Home» Around the World »Weird and Interesting

जहाज रोकिदिने खरायोहरु !

खरायोको शक्ति कति छ भन्ने थाहा पाउन कहीँ जानु पर्दैन इटालीमा घटेको एउटा घटना पढ्नु भए हुन्छ । इटालीको फेशनेवल शहर मिलानको एयरपोर्टमा खरायोले जुनसुकै बेला उड्न लागेको प्लेन र उत्रन लागेको प्लेनको दिशा परिवर्तन गरिदिन सक्छन् ।

एनानोभा समाचार संस्था बीबीसीलाई उद्धृत गर्दै लेखेको छ- मिलानको विमानस्थलमा केही समययता खरायोको जगजगी छ । तिनले चाहेको बेला हवाई जहाज रोकिन सक्छ र तिनले चाहेको बखत ओर्लिन लागेको जहाजको दिशा परिवर्तन हुनसक्छ ।

खरायोहरुको यस्तो जगजगी देखेर एयरपोर्टका अधिकारीहरु चकित छन् । केही समययता उक्त विमानस्थलमा खरायोको संख्या दिनप्रति दिन बढ्न थालेको छ । जसका कारण जुनपायो त्यही बेला तिनीहरु जहाज दौडिनुपर्ने ठाउँमा खरायो दौडिन थालेका छन् । खरायोको रन-वे दौडका कारण राडारलाई वस्तु चिन्न गाह्रो परिरहेको छ र तिनले रन-वेमा केही खराब चिजको उपस्थिति भनी देखाइरहेका छन् ।

खरायोले दिक्दार बनाएका कारण सन् २००१ मा नै ११८ जना यात्रुहरुको मृत्यु हुने गरी एउटा दुर्घटना घटिसकेको छ । अधिकारीहरु सोही दुर्घटना नदोहोरियोस् भनेर ती खरायो धपाउन लागिपरेका छन् ।

हालै मात्र अधिकारीहरुले तीन घण्टा जहाज आवागमनलाई अवरुद्ध पारेर स्थानीय वन्यजन्तु विशेषज्ञहरुलाई बोलाएर त्यहाँ भेटिएका ८० खरायोलाई पक्राउ गरी खोरमा हालिसकेका छन् ।

पक्राउ गरिएका ती खरायोहरुलाई मिलानस्थित प्रकृति संरक्षण केन्द्रमा राखिएको छ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
जनावर फट्याइँ बलिउड श्रीमानश्रीमती मुद्दा मामिला सुन्दरी इन्टरनेट परिस्थिति गुगल माया मूर्ख्याइँ उदारता नग्नता भव्यता सेक्स सेलेब्रिटी उदेकलाग्दो हलिउड उपाय यस्तो पनि !
Browse Tags in Other Group
 
 
Tags in Health
weight body-care seasonal-illness diet sleep skin stress food body-ache Psychology fatigue nutrition mental -health oral-health headache
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,