Home» Cinema »Feature

बाहुनको नेवारी मोह

मोडलिङ तथा अभिनयमा विगत एक दशकदेखि लागेर चर्चा कमाउन नसकेका बाहुन यादव पुडासैनीलाई नेवारी भाषा र संस्कृतिमा यति मोह छ कि उनले अहिले सानो पर्दाको चलचित्र बनाउँदैछन् । मतिनाया कली नामक यस चलचित्रलाई सुरेश वज्राचार्यले निर्देशन गर्दैछन्, जसले करुणा, दुइ थोपा आँशु, पथभ्रष्टजस्ता टेलिश्रृङ्खलाको छायाङ्कन गरिरहेका छन् ।

"सानैदेखि म नेवारी परिवेशमा हुर्किएँ, साथीभाइ पनि नेवार नै भए । नेवारहरुको समुन्नत संस्कार, संस्कृतिले मलाई लोभ्याएकाले साथीहरुसँग मिलेर यो सिनेमा बनाएँ", यादवले इनशाडटकमलाई बताए ।

सिनेमाको छायाङ्कनको क्रममा एउटा दृश्य खिच्नका लागि उनले लगाएको जनई (बाहुनहरुले घाँटीमा बाँध्ने डोरो) समेत चुँडाल्न उनी पछि परेनन् । अवस्था दर्शाउँदै उनले भने- "एउटा दृश्यका लागि धागो चाहिने थियो, धागो किन्न निकै पर पुग्नु पर्दथ्यो । हामीसँग समय कम, घाम डुब्न लागेको थियो । यस्तो अवस्थामा मलाई झट्ट मेरो जनईको याद आयो । आपत् विपतमै त हो, यस्तो जनईको काम ! यस्तै सोचेर मैले जनई चुँडालेर सुटिङ पूरा गरेँ ।"

जनईको सही सदुपयोग गर्ने यादवले के विषयमा यो सिनेमा बनाइरहेका छन् त ? "अन्तरजातीय प्रेमकथा र त्यसको वियोगान्त, गर्भवती महिलामाथि हुने हिंसा र त्यस हिंसाबाट जन्मिने बच्चाको शारीरिक र मानसिक अवस्था, अतृप्त प्रेमबाट आत्महत्या गर्न पुगेका व्यक्तिले मृत्युपर्यन्त पाउने दुःख र पीडाका बारेमा चलचित्र बनेको छ", पुडासैनीले बताए । अर्थात् ती सबै चिज छन्, जसले सिनेमा चलाइदिन्छ !

चलचित्रमा आशाकाजी थकु, राजेन्द्र श्रेष्ठ, विष्णु शक्व, भिन्तुना जोशी, मधु शाही, प्रकाशराज मानन्धर आदिको अभिनय रहेको छ ।

नेपाल भाषा (नेवारी) मा बनेको यो चलचित्रलाई नेपालीमा समेत स्वराङ्कन गरी वृहद् रुपमा प्रदर्शन गरिने योजना रहेको निर्माता पुडासैनीले जनाए ।

नेपालमा पछिल्लो समय जनजातिहरुबीच आफ्ना भाषामा चलचित्र बनाउने लहर नै चलिरहेको छ । जसमा गुरुङ चलचित्र बनाउनेहरुको आधिक्य छ भने त्यसपछि नेवारी र तामाङ भाषाका चलचित्र बन्ने गरेका छन् । एक अध्ययनअनुसार थारु भाषाका चलचित्रको पनि कमी छैन ।
























































 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
सुटिङ अभिनेता सेलेब्रिटी समारोह रिलिज सेक्स प्रविधि अभिनेत्री हल्ला पेज थ्री
Browse Tags in Other Group
 
 
Tags in City Updates
crisis events hi-life अनुभव festival celebrity माओवादी मोबाईल streets पेट्रोल समलिङगी सेलेब्रिटी हल्ला awards संविधानसभा
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,