रविकी बेहुली कृति

'बेहुलीको नजिकै नबस्नु झुक्किएर बेहुलाले तिमीलाई सिन्दुर लगाइदेलान् '-बेहुली बनेर विवाहको यज्ञ छेउमा घुम्टी ओढेर लजाएर बसेकी नायिका/इमेज च्यानलकी उदघोषिका कृति भट्टर्राईसंगै साथी भएर बसेकी चलचित्र नायिका ऋचा घिमिरेलाई इमेज एफएमका उदघोषक नरेश भट्टर्राईले ठट्यौली गरे । ऋचा पनि के कम - उनले पनि जवाफ फर्काइन्- 'उहाँ त बेहुला पो हो बहुला त होइन होला नी' ।
यस्तो ठट्यौली शुक्रबार पुल्चोक स्थित उग्रचण्डी मन्दिर परिसरमा देखियो । कृतिले निकै पटक भनिसकिन् कि उनलाई आइन्दा नायिका नभन्नु भनेर । अभिनयकर्म छाडेर सञ्चार्रकर्ममा लागेकी उनले आफ्नो जीवनसाथी पनि एकजना नाम चलेका सञ्चारकर्मीलाई नै बनाएकी छिन् । सञ्चारकर्मी, विज्ञापन निर्माता वा हामी उनलाई पपगायक तथा संगीतकार सञ्जय श्रेष्ठका भाई पनि भनेर चिन्छौं । उनी अर्थात् रवि श्रेष्ठलाई कृतिले अग्नीलाई साक्षी राखेर आफ्नो जीवनसाथी बनाइन् । नेवारी परम्परा अनुसार जन्ती लिएर आएका रविको कृतिसंगको विवाह भने बाहुन/क्षेत्री जस्तो परम्परामा भयो । गत बर्षकुरा छिनिएपनि त्यस्को सात महिनापछि मात्र असारमा उनीहरुको लगन जुर्यो । केही चलचित्रकर्मी, अधिकांस इमेज च्यानल र इमेज एफएमका कर्मचारीहरुसहित पारिवारिक सदस्यहरुको उपस्थितिमा शुक्रबार साँझ ६ बजे तिर ब्याण्डबाजा बजाउ"दै कृतिलाई अन्माएर फुलैफुलले सजाइएको कारमा राखेर रविले लिएर गए । जाँदाजाँदै उनी भन्दैथिए- 'आउने शुक्रबार हाम्रो पार्टीको, कार्ड पठाउँदैछु । आउनु पर्छ नि ।'

ऋचा घिमिरेको साथमा कृति भट्टराइ


ऋचा घिमिरे कृतिलाई विवाहसम्वन्धि टिप्स दिंदै