Home» Around the World »Weird and Interesting

उद्धार गरिएको बिरालो खतरनाक !

हेर्दैमा राम्रो बिरालोको बच्चा कसलाई पो मन नपर्ला ! अमेरिकाको दक्षिणी भागको बाल्डविन काउन्टीकी लिजा एल्ड्रेड र उनकी टीन एजर छोरी र छोरीकी पनि साथीले एउटा बिरालोको छाउरी सडक किनारमा घाइते अवस्थामा देखे । घनघोर जङ्गल नजिकै घाइते अवस्थाको त्यो सानो र प्यारो बच्चालाई उनीहरुले निकै प्यारो गरेर उठाए, त्यसलाई गाडीमा राखे र सुम्सुम्याउँदै आफूले लगाएको न्यानो लुगासमेत बेरिदिए ।

त्यसपछि उनीहरुले त्यो बच्चालाई जनावरको क्लिनिकमा उपचारका लागि लगे । एक पटक त डाक्टर एन्डी ड्यूक त्यो बिरालो बच्चा देखेर तर्सिए । त्यसपछि सोधे- "यो खतरनाक जनावरलाई तपाइँले कहाँबाट ल्याउनु भयो ? किन ल्याउनु भयो ?" डाक्टरको प्रश्नपछि पो लिजा र उनकी छोरी तर्सिए ।

अमेरिकामा पाइने बबक्याट नामबाट चर्चित यो जङ्गली बिरालो ज्यादै खतरनाक जङ्गली जनावर रहेछ ! उनीहरुले चाहिँ घरपालुवा बिरालो बीच बाटोमा घाइते भयो भनेर माया गरेर उपचार गर्न ल्याएका थिए । डाक्टरले खतरनाक जनावर भनेपछि चाहिँ तिनको सातोपुत्लो नै गएछ !

एन्डी ड्यूकले भने- "तपाइँहरु ज्यादै भाग्यमानी हुनुहुँदो रहेछ किनभने यो बबक्याटका पञ्जाहरु भाँचिएका छन् र शायद केहीसँग ठक्कर खाएकाले असक्त पनि भएको छ । यदि यो बिरामी नहुँदो हुन्थ्यो यो होइन तपाइँहरु चाहिँ अस्पतालमा भर्ना हुनुहुने थियो !" डाक्टरले ठट्टा मिश्रति गम्भीर कुरा गरेपछि चाहिँ लिजा र उनका छोरीहरु चकित परे ।

डाक्टरले पछि सम्वाददाताहरुसँग पनि भने- "उनीहरु ज्यादै खतरामा थिए, धन्न बबक्याट घाइते भएकाले बाँचे ।"

यता उद्धारमा सहभागी एल्ड्रेड चाहिँ बबक्याटले आफूहरुलाई कुनै पनि किसिमको हानी नपुर्‍याउनुमा आफ्नो राम्रो भावनाले पनि हो भन्छिन्, उनले थपिन्- "उसले हाम्रो असल व्यवहार र उसप्रतिको मायालाई उसले महसूस गर्न पायो । त्यही कारण उसले हामीलाई कुनै पनि किसिमको आक्रमण गरेन ।"

"उ हलचल नगरी बसिरहृयो र उसको मुखबाट घ्यारघ्यार आवाज आइरहेको थियो", उनले वातावरण बुझाउने प्रयास गर्दै एसोसिएटेड प्रेसँग भनिन्- "उसले एक पटक मात्र हामीलाई नराम्ररी घुर्‍यो ।"

बबी नाम राखिएको यस जंगली बिरालोको वजन ११ पाउण्ड रहेको बताइएको छ । १० देखि १२ महिना उमेरको यो बिरालो उसको हुनुपर्नेभन्दा निकै कम तौल भएको डाक्टरले बताएका छन् । सामान्यतया एक वर्षउमेरका यस्ता बबक्याटको तौल ३५ पाउण्डसम्म हुने गर्दछ ।

अहिले यो जंगली बिरालोको अवस्था सुधारोन्मुख रहेको भेटेनरी डाक्टर लाउरा सेरियोले बताइन् । "मेरो विचारमा यो बिरालीलाई जंगल नै ठीक छ । त्यहीँ उसको बाँकी प्राकृतिक उपचार हुन्छ", उनले सम्वददाताको जिज्ञासा शान्त पारिन् ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
उदारता उदेकलाग्दो जनावर बलिउड सुन्दरी फट्याइँ श्रीमानश्रीमती इन्टरनेट गुगल मुद्दा मामिला परिस्थिति माया नग्नता भव्यता सेलेब्रिटी सेक्स हलिउड मूर्ख्याइँ यस्तो पनि ! उपाय
Browse Tags in Other Group
 
 
Tags in City Sightings
festival releases celebrity party events story wedding bandhs & protests bizarre traffic real picture hi-life city beauty pageant travel culture awards
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting,