्तो छ कि मुख पनि बाउन सक्तिनँ", उनले आफ्नो व्यक्तिगत वेबसाइटमा लेखेका छन्- "एउटा औँला घुसाउने जत्रो मात्र मुख बाउन सक्छु । तर योभन्दा ठूलो मुख बाउन खोजेँ भने मुख दुखेर हैरान हुने गरेको छु ।" यस्तो अवस्थालाई बङ्गाराको 'एथ्रिटिस' भनी डाक्टरहरुले बताएको उनले लेखेका छन् ।

उनले आफ्नो वेबसाइटमा आफ्नो अवस्था बताउँदै लेखेका छन्- "जुलाई ४ भन्दा अघि पूर्ण रुपमा निको हुन निकै व्यग्र छु ।" यता उनको यस्तो अवस्था देखेर युनाइटेड फुड फाइर्टस अर्गनाइजेशनले उनका लागि विश्वासिलो डाक्टर खोजिदिएका छन्, जसलाई कोबायासीले राम्रैसँग विश्वास गर्न सक्छन् ।

अब हामी पनि जुलाई ४ पर्खिऔँ, अगस्ती ऋषिका नयाँ अवतार यी हन्तकाली कोबायासीले के कमाल गर्ने हुन् !






 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
कीर्तिमान उदेकलाग्दो सुन्दरी बलिउड माया सेलेब्रिटी इन्टरनेट श्रीमानश्रीमती परिस्थिति फट्याइँ उदारता मुद्दा मामिला नग्नता मूर्ख्याइँ भव्यता विज्ञापन हलिउड गुगल सेक्स उपाय
Browse Tags in Other Group
 
 
Tags in Weird & Interesting
हलिउड मुद्दा मामिला जनावर सेक्स विज्ञापन बलिउड नग्नता माया प्रविधि सेलेब्रिटी श्रीमानश्रीमती उदेकलाग्दो कीर्तिमान यस्तो पनि ! उपाय परिस्थिति गुगल