Home» Cinema »Feature

भावी नेपालमा चलचित्रको स्वरुप

- नवीन सुब्बा

A New country needs a new cinema and new cinema required a new film form. This new film form couldn't be simply an improvement of usual film form, it had to be derived form the new ideology of the people.

- Sergei-m Eisenstein

१. वि.सं. २०६२/६३ को ऐतिहासिक जनआन्दोलनपछिको नेपाल भूगोलको आधारमा नयाँ राष्ट्र नभए पनि राजनीतिक परिवर्तनले निर्माण गरेको सामाजिक मनोविज्ञानको आधारमा नयाँ राष्ट्र हो । हाम्रो यो नयाँ राष्ट्रको मनोविज्ञानलाई निकट भविष्यमा नै हामी संविधानसभाको माध्यमद्वारा राजनीतिक, आर्थिक र सांस्कृतिक रुपमा स्थापित गर्न गइरहेका छौँ । यसक्रममा संविधानसभा पछिको राज्यमा राजनीतिक र आर्थिक स्वरुप र संरचना कस्तो हुने भन्ने बहस यथेष्ट भइरहेको छ तर तयो अनुपातमा सांस्कृतिक क्षेत्रको पुनः संरचनाको बारेमा छलफल र बहस हुन सकिरहेको छैन । झन् एक्काइसौँ शताब्दीको संस्कृति सञ्चार गर्ने प्रमुख माध्यम चलचित्रको उपादेयता र सामर्थ्य प्रयोगबारे कुनै विषय उठान भएका छैनन् । पुनसंरचित राज्यमा नेपाली राष्ट्र राज्य चलचित्रको स्वरुप कस्तो हुने भन्ने कुरा त परको सर्न्दर्भको हुन जान्छ ।

२. चलचित्रले समकालीन समयको जीवनशैली र सांस्कृतिक परिचय प्रतिविम्वित गर्छ । चलचित्रले रचनात्मक अभिव्यक्तिको माध्यमको रुपमा त्यो राज्यको आधुनिक संस्कृतिको साक्षी बस्ने मात्र नभएर, सांस्कृतिक सम्पदाको प्रतिनिधित्व पनि गर्दछ । चलचित्र आधुनिक सभ्यताको उत्पादन मात्र होइन, अझ अति महत्वपर्ूण्ा कुरा त के हो भने आम जनमुदायलार्य प्रभाव राख्ने सांस्कृतिक उत्पादन पनि हो । तर विगतको समयमा राज्यले चलचित्रको यो शक्तिको अवमूल्यन मात्र होइन गलत प्रयोग पनि गर्द्यर्ैैाएको छ । ऐतिहासिक जनआन्दोलन २०६२/६३ ले नेपाली राज्यको स्थापना भएको २३७ वर्षछि स्वीकारेको तथ्य के हो भने यो देश बहुधार्मिक, बहुभाषिक, बहुजातीय र क्षेत्रीय मुलुक हो । तर नेपाली चलचित्रको स्वरुप अहिले पनि एकात्मक, सामन्ती मूलय मान्यताको पक्षपाति र प्रतिगमनकारी रहिआएको छ । हुन त चलचित्रको रुप रातारात फेरिने होइन तर यसको लोकतान्त्रीकरण र समय सापेक्ष रुपान्तरण आजको आवश्यकता हो ।

३. नेपालमा चलचित्रको प्रवेश राजा महेन्द्रले आफ्नो राजनीतिक उद्देश्य पर्ूर्तिका निम्ति प्रोपोगाण्डा गर्न भित्र्याएका हुन् । महेन्द्रले चलचित्र भित्र्याउनुअघि पर््रदर्शनको छिटफूट संरचना रहे पनि त्यसको प्रभाव त्यति थिएन । तर राजा महेन्द्रले तानाशाही पञ्चायती व्यवस्थाको पक्षपोषणको निम्ति यसलाई भित्र्याएपछि उनले यसको प्रयोग राजनीतिक प्रपोगाण्डाको रुपमा मात्र नगरेर एक भाषा, एक भेष, एक धर्म, एक देश भन्ने आफ्नो सांस्कृतिक नीतिलाई आम जनसमुदायमा स्थापित गर्न पनि प्रयोग गरे । यसले चलचित्रको क्ष्ँेत्रमा अन्य भाषा, धर्म, संस्कृतिलाई निषेध मात्र गरेन, ती भाषा, संस्कृति र धर्मको विनाशलाई तीव्रता दिन सहयोग पनि गर्‍यो । चलचित्रको माध्यममा पनि हिन्दू धर्म, नेपाली भाषा र राष्ट्रिय पोशाकको नाम खस पर्वते उच्च जातकाहरुलाई मात्र प्राविधिक कलाकारको रुपमा प्राथमिकता दिइयो । अभिजात वर्गबाट आएका र आफ्नो राजनीतिक र्समर्थकहरुलाई चलचित्र क्षेत्रको जिम्मेवारी दिएर पनि उनीहरु प्रति विश्वास नभएर चलचित्रको आलेखसम्म पनि दरबार आफैँले हेथ्र्यो ।

४. राजा महेन्द्रले स्पष्ट रुपमा सत्तासीन सम्प्रदाय र वर्गको भाषा, धर्म र संस्कृतिलाई राष्ट्रिय एकताको आधार मान्दै त्यसको संरक्षणमा सर्म्वर्द्धनमा चलचित्रमा राज्यको यसरी सम्पर्ूण्ा शक्ति मात्र खन्याएनन्, अपितु त्यसलाई दर्ीघकालीन रुपमा स्थापित गर्न चलचित्रको बनोट र रुपमा पनि हिन्दू सामन्तवादी सौर्न्दर्य चेतना लागू गर्ने नेपाली चलचित्रको भाषा र निर्माणमा हिन्दी चलचित्रबाट प्रशिक्षितहरुलाई भित्र्याएर नेपाली चलचित्रको रुप र बनोटलाई हिन्दू खसकरण गरियो । यतिले मात्र नपुगेर हिन्दी चलचित्रकै पर््रदर्शनलाई पनि व्यापकता दिइयो । यसले आम नेपाली जनसमुदायमा हिन्दी सामन्तवादी सौर्न्दर्य चेतना स्थापित गर्‍यो । हिन्दी चलचित्रको संरचनागत बनोट हिन्दू धार्मिक काव्य रामायाण, महाभारतबाट उठाइएको हो । आर्य शारीरिक बनोटको रामजस्तो धिरोधात्त नायक, सीता, सावित्री, मृगनयनी नायिका र उनीहरुको रुप रंग शारीरिक बनोटसँग नमिल्ने अनुहार र बनोटलाई खलनायक वा अभिसारिकाको रुपमा लगातार प्रस्तुतिले मंगोल, द्रविड, मधेशी मूलका व्यक्ति र दलितहरु त्यो सौर्न्दर्य चेतनामा नायकको रुपमा अस्वीकार्य भए । अर्ध शताब्दी लगाएर निर्माण गरेको यो मनोविज्ञानले नेपाली समाजको बहुलतालाई इन्कार मात्र गरेन, ती समुदायका मानिसहरुमा कुण्ठा र हीनता पनि भरिदियो । यसले उनीहरुमा नेपाली राज्य आफ्नो हो भन्ने भावना पनि कमजोर हुँदै गयो ।

५. लामो समयदेखि लगातार चलचित्रमा पनि सिमान्तीकृत गरिएको भाषा, धर्म, जाति, संस्कृति र क्षेत्रका जनसमुदायले आफ्नो अधिकारको खोज नगरुन् भनेर पलायनवादी मनोरञ्जनलाई बढावा दिइयो । तानाशाही र एकात्मक शासन प्रणालीले जहिल्यै पनि पलायनवादी मनोरञ्जनलाई पर््रवर्द्धन गर्छन् । यसको निम्ति चलचित्रमा मनोरञ्जन र व्यवसायिकताको नाममा सूत्रबद्धता र रुढिबद्धतामा जोड दिन्छन् । सूत्रबद्ध र रुढीबद्ध चलचित्रले मुख्य त आफ्ना दर्शकहरुमा भावनात्मक प्रतिक्रियाको आशा गर्छ । यसको प्रमुख लक्ष्य व्यक्तिको विभिन्न तन्तुहरुको र्स्पर्श गरेर बारम्बार समान भावको चलचित्र हर्ेन बाध्य पार्नु हो । दर्शकहरुको इच्छाहरुसँग खेलवाड गर्दै उसमा निहित ग्रन्थीहरुको उद्धात्तीकरण गर्नु हो । हुन त व्यक्तिको इच्छा उसको भित्रबाट र समाजबाट सिर्जित हुन्छ । तर यी इच्छाहरुलाई स्वीकार्ने या निषेध गर्ने त्यसको छिनोफानो गर्ने काममा भने सामाजिक व्यवस्थाले महत्वपर्ूण्ा भूमिका निर्वाह गर्छ । रुढिबद्ध चलचित्रले व्यक्तिका यी इच्छाहरुलाई कुशलतापर्ूवक वशमा ल्याएर भावनात्मक प्रभाव उत्पन्न गरिदिन्छन् । यसको सामान्य पद्धति के हो भने व्यक्तिको इच्छापर्ूर्ति गर्नु वा नकार्नु वा ढिलो गरेर पर्ूर्ति गर्नु । वस्तुतः यसको लक्ष्य दर्शकलाई यस्तो परिघटना प्रदान गर्नु हो, जहाँ उसले हरप्रकारको इच्छाको पर्ूर्तिको भावनात्मक अनुभूति प्राप्त गर्न सकोस् । यही वैयक्तिक भावनाको चित्रण र इच्छाहरुको पर्ूर्तिको भ्रमले दर्शकमा आनन्द पैदा गर्दछ । त्यो आनन्द प्राप्तिका लागि दर्शक उही प्रकारको चलचित्रको खोजका लागि निरन्तर लाग्दछ । यही प्रभावले चलचित्रहरु रुढिवद्धतामा ढल्किन्छन् । यस प्रकारको रुढिबद्धताले पर्दामा के भइरहेको छ भनेर व्यक्तिलाई कान र आँखामा जोड लगाउन पर्दैन । यस्ता चलचित्रले व्यक्तिलाई नयाँ चुनौतीहरु सामना गर्न तयार नगर्ने मात्र होइन कि आफ्नो निजी र सामाजिक विकासका लागि आवश्यक प्रश्न गर्न पनि सिकाउँदैन । यस्ता रुढिबद्ध चलचित्रले दर्शकको चिन्तनपरक क्षमतालाई नष्ट गरिदिन्छ । यतिसम्म कि उसको भावनात्मक प्रतिक्रिया पनि रुढिबद्ध चलचित्रकै वरिपरि सीमित हुन पुग्छ ।

६. सूत्रबद्ध र रुढिबद्ध चलचित्रमा पनि नेपालको जातीय, धार्मिक, सांस्कृतिक र भाषिक बहुलताको उठान सक्थ्यो । माथि उल्लेख भएझैँ राज्यल चलचित्रमा एकात्मकताको जो दिन सेन्सर नीतिमा राष्ट्रिय विखण्डन, जातीय विद्वेषजस्ता कुराहरु राखेर घुमाउरो पाराले क्षेत्रीय, जातीय र भाषिक कुराहरु उठान गर्न निषेध गरियो । सांस्कृतिक एकीकरणको नाममा वर्ण्र्ााकर संस्कृतिको पक्षपोषण, अझ स्पष्ट रुपमा सत्तासीन सम्प्रदाय र वर्गको भाषा, धर्म र संस्कृतिको पक्षपोषण गरियो भने अन्य शासित समुदायको भाषा, धर्म र संस्कृतिको विरुद्ध विभेदको नीति अपनाएर सिमान्तीकृत गरियो । यो सेन्सर नीतिलाई २०४६ सालको जनआन्दोलनपछिका सरकारहरुले पनि निरन्तरता दिए ।

७. विकेन्द्रीकरणले चलचित्रमा आफ्नो नियन्त्रण गुम्ने भयले चलचित्रको नीतिनियम र प्रशासनिक कामलाई पनि केन्द्रीकृत गरियो । २०४६ सालको जनआन्दोलनपछि नेपाली चलचित्र विकासका लागि स्थापित चलचित्र विकास बोर्डलाई पनि केन्द्रमा नै राखियो । यसले लामो समय लगाएर सिमान्तीकृत गरिएक समूह, वर्ग र क्षेत्रको कथा र स्मृतिहरुको विकास र पर्ुनर्गठन गर्दै उनीहरुको परिचयको पर्ुनरचनाको सम्भावनालाई न्यूनीकरण गर्‍यो । यसले चलचित्रमा क्षेत्रीय, दलित र आदिवासी जनजातिका आवाजहरु उठ्न सकेनन् । यो केन्द्रीकरणले केन्द्र बाहिरका गैरशासक समूहका स्थानीय विषयहरु र प्रतिभाहरु चलचित्रमा उठान र संलग्न हुन सकेनन् । संवैधानिक रुपमा नै राष्ट्र र राष्ट्रिय भाषाको विभेदले उनीहरुको आवाजलाई मुखरित हुन दिएन । यसरी २०४६ पछिको समयमा पनि नेपाली बहुलता स्वीकारिएन ।

८. राज्यले चलचित्र क्षेत्रका पुरस्कार, महोत्सव र अन्य सुविधाहरुमा पहुँच पनि आफ्नो नीतिको पक्षपोषण गर्नेहरुमा सीमित राख्यो । यिनीहरुको रणनीतिक प्रयोग गर्दै शासकहरुकै धर्म, भाषा, भेष र संस्कृतिको संरक्षण गर्‍यो । उदाहरणका लागि २०४० पछि राजनीतिक चेतनाको विकास र विशेषतः विश्व खुलापनको नीति उन्मुख भएपछि नेपाली चलचित्रमा पनि अन्य वर्ग र समूहका व्यक्तिहरु प्रवेश र छिटपुट रुपमा उनीहरुको संस्कृति र भाषाको उठान चलचित्रमा हुन थालेको हो । अन्य समुदायको प्रवेशपछि पनि नेपालमा एक दर्जनभन्दा बढी चलचित्र महोत्सवहरु भएका छन् तर ती कुनै महोत्सवमा पनि जाति, भाषा र संस्कृतिका चलचित्रका लागि पुरस्कारको व्यवस्था गरिएन । पुरस्कारमा अभिनेता, अभिनेत्र ीभनेर सम्मान गरिने विश्वव्यापी मान्यता विपरीत आजसम्म पनि यी महोत्सवहरुमा नायक नायिका पुरस्कृत गर्ने प्रचलन राख्दै पुरस्कार नेपाली भाषी खस पर्वते समूहमा सीमित गरेको छ । यसले त्यो समूह विशेषलार्य मात्र प्रतिभा सम्पन्न र उत्कृष्ट ठहर्‍याउने सोच कायमै छ ।

९. नेपालको राज्यसत्ता २३७ वर्षेखि सबै क्षेत्रमा विभेदकारी रहृयो । यसबाट चलचित्र क्षेत्र पनि अछुतो छैन । चलचित्रको स्वरुप निर्माण, नियन्त्रण र सञ्चालनमा विभेद, उपेक्षा र दमन अध्यावधि कायमै छ । अहिलेको कथित नेपाली राष्ट्रिय चलचित्रको स्वरुप र यसका प्रशासनिक इकाइले जनआन्दोलन २०६२/६३ को लोकतान्त्रिक समावेशीकरणको म्यान्डेट नबोक्ने मात्र होइन, अहिलेकै चलचित्रले हामीले परकिल्पना गरेको लोकतान्त्रिक राज्यमाः

हाम्रो धार्मिक, भाषिक, सांस्कृतिक, जातीय र क्षेत्रीय विविधताको अन्वेषण र मान्यता प्रदान गर्न सक्तैन ।

नेपाली पर्दा छविको परिभाषा र परिचय पनि दिन सक्तैन ।

लोकतान्त्रिक राज्यअनुरुपको समतामूलक, परिपक्व, तार्किक र विचार सम्पृक्त समाज निर्माणमा सहयोग पनि पुर्‍याउँदैन ।

नेपालको बहुल छविलाई राष्ट्रिय अन्तर्रर्ााट्रय रुपमा प्रतिविम्वन गर्न सक्तैन ।

आज र भविष्यको पुस्ताका लागि नेपाली ऐतिहासिक र समकालीन जीवनको मुद्दा र घटनाहरुको यथार्थिक अभिलेख पनि गर्दैन ।

१०. समावेशी लोकतान्त्रिक राज्य व्यवस्थाको लागि चलचित्रको भाषा पनि लोकतान्त्रिक हुन आवश्यक छ । आज चलन चल्तीमा रहेको शासक वर्गको सांस्कृतिक नीति बोक्ने रुढिबद्ध र सूत्रबद्ध चलचित्रको भाषा र स्वरुपले नेपाली बहुलवादी चरित्रलाई बोक्न र प्रसारण गर्न सक्तैन । त्यसैले यसको प्रतिस्थापन गर्दै लोकतान्त्रिक राज्य अनुसारको चलचित्रको भाषा निर्माण आवश्यक छ । यहाँ चलचित्रको भाषा कसरी निर्माण हुन्छ भनेर खोतल्नु आवश्यक छ । विषय वा विषयवस्तु मात्रले चलचित्रको पहिचान निर्माण गर्दै । विषय भित्रको विषयवस्तु विषयवस्तु भित्रको कथा, कथानक र तर्क आदिले कथ्यको संरचना रुप बन्दछ । अभिनय, लय, लोकेशन, क्यामेरा कोण र फ्रेमिङले बुनोटको रुप बन्दछ । व्यक्तिलाई संरचनात्मक रुप बुझेर थाहा हुन्छ भने बुनोट अनुभूत गर्ने स्तरमा मात्र रहन्छ । चलचित्रमा आउने प्रस्तुति वैविध्यता र सामाजिक यथार्थ पनि यही रुपका पर्याय हुन् । चलचित्रमा कथ्यको संरचना र्सार्वभौम नभएर स्थानीय हुन्छ । सामाजिक यथार्थ भनेको यही स्थानीयता हो । चलचित्रको बुनोटको रुप भने र्सार्वभौम हुन्छ । तर त्यसको निर्माणमा स्थानीयता ल्याउन सकियो भने मात्र त्यसले चलचित्रको भाषा मा पृथकता ल्याउँछ । रसियाको चलचित्रमा प्रयोग हुने मोन्टाज र प|mान्सेलीहरुहरुको मइजेन सिन जापानी चलचित्रको सम्पादनमा देखिने काबुकी नृत्य या नोहको लय वा हिन्दी चलचित्रको नाचगान चलचित्रमा स्थानीयताको खोजी हुन् । जहाँसम्म हिन्दी चलचित्रको नाचगानको सर्न्दर्भ छ, यो यसको कथ्यात्मक रुप हो । जुन महाभारत वा रामायणके काव्यिक प्रभावको रुपान्तरण हो । जसलाई बुनोटको रुपमा प्रयोग गरियो । अघि एक प्रसंगमा यसैलाई हिन्दी आर्यकरण भनिएको हो । बहुलतायुक्त नेपाली समाजमा स्थानीयताको कुनै अभाव छैन । हिन्दूहरुको स्वस्थानी ब्रत कथा, किराँतीको मुन्धुम, गुरुङको रोदी, खसान क्षेत्रको मस्तो पूजा वा मैथिलहरुको समचक्व आदि केही कथ्य उदाहरण हुन् । यी कथ्य संरचनाबाट नेपाली चलचित्रको कथ्य संरचनात्मक रुप खोज्न सकिन्छ । चिनियाँ चलचित्रको छायाँकनमा चिनियाँ चित्रको प्रभाव छ या जापानी लचचित्रको सम्पादनमा नोहको लयको । त्यस्तै हामी पनि प्यागोडा शैलीको वास्तुकलाबाट प्रेमिङ वा क्यामेराकोण, मनिरिम्दु, तिजी झुमर आदिबाट चलचित्रको लय, थांका वा पौवाबाट मोन्टाज वा मेइजेन सिनजस्तै शैली निर्मण गर्न सक्दछौँ । तर यसको लागि राज्यले संस्कृति, भाषा, धर्ममा विभेद र उत्पीडन छोड्नु पर्छ ।

११. नेपाली लचचित्रको कथ्य संरचना र रुपको लाकतान्त्रीकरणको निम्ति संविधानसभा मार्फ् निम्न कुराको प्रत्याभूति दिनुपर्छ

भाषिक, धार्मिक, जातीय र सांस्कृतिक बहुलता नेपाली संस्कृतिको परिचयको प्राथमिक आधार हो । सांस्कृतिक वस्तु र सेवाहरु भिन्न सम्प्रदायहरु पहिचन र सामाजिक बन्धनका प्रमुख तत्वहरु हुन् । यिनीहरु लोकतान्त्रीक नेपालका मूल्य, चिन्तन र अर्थका माध्यम हुन् । त्यसैले सबै व्यक्तिले आफ्नो समुदायको संस्कृति, धर्म, भाषामा सामेल हुने अधिकारलाई मानवअधिकारको अभिन्न अंगको रुपमा स्वीकार गर्नुपर्छ ।

नयाँ राज्य व्यवस्थामा सबै सांस्कृतिक समूहले आफ्नो सांस्कृतिक परिचयको अन्वेषण र अभिव्यक्तिको साथै आफ्नो संस्कृति विकासको प्रक्रियालाई उनीहरुले नै नियन्त्रण गर्न पाउनु पर्छ ।

आफ्नो भाषा, धर्म र संस्कृतिमा सबै नागरिकको समान पहुँचको प्रत्याभूति हुनर्ुपर्छ । राज्यले हस्तक्षेप गर्नु हुन्न र राज्यले कुनै पनि सांस्कृतिक अभिव्यक्तिलाई नियन्त्रण र सेन्सर गर्नुहुन्न ।

राज्यले खास भाषा, धर्म, संस्कृतिसम्बन्धी कुनै अडान राख्ने, आकार दिने काम गर्नु हुन्न तर राष्ट्रिय संस्कृतिका धरोहरको संरक्षण, सांस्कृतिक रचना कर्मको उन्नयन, सांस्कृतिक उद्योगको विकास, सांस्कृतिक कृयाकलापमा सबै नागरिकको पहुँचको विस्तार र सांस्कृतिक विविधताको पर््रवर्द्धन भने गर्नुपर्छ ।

भूमण्डलीकृत बजारको दबदबा रहेको अहिलेको समयमा भाषा, संस्कृतिको अभिव्यक्ति र सांस्कृतिक विविधतालाई स्थानको प्रत्याभूति भने राज्यले गर्नुपर्छ ।

राज्यको यो नीतिले नेपाली चलचित्रमा स्थानीय विषयवस्तुको विविधता, बहुलता, भिन्न जातीय, क्षेत्रगत कलाकार, लगानीकर्ता, वितरक र उपभोक्ताको आगमनले नेपालभित्र र बाहिर उनीहरुका लागि स्वक्षेत्र बढाउने र यी विभिन्न समूहको संलग्नताले उनीहरुबीच आफन्त भावको विकास, सांस्कृतिक आदानप्रदान र परिपक्वता ल्याउँछ । यसले वास्तविक राष्ट्रिय एकीकरणमा टेवा दिन्छ ।

१२. राज्य भाषा, संस्कृति, धर्मप्रति जति नै निरपेक्ष भए पनि यदि शासनप्रणाली केन्द्रीकृत रहिरहृयो भने परिस्थिति आजभन्दा भिन्न हुने छैन । चलचित्रमा स्थानीयताको खोज, बहुलता र विविधताको पर््रवर्द्धन हुने छैन । चलचित्रको अहिलेकै स्वरुप र संरचना रहिरहने छ । यसले प्रभुत्ववादी स्वरुप कायमै राख्दै सांस्कृतिक, भाषिक, क्षेत्रीय र जातीय विखण्डनको आधार जस्ताको तस्तै रहने छ । त्यसैले संविधानसभाले शासन प्रणालीलाई विकेन्द्रित गर्नै पर्छ । हुन त अहिले सकारात्मक विभेद, जातीय स्वशासन र संघात्मकताको सर्न्दर्भ पनि उठिरहेको छ । नेपालको भाषिक, जातीय वितरणलाई हर्ेदा सकारात्मक विभेद वा समानुपातिक निर्वाचन प्रणालीले मात्र यो समस्याको समाधान गर्दैन । राज्य आत्मनिर्ण्र्ााो अधिकार सहितको गणतान्त्रिक संघात्मक शासन प्रणालीमा जानै पर्छ ।  राज्य गणतान्त्रिक संघात्मकतर्फगए मात्र नेपाली चलचित्रले साँचो अर्थमा नेपाली परिचय निर्माण गर्न सक्छ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
निर्देशक सोच क्या बात ! फिल्म फेस्टिबल नवीनता ग्ल्यामर कन्ट्रोभर्सी पार्टी अभिनेता पेज 3 रोचक रोमान्स अभिनेत्री सञ्चारकर्मी कार्यक्रम घोषणा सेक्स प्रविधि
Browse Tags in Other Group
 
 
Tags in Relationship
sex dating divorce cheating kissing marriage honeymoon friends tips gifts breakup infidelity parties know women attracting girls know men attracting guys flirting love personal valentine's day ex-love occassion fun read memories Family
Browse all Tags in Group
Tag groups: