Home» Around the World »Weird and Interesting

छादमा चिप्लिएपछि वालमार्टलाई मुद्दा


धेरै जसो मान्छेलाई उल्टी (छाद) देख्दा घिन लाग्छ । कतिले त अरुले छादेको देख्ने बित्तिकै उनीहरु पनि छाद्न थालिहाल्छन् । अमेरिकाको डेभेनपोर्टस्थित वालमार्ट पसलमा छिरेकी एउटी महिला सामान किन्ने क्रममा छादमा टेक्न पुगिन् । छादमा टेक्नु मात्र के थियो, चिप्लेर चार चिताङ खान पुगिन् ।

सन् २००५ को जुन १३ मा घटेको यो घटनामा लामो समयसम्म चूप लागेका जुन मेडेमा नामकी ती महिला र उनका श्रीमान् जेम्सले हालै मात्र वालमार्टविरुद्ध स्कट काउन्टी जिल्ला अदालतमा मुद्दा हालेका छन् ।

मेडेमाले मुद्दामा उक्त चिप्ल्याइपछि आफू निकै गम्भीर बिरामी भएको उल्लेख गरेकी छिन् ।

मुद्दा हाल्दा उनले वालमार्टको गम्भीर हेलचेक्र्याइँ भएको र त्यो हेलचेक्र्याइँका कारण आफू बिरामी हुनुपरेको उल्लेख गरेकी छिन् । तर हेलचेक्र्याइँ चाहिँ के थियो भनेर मुद्दामा कहीँ कतै उल्लेख नगरिएको एपी समाचार संस्थाले जनाएको छ ।

यता वालमार्टका प्रवक्ता जोन सिम्लेले यस मुद्दाका विषयमा बोल्नलाई अस्वीकार गरे । उनले त मुद्दाबारे आफूलाई रत्तिभर जानकारी नभएको भनी पत्रकारहरुलाई फुस्ल्याई दिए ।

मुद्दामा मेडेमाले आफू त्यो चिप्लाईपछि गम्भीर बिरामी भएको र आफ्नो घाँटी र ढाड अझै पनि चल्न नसकिरहेको बताएकी छिन् । कतिसम्म भने, यत्रो उपचार र अपरेशन गर्दा पनि सामान्य जीवन बिताउन नसकिरहेको र त्यसको भरपाई वालमार्टले गरिदिनु पर्ने उनले मुद्दामा बताएकी छिन् ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
श्रीमानश्रीमती मुद्दा मामिला सुन्दरी बलिउड माया सेलेब्रिटी इन्टरनेट परिस्थिति फट्याइँ उदारता नग्नता मूर्ख्याइँ विज्ञापन भव्यता हलिउड गुगल सेक्स कीर्तिमान उदेकलाग्दो उपाय
Browse Tags in Other Group
 
 
Tags in Health
weight body-care seasonal-illness diet sleep skin stress food body-ache Psychology fatigue nutrition mental -health oral-health headache
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,