Home» Around the World »Weird and Interesting

कुकुर अस्पतालमा छाउरा डाक्टर !


जापानमा पहिलो पटक २४ घण्टे कुकुरको अस्पताल खुलेको छ । जहाँ छाउराहरुले बूढा कुकुरहरुको ख्याल राख्ने छन् । तिनको हालखबर सोध्ने छन् र तिनलाई जवान महसूस गराउने छन् । खबर तपाइँका लागि अटपटे र चटपटे लागे पनि एपी समाचारले आफ्नो पछिल्लो संस्करणमा यही छापेको छ ।

कुकुर पाल्ने मालिकले ९८ हजार येन अर्थात् ८ सय अमेरिकी डलर तिरे जापानको राजधानीस्थित सोलादी केयर होममा भर्ना गराउन सक्दछन् । गएको शुक्रबारदेखि यो अस्पताल सञ्चालनमा ल्याइएको पूर्वी जापानको टोचिगीमा अवस्थित सोलादी कम्पनी र एन्दो भेटेरिनरी क्लिनिकले संयुक्त विज्ञप्ति जारी गरी जनाएका छन् ।

जसरी मान्छेको हेरचाह गर्न हरेक घण्टा डाक्टरहरु वरिपरि घुमिरहन्छन्, त्यस्तै यहाँका डाक्टर पनि चौबीसै घण्टा सुविधा दिन कुकुरका अघिल्तिर रहने छन् । हरेक घण्टा तिनको जाँच हुनेछ । अस्पतालमा नै भर्ना गरिएका कुकुरहरुलाई विशेष किसिमको खानाको व्यवस्था गरिनेछ ।

एक पटकमा २० कुकुरलाई मात्र अस्पतालमा भर्ना लिइनेछ । ती २० कुकुरहरुलाई आफू बूढो भएको अनुभव नगराउन र तिनलाई भरपूर मनोरञ्जन दिलाउन स-साना छाउरा तिनीहरुसँग खेल्न हरदम तयार हुनेछन् । सञ्चालकहरुका अनुसार बूढा कुकुरहरुले छाउरासँगको खेलकूदमा आफूलाई जवान महसूस गराउनेछन् र बूढ्यौली बिर्सनेछन् ।

जापानमा पछिल्लो समयमा कुकुर पाल्नेहरुको संख्या दिनदिनै बढिरहेको छ । कुकुर पालकहरुको संख्या बढ्दै जाँदा त्यहाँ घरपालुवा जनावरको स्तरीय अस्पतालको ज्यादै आवश्यकता बढेको छ । तिनको खानालगायत अन्य सेवा र सुविधा उपलब्ध गराउने संस्था तथा व्यवसायिक पसलहरुको संख्या पनि बढ्न थालेको छ । यस्तो अवस्थामा यो अस्पतालले जुन सेवा र सुविधाको घोषणा गरेको छ, त्यसले कुकुरपालकहरुलाई आकषिर्त गर्ने अनुमान गरिएको छ ।

उमेर ढल्किसकेका कुकुरहरुलाई पालकहरु बढी नै माया गर्ने हुनाले कुकुरहरुलाई आवश्यक पर्ने भिटामिन, एरोमाथेरापी र एकुप्रेसर जस्ता स्वास्थ्य सेवातर्फजापानीहरुको चासो बढ्दै जान थालेको छ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
यस्तो पनि ! जनावर माया सुन्दरी भव्यता मूर्ख्याइँ सेलेब्रिटी इन्टरनेट बलिउड मुद्दा मामिला उदेकलाग्दो नग्नता विज्ञापन गुगल श्रीमानश्रीमती उपाय परिस्थिति फट्याइँ उदारता हलिउड
Browse Tags in Other Group
 
 
Tags in City Updates
crisis events hi-life अनुभव festival celebrity माओवादी मोबाईल streets पेट्रोल समलिङगी सेलेब्रिटी हल्ला awards संविधानसभा
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology,