Home» Music »Feature

हिउँ, हिमाल तथा प्रकृति र आत्मा



नेपालमा सङ्गीत र शब्दलाई प्रयोग गर्ने आँट थोरै कम सर्जकमा छ । अझ सुगम सङ्गीतमा त त्यो 'न' बराबर नै छ । यस्तो अवस्थामा कहिलेकाहीँ प्रयोग लिएर आइपुग्छन्, केही सर्जक । ती सर्जकमध्ये अहिले एक देखिएका छन्, सामवेद ।

प्रकृति र आत्मा सङ्गीतसँग मिसिए मात्र त्यसले अरुलाई छुन्छ भन्ने मान्यतामा दृढ सामवेदले तीन वर्षअघिदेखिको आफ्नो महत्वाकांक्षी एल्बम 'हिउँ' सम्बद्ध सर्जकहरुलाई मंगलबार सम्मान गरे । गएको मे महिनामा उनले यो महत्वाकांक्षी एल्बमलाई सगरमाथाको चुचुरोमा मिङ्मा तेम्बा शेर्पा, मिङ्मा ग्याल्जे शेर्पा, तार्के शेर्पा र नामगेल शेर्पाले सार्वजनिक गरेका थिए ।

हिउँ प्रदेशमा डुल्दै गर्दा त्यस भेगमा काम गर्ने कामदारहरुको भावनालाई समेटेर यो एल्बम बनाएका थिए उनले । त्यसैले यो एल्बमको बिक्रीबाट उठेको रकम ती कामदारकै हितमा उपयोग गरिनु पर्छ भनेर बिक्रीबाट उठेको रकम एक लाख एक रुपियाँ उच्च हिमाली तथा पहाडी क्षेत्र कामदार सहयोग संघका अध्यक्ष दा गेल्जे शेर्पालाई हस्तान्तरण गरेका छन् ।

सामान्यतया एल्बम बिक्रीबाट उठेको रकम कुनै संस्थालाई प्रदान गरेको समाचार सुन्न पाइएको थिएन, तर यस एल्बमको बिक्रीबाट उठेको रकम कार्यक्रमस्थलमै एक लाख रुपियाँको चेक प्रदान गरेर सङ्गीतकार सामवेदले उदाहरणीय काम गरेका थिए ।

यसबाट सूचना तथा सञ्चार मन्त्रालयका कायममुकायम सचिव शङ्कर कोइराला कति खुशी थिए भने एल्बमको विशेषता खोतल्दै भन्न थाले- "यो एल्बम विशेषताले भरिएको एल्बम हो । कुनै एउटै सङ्गीतकारले एउटा निश्चित विषयमा घोत्लिएर गीत, सङ्गीत दुवै लेखेका छन् । 'थिम'मा लेख्ने परम्पराको यो विशिष्ट उदाहरण हो । यो एल्बम धर्तीलाई पाउमुनि पारेर विमोचन सगरमाथाको चुचुरोमा गरिएको थियो । सर्जक आफैँ 'फिल्ड'मा गएर अनुभूत गर्दै लेखेकाले त्यहाँको वास्तविक सुन्दरता यहाँ अनुभूत गर्न सकिन्छ । र, त्यहाँका मजदूर र कामदारप्रति सहानुभूति उब्जाउने यो अद्वितीय प्रयास बन्न पुगेको छ ।"

पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव दिनेश अधिकारी पनि कम खुशी देखिएनन्, भने- "गीतले जीवन बोक्नुपर्छ, यसले बोकेको छ । गर्वको कुरा के छ भने केही वर्षयता नेपाली गीतिविधा फराकिलो हुन थालेको छ । हिउँ त्यसको स्पष्ट उदाहरण हो । कुनै एउटै विषयमा विविध गीत सिर्जना गर्नु र त्यो श्रुतिमधुर हुनु साँच्चिकै असल कुरा हो । नेपालका दुइ सम्पत्ति हुन् प्रकृति र संस्कृति । हिउँ अर्थात् हिमाल प्रकृति र संस्कृतिको मेल हो । त्यही विषयलाई सफलतापूर्वक सामवेदले अवतरण गरेका छन् ।"

बेलायती राजदूतावासकी भाइस काउन्स्लर सेरेना ब्रोक्लेवेन्ट आफैँ पनि हिम आरोही भएकीले त्यस बखत निकै भावुक थिइन्, भनिन्- "हिमआरोहण जीवनकै सबैभन्दा उत्कृष्ट अनुभव हो । र, त्यसलाई सफलिभूत पार्ने त्यहाँका मजदूर साँच्चिकै धन्यवादका पात्र हुन् र तिनैलाई सहयोग गर्ने उद्देश्यले निकालिएको यो एल्बमको त कति प्रशंसा गरुँ र म !"

ट्रेकिङ एजेन्सीज् एशोसिएसन नेपाल (टान)का अध्यक्ष नरेन्द्र वि.सी. यति खुशी देखिए कि अन्य संस्थालाई गिज्याउँदै उनले भने- "जुन काम पर्यटनसम्बद्ध अरु संस्थाले गर्नुपर्ने थियो, त्यो काम एक्लै सामवेदले गरेर देखाए ।"

सङ्गीतकार सामवेदलाई स्कूलमा पढाउने गुरु डी.बी. गुरुङले हिम-मजदूरको मर्का बुझेर त्यहीँ कार्यक्रम स्थलमै हिम-मजदूरका दुइ सन्तानलाई ६ देखि १० कक्षासम्म निःशुल्क पढाइदिने घोषणासमेत गरिदिए ।

कार्यक्रममा सर्जक सामवेद, उच्च हिमाली तथा पहाडी क्षेत्र कामदार सहयोग संघका उपाध्यक्ष दावा शेर्पा तथा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख सुभाष निरौलाले समेत आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।

सगरमाथामा एल्वम विमोचन गर्नेहरु




 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
लुकेका कुरा कीर्तिमान सङ्गीतकार विचार उपलब्धि गीतकार बजारमा क्या बात ! हल्ला समुद्रपार रिलिज परिस्थिति ट्रयाक बाहिर नेपाली तारा गायिका अवार्ड कन्सर्ट प्रेम र विवाह तातोपीरो रुचि
Browse Tags in Other Group
 
 
Tags in Misc
Books Home
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
Security Code: