Home» Music »Feature

केटीएम कार्डले धोका दिएको आरोप

उत्पीडित महिला उत्थान तथा परामर्श केन्द्र (आरसीसीओडब्लु) ले गएको जेठ २६ गतेको साङ्गीतिक कार्यक्रम रद्द हुनुमा गायक दीपक वज्राचार्यको हात रहेको बताउँदै नयाँ कार्यक्रम घोषणा गरेको छ ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा उक्त केन्द्रले दीपक वज्राचार्यले शुरुताका सबै सहयोग गर्छु भनेको तर अन्तिम समयमा आएर धोका दिएको आरोप लगाएका छन् । "अन्तिम समयमा उहाँले अर्कै साङ्गीतिक कार्यक्रमका लागि सहयोग गर्ने भयौँ, तपाइँहरुलाई हामीले सहयोग गर्न सकेनौँ भन्नुभयो । उहाँले अगाडि नै यसबारे जानकारी दिनुभएको भए हामीले गएको शनिबारको कार्यक्रम स्थगित गर्नुपर्ने थिएन", आरसीसीओडब्लुका प्रतिनिधिहरुले सम्मेलनमा बताए ।

तर यता गायक दीपक वज्राचार्य इनशाडटकमसँग कुरा गर्दै उक्त कार्यक्रममा आफ्नो पहिलेदेखि नै कुनै किसिमको संलग्नता नरहेको स्पष्ट पारेका छन् । उनले भने- "केटीएम कार्डसँग काम गर्ने कुरा भएको थियो तर उनीहरुको अव्यवसायिक क्रियाकलापका कारण कार्यक्रम सफल हुने छाँट नदेखेपछि र भोलिका दिनमा पैसा नदिएर कलाकारहरु ठग्नसक्ने सम्भावना देखिएपछि
केटीएम कार्डले उनीहरुसँग काम नगर्ने निधो गरेको हो । तापनि यो सूचना उनीहरुलाई अन्तिम अवस्थामा दिएको होइन, तीन साताअघि नै जानकारी गराएकै हो । तर पनि उहाँहरुले आफ्नो प्रचारको लागि मेरो नाम उपयोग गर्नुभएकोमा दुःख लागेको छ ।"

गएको शनिबारको घोषित कार्यक्रम रद्द गर्नु परे पनि उक्त केन्द्रले असार २ गते मनसुन ड्राइभिङ काठमाडौँ कर्न्र्सट गर्न लागेका छन् । यस कार्यक्रममा द एक्स ब्याण्डले आफ्ना नयाँ तथा पुराना गीतले दर्शक तथा श्रोतालाई मुग्ध बनाउने छ ।

उत्पीडित महिला उत्थान तथा परामर्श केन्द्रले यो कार्यक्रमबाट उठेको रकमले १५ जना बालबालिकालाई माध्यमिक स्तरको स्कूले शिक्षा दिलाउने कार्यक्रममा बताइएको थियो । केन्द्रले आर्थिक, राजनीतिक, लैङ्गिक तथा जातीयताका हिसाबले उत्पीडित महिला तथा तिनका बालबालिकाहरुको उत्थानका लागि यो संस्थाको स्थापना गरिएको कार्यक्रममा जानकारी दिइएको थियो ।

यता द एक्स ब्याण्डले पनि आफू यस कार्यक्रममा सहभागी हुन पाएकोमा खुशी व्यक्त गरेको छ । ब्याण्डका सदस्य सरोजले भने- "यस्तो राम्रो उद्देश्यका लागि गरिने कार्यक्रममा हामी सित्तैमा पनि गर्न तयार भयौँ । किनभने हामीलाई लाग्छ, सबै सजग सङ्गीतकर्मीहरुले समाजका लागि केही न केही गर्नैपर्छ ।" सरोजले थपे- "१४ वर्षभयो हामीले सङ्गीत गर्न थालेको । यत्तिका वर्षसमाजका लागि हामीले केही गर्न सकेनौँ, तर अब हाम्रो क्षमताले भ्याउञ्जेल सहयोग गर्न तयार छौँ ।"

कार्यक्रम शनिबार दिउँसो २ बजे भृकुटीमण्डपमा हुने बताइएको छ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
विवाद रिलिज लुकेका कुरा क्या बात ! कीर्तिमान रुचि तातोपीरो प्रेम र विवाह गायिका नेपाली तारा सङ्गीतकार कन्सर्ट उपलब्धि हल्ला ट्रयाक बाहिर भिडन्त गीतकार पेज थ्री समुद्रपार अवार्ड
Browse Tags in Other Group
 
 
Tags in City Sightings
festival releases celebrity party events story wedding bandhs & protests bizarre traffic real picture hi-life city beauty pageant travel culture awards
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting,