Home» Around the World »Weird and Interesting

ब्लेयरले के गर्लान् त अब ?

टोनी ब्लेयरले आउँदो जुन २७ बाट प्रधानमन्त्रीको पद त्याग्दैछन् । उनी अब आफ्नो सक्रिय राजनीति छाड्ने घोषणा गर्दा बेलायतमा ठूलो चर्चाको विषय बन्न पुगेका छन्, ब्लेयर । उनका हरेक क्रियाकलापमा चासो राख्नेहरुले 'प्रधानमन्त्रीत्व पछि के त -' भनी खूप चासो लिइरहेका छन् । कोही कोही त उनले भविष्यमा के गर्नेछन् भनी अहिले नै घोषणा गरेर त्यसमा बाजी पनि थापिरहेका छन् ।

हालै गरिएको एक र्सर्भेअनुसार केही व्यक्तिहरुले उनले अमेरिकाको भ्रमण गर्ने छन् र त्यहाँ उनले मान्छेलाई जुरुक्कै उठाउने किसिमको 'मोटिभेसनल' भाषण गर्नेछन् । अनि कोही चाहिँ उनले आफ्ना पुराना सम्झनाहरुलाई किताबको रुप दिएर प्रकाशन गर्नेछन् भनी अनुमान लगाइरहेका छन् । त्यसो त केहीले कतिसम्म भनेका छन् भने उनी हरेक साता कुनै राष्ट्रिय दैनिकमा कोलमिस्टका रुपमा लेख्नेछन् ।

कोही व्यक्ति चाहिँ ब्लेयर अब संयुक्त राष्ट्र संघका महासचिव पदका लागि भिड्नेछन् भनेर अनुमान लगाइरहेका छन् भने कसैले चाहिँ उनी चेरी ब्लेयरसँग मिलेर नयाँ छोराछोरी जन्माउनतिर लाग्नेछन् भनी किटानी गरिरहेका छन् । उनी लण्डन म्याथुनमा दौडिन सक्ने प्रवल सम्भावना रहेको बताउनेको पनि कमी छैन भने उनको खिल्ली उडाउनेहरु अब उनको स्कूलकालीन रक ब्याण्ड अग्ली र्यर्ुमर्सलाई फेरि नयाँ स्वरुपमा ढालेर गायनमा ढल्किने बताइरहेका छन् ।

तपाइँलाई ती सब कुरामा चाख लागेन भने केहीले उनलाई अमेरिकी टेलिभिजन कार्यक्रममा प्रस्तोता हुनसक्ने अनुमान लगाएकोले तपाइँको ध्यान तान्न सक्छ । कोही त केसम्म भन्छन् भने अब ब्लेयरले खासै केही गर्ने छैनन्, बरु लण्डनको लेन्सेस्टर वरपर उनका १६ वषर्ीय जेठा छोराझैँ जाँडले मात्तिएर बसिरहेको भेटिन सक्छन् ।

उनी न्यू क्यासल युनाइटेड फूटबल क्लबको नयाँ व्यवस्थापकका रुपमा छानिन सक्ने वा उनले डेभिड बेकहृयामले विज्ञापन गरिरहेको जिलेट रेजरको विज्ञापन हत्याएर उनैले अभिनय गर्न सक्ने अनुमान पनि केहीको छ । कोही त अब जर्ज डब्लु बुस र टोनी ब्लेयर दुवैको कार्यकाल सकिएका कारण दुवैलाई सेनाको रुपमा इराकमा भेटिनसक्ने तर्क पनि गरिरहेका छन् ।

केही अतिवादी कस्तोसम्म सोच्छन् भने अब ब्लेयरले आफ्नो जिउमा अमेरिकाको झण्डा ट्याटु गर्नेछन् र केही वर्षभत्र उनी अमेरिकी राष्ट्रपतिका रुपमा भिड्ने छन् । कतिले चाहिँ उनी अब इराकमा एउटा टूर अपरेटरको रुपमा काम गर्नेछन् । विश्वभरिका मान्छेहरुलाई आफूले गरेको महान् काम हेर्न जीवनमा एक पटक भए पनि इराक आइपुग्न निमन्त्रणा गर्नेछन् ।

ब्लेयरले लेख्ने किताबको नाम के हुनसक्छ भन्ने अनुमान गर्नेहरुको पनि कमी छैन । इन माई अन वर्ड्स् अथवा माई वे, हार्ड लेबर वा माई वर्ल्ड जस्ता नाम हुनसक्ने अनुमान छ । कसैकसैले नाम यस्तो सुझाएका छन्- ब्लेयर रिच प्रोजेक्ट, एट वार विद द पब्लिक, यो ब्लेयर ! या अ भोट फर मी इज अ भोट फर बुस ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
परिस्थिति सेलेब्रिटी सुन्दरी बलिउड माया इन्टरनेट श्रीमानश्रीमती नग्नता उदारता फट्याइँ मुद्दा मामिला मूर्ख्याइँ भव्यता विज्ञापन गुगल हलिउड सेक्स उदेकलाग्दो कीर्तिमान उपाय
Browse Tags in Other Group
 
 
Tags in Health
weight body-care seasonal-illness diet sleep skin stress food body-ache Psychology fatigue nutrition mental -health oral-health headache
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,