 |
Home» Around the World »Weird and Interesting |
चूरोट पिएबापत् जरिवाना

बिहीबार विश्व धूमपानरहित दिवस । यस्तो अवस्थामा बलिउडका कुमार मंगतजस्ता चलचित्र निर्माताले के घोषणा गर्लान् त ? हालै दैनिक जागरणमा प्रकाशित समाचार अनुसार उनले आफ्नो चलचित्रको सेटमा जसले चूरोट पिउँछ, उसलाई एक सय रुपियाँ जरिवाना तिराउने भएका छन् ।
यसरी जरिवाना तिराउँदै जाँदा उनले अहिलेसम्म एक लाख ६० हजार रुपियाँ जम्मा गरिसकेका छन् । उनले यो पैसालाई एउटा असल काममा लगाउने विचार गरिरहेका छन् ।
बलिउड र चूरोटको धुँवाको सम्बन्ध निकै लामो छ । कतिसम्म भने देव आनन्दले समेत 'मैं जिन्दगी का साथ निभाता चला गया, हर फिक्र को धुएँ में उडाता चला गया' भनी चलचित्रको पर्दामा गाएर चूरोटको महिमा बढाइदिएका थिए । तर पछिल्लो समय सिनेमा र समाजको सम्बन्धबारे चचर्चा चलिरहेको बेला पर्दामा देखिने चूरोट-दृश्यले अरुलाई चूरोट खान पल्काउने निश्कर्षनिकाली पर्दामा प्रतिबन्ध लगाउने तयारी चलिरहेको छ ।
केएन् सिंह, प्राण र प्रेम चोपडाजस्ता सिनेखलपात्रले चूरोट पिउँदा उनीहरुको चरित्रमा ज्यान थपिएको महसूस गर्थे दर्शक । यस्तो चलन पछिल्ला बलिउडी अन्डरवर्ल्डका चरित्र र पात्रहरुले त जीवन्त नै दिलाए । तर भारत सरकारले चलचित्रमा धूमपानका दृश्य नराख्न अनुरोध गरेको छ । यो अनुरोधलाई चलचित्रका निर्माताहरुले पनि सकारात्मक रुपमा लिएका छन् ।
निर्माता कुमार मंगत भन्छन्- "बलिउडले धूमपानको दुस्प्रभावलाई देखेको नदेखै गर्न सक्तैन । मेरै सुझावका कारण एक क्यामेराम्यानले धूमपान छाडिसके । मेरो नजिकको साथी अजय देवगनले पनि २५ प्रतिशत चूरोट कटौती गरिसके । म आफैँले पनि चूरोट पिउन बन्द गरिसकेँ ।"
आफूले चूरोट पिउन बन्द गरिसकेपछि आफ्नो सुटिङ सेटमा अरुलाई प्रतिबन्ध लगाउन पनि सजिलो भएको छ र जसले चूरोट पिउँछ त्यसलाई जरिवाना तिराउन पनि सजिलो भएको छ । चूरोट छोड्ने लहर र रहरका कारण सैफ अलि खान, विवेक ओबराय र जोन अब्राहमजस्ता नायक धूमपान विरोधी अभियानका ब्राण्ड एम्बेसडर बनेका छन् । | |
|
|
|
|
|
|
|
|
|
Tags in Health
weight body-care seasonal-illness diet sleep skin stress food body-ache Psychology fatigue nutrition mental -health oral-health headache |
Browse all Tags in Group |
Tag groups:
cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office, |
|
|
| | | |