Home» Around the World »Weird and Interesting

महारानीको इमेल

बेलायतकी महारानी एलिजाबेथ द्वितीयको इमेल ठेगाना छ, थाहा पाइरहनुस् । तर माफ गर्नुहोला, उनको ठेगाना त हामीसँग पनि छैन तर टेलीग्राफ दैनिकले हालै छापेको एक समाचारअनुसार उक्त इमेल ठेगाना महारानीले अहिले उपभोग चाहिँ गरिरहेकी नै छिन् ।

तर अखबारले जनाएअनुसार उनी इमेल चाहिँ आफैँले लेख्न जान्दिनन् । उनी आफ्ना सहायकहरुलाई प्रयोग गरी जवाफ फर्काउने गरेकी छिन् ।

८१ वषर्ीया यी महारानीले मोबाइल चाहिँ प्रयोग गर्छिन् । सँगै उनीसँग बहुचर्चित आइपड मिनी उपयोग गर्ने गर्छिन् । -हुम्म ! हजुरआमै त म्युजिकको पारखी रै'छिन् !)

यो कुराको खुलासा चाहिँ त्यति बेला भयो, जब भेनिटी फेयर पत्रिकाकी सम्पादक एलिजाबेथ साल्जमेनसँग महारानीले भनिन्- "अब आइन्दा हामी नियमित भेट गर्नुपर्छ, बुझ्यौ !" महारानीले यसो भनेपछि सम्पादक साल्जमेन चकित भएर महारानीतिर हेरिरहेकी थिइन्, महारानीले थपिन्- "मसँग इमेल ठेगाना छ, तिमीले मलाई इमेल गरे हुन्छ ।" त्यसपछि महारानीले उनलाई आफ्नो इमेल ठेगाना टिपाइदिइन् ।

ठेगाना टिपेपछि छक्क पर्दै साल्जमेनले भनिन्- "हर्ेर् इश्वर यो मैले कस्तो सुखद् कुरा सुन्न पुगेँ, महारानी मौसूफ पनि इमेल प्रयोग गरिबक्सन्छ !"

"अँ त !" रानीले भनिन्- "तर तिमीलाई भित्री कुरा भनौँ ! त्यो आफैँ चैँ लेख्न आउँदैन । म सहायकलाई भन्छु अनि उनीहरुले लेखिदिन्छन् ।"

यता बकिंघम दरबारको प्रशासनले चाहिँ रानीको निजी इमेल अकाउन्ट छ कि छैन भनेर प्रतिक्रिया दिन चाहिँ अस्वीकार गरेको छ । तर टेल्रि्राफ समाचारपत्रले आफ्नो समाचारमा लेखेको छ, महारानीले आफ्ना नातिहरुसँग बात मार्न, भेटघाट मिलाउन यही इमेल प्रयोग गर्ने गरेकी छिन् ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
सेलेब्रिटी इन्टरनेट भव्यता सुन्दरी माया बलिउड गुगल नग्नता मूर्ख्याइँ उदारता यस्तो पनि ! हलिउड श्रीमानश्रीमती मुद्दा मामिला विज्ञापन उपाय सेक्स फट्याइँ कीर्तिमान प्रविधि
Browse Tags in Other Group
 
 
Tags in Weird & Interesting
हलिउड मुद्दा मामिला जनावर सेक्स विज्ञापन बलिउड नग्नता माया प्रविधि सेलेब्रिटी श्रीमानश्रीमती उदेकलाग्दो कीर्तिमान यस्तो पनि ! उपाय परिस्थिति गुगल