Home» Around the World »Weird and Interesting

आमाहरुले पनि मिस स्पेन हुन पाउने

 

 

 

 

 

 

 

 

 

 

 

 

टुकुटुकु हिँड्ने बच्चाका सुन्दर आमाहरुलाई अब बधाई छ । उनीहरुले बिहेअघि मिस स्पेन हुने धोको पूरा गर्न नपाएको भए, बच्चा जन्माइसकेपछि पनि मिस स्पेन प्रतियोगितामा भाग लिन पाउने निर्ण्रय हालै गरिएको छ ।

रोयर्टस समाचार संस्थाले बिहीबार जनाएअनुसार हालै २२ वर्षीया एञ्जेला बुस्टिलोले प्रतियोगितामा भाग लिएको चाल पाएपछि आयोजकहरुले तिनलाई प्रतियोगिताबाट निष्कासन गरेको थियो । तर यो निष्कासनपछि महिला संघसंस्थाहरुले यति चर्को विरोध गरे कि उनीहरुले आफ्नो नीति परिवर्तन गर्नु पर्‍यो ।

मिस स्पेन सुन्दरी प्रतियोगिताले आमा बनेकाहरु अर्थात् मिसेज भइसकेकाहरुले समेत यो सौर्न्दर्य प्रतियोगितामा भाग लिनसक्ने निर्ण्रय गरेको हो । एञ्जेला बुस्टिलोले गएको जनवरी महिनामा मिस क्यान्टाब्रिया उपाधि जितेकी थिइन् । यो स्पेनको उत्तरी सामुद्रिक प्रदेश हो । तर आयोजकहरुले छोराछोरीकी आमालाई प्रतियोगितामा सामेल नगराइने नियम भएको भनी उनको उपाधि खोसिएको थियो ।

उनको उपाधि खोसिएलगत्तै स्पेनका अखबारले एञ्जेलाको र्समर्थनमा लेख्न थाले र त्यसैको देखासिकीमा महिलावादी संघसंस्थाहरुले क्यान्टाब्रियाको स्थानीय सरकारलाई दवाव दिन थाले । यो दवाव झेल्न नसकी मिस स्पेनका आयोजकहरुले आफ्नो पुरानो निर्ण्रयमा परिवर्तन ल्याएका हुन् ।

तर केहीले यो प्रतियोगिता अविवाहिताहरुको हो आमाहरुको होइन भनी आलोचना गरेका छन् ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
सुन्दरी परिस्थिति माया सेलेब्रिटी गुगल इन्टरनेट भव्यता मूर्ख्याइँ नग्नता बलिउड मुद्दा मामिला कीर्तिमान विज्ञापन फट्याइँ उपाय श्रीमानश्रीमती हलिउड उदारता उदेकलाग्दो प्रविधि
Browse Tags in Other Group
 
 
Tags in Weird & Interesting
हलिउड मुद्दा मामिला जनावर सेक्स विज्ञापन बलिउड नग्नता माया प्रविधि सेलेब्रिटी श्रीमानश्रीमती उदेकलाग्दो कीर्तिमान यस्तो पनि ! उपाय परिस्थिति