Home» Music »Feature

परदेशबाट छोरो फर्केन...

- अच्युत कोइराला

एक दिन साँझ कर्ण दास खाना खाइओरी सुत्ने तर्खरमा थिए । त्यस दिन किन हो उनलाई उति राम्रो निन्द्रा लागेको थिएन । मन पनि उनको उदास-उदास थियो । यत्तिकैमा उनका छिमेकीले फोन आएको जनाऊ दिए । उनी गह्रौँ मन लिएर ओछ्यानबाट ओर्लिए र फोन रिसिभ गर्न छिमेकतिर दगुरे । उनले कानमा फोन अड्याउँदै भने- 'हेल्लो !'

उताबाट जुन आवाज आयो, त्यो कर्ण लागि सुपरिचित आवाज थियो तर आवाजमा पीडा थियो, गम्भीरता र मधुरोपना थियो । पहिलेको जस्तो आवाजमा उत्साह, खुशी र उमङ्ग थिएन । कर्ण सोधे- 'दाइ सञ्चो छैन कि कसो ? किन आवाज आज बेग्लै सुन्दैछु !'

'सञ्चो छैन भाइ, मेरो मनलाई सञ्चो छैन', उताबाट आइरहेको आवाज जापानबाटको आवाज थियो । बोलिरहेका व्यक्ति चर्चित गीतकार बीबी थापा थिए । जसका दर्जनौँ गीतहरु कर्णले गाइसकेका थिए । कर्णको स्वरबाट उनी यति प्रभावित छन् कि कुनै राम्रो गीत सिर्जना भयो भने बीबी थापा, कर्णलाई सुनाउन बिर्सँदैनन् । त्यो पनि त्यस्तै भएछ, थापाले एउटा गीत सिर्जना गरेछन् । जापानजस्तो ठाउँमा उनको गीतको भाव, मर्म र व्यथा कसले पो बुझ्थ्यो र ! बुझे पनि कर्णले जति गहिराइमा बुझ्न सक्थे, अरुले त्यत्ति नै महत्वका साथ त्यो गीतको मर्म, गहिराई र आशय बुझ्थे होलान् र ! बीबीलाई यस्तै लागेको थियो र त्यो रात कर्णलाई सम्झेका थिए । बीबीले गीतको टुक्रा सुनाउन थाले-

परदेशबाट छोरो फर्केन...
आउँछु आउँछु भन्थ्यो, चारै धाम घुमाउँछु भन्थ्यो...
पर्खिबसेकी मेरी बूढी आमा...


यो बीबी थापाको आफ्नै कथा थियो । थापाले आफ्नी बूढी आमालाई जापानबाट फर्केलगत्तै चार धाम घुमाउने वचन दिएका थिए । तर परदेशमै हुँदा आफ्नी बूढी आमाको मृत्युको खबर सुन्नु पर्दा कुन चाहिँ कर्तव्यनिष्ठ छोरोको मन रुन्नथ्यो ! आफूले गरेको वाचा अनि आमाको अन्तिम इच्छा पनि पूरा गर्न नपाउँदा कटक्क मन खाएपछि बीबी थापालाई यो गीत फुरेको थियो ।

उनले त्यो रातभरि आमालाई सम्झिएर रुँदै रात बिताएका थिए । र, आँशुको भेलसँगै गीतको सिर्जना भएको थियो । जुन दिन कर्णलाई फोन गरेर यो गीतको कथा सुनाइरहेको थिए- कथा सुन्ने कर्ण दास र सुनाउने बीबी थापा दुवैका गहभरि आँशु थिए । आँशुले छपक्क छोपेको थियो कर्णलाई फोनमा बातचित सकिँदा । उनले बीबीबाट अनुमति लिएर त्यसैबखत गीत टिपे । बीबीले पनि कर्णलाई अनुरोध गरे- "भाइ, यो गीत तिमीले गाइदिए, म अभागी छोरोको अपूर्ण श्रद्धाञ्जली पूर्ण हुने थियो !"

कर्ण पनि भावुक मनका, बीबीका यी अनुरोध टेलिफोनबाट कानमा ठोक्किएको मात्र थियो, उनलाई बारम्बार त्यो अनुरोधले झस्काइरहन्थ्यो । पुरानो डुङ्गा एल्बम तयार गर्ने बेलामा कर्णले यो गीत पनि रेकर्ड गराए । अरु त अरु गीतको भाव नमरोस् भनेर डीएनए प्रोडक्शनबाट यसको भिडियो पनि गीतको आशय अनुरुपकै तयार पारे । तर अन्तिम अवस्थामा पुरानो डुङ्गा एल्बममा यो अटेन । गीत अडियो क्यासेटमा नआइकनै भिडियोमार्फत् निकै चर्चित र लोकप्रिय बन्यो । गीत त छँदैछ, तर त्योभन्दा बढी यसमा जलप लगाइदिएको थियो- भिडियोले । भिडियो हिट भएपछि बजेट २००४ मा यो गीत अटाउन पुग्यो ।

भिडियो निर्माणको पनि अर्को रोचक प्रसङ्ग छ । भिडियोमा ३५० जनाभन्दा बढी आमाहरु अटाएका छन् । जसलाई छायाँकन गर्न डीएनए प्रडक्शनलाई तीन महिना लागेको थियो । जीवनका आखिरी दिनहरु निस्तो दिनचर्यामा बिताइरहेका थरिथरिका बूढीआमाहरुको टीठलाग्दो अवस्थाले भिडियोलाई ज्यादै सशक्त बनाएको थियो ।

यतिबेला कर्ण दास परदेशमा छन् । उनको नयाँ एल्बमको बजारमा ल्याउने तयारी सम्झना अडियो भिडियोले गरिरहेको छ । उनका प्रशंसकहरुले पनि भनिरहेका छन्- परदेशबाट कर्ण फर्केन !

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
गायक लुकेका कुरा विचार उपलब्धि कीर्तिमान गीतकार बजारमा क्या बात ! समुद्रपार हल्ला नेपाली तारा गायिका सङ्गीतकार रिलिज ट्रयाक बाहिर प्रेम र विवाह परिस्थिति कन्सर्ट अवार्ड तातोपीरो
Browse Tags in Other Group
 
 
Tags in Technology
gadgets mobile digital camera phone software people speak laptop communication Filming
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
Security Code: