Home» Cinema »Feature

दशैँमा नेपाली परीहरु



आफ्नो नयाँ चलचित्रको कथानक हलिउडमा बबाल व्यापार गरेको चलचित्र 'चार्लिज् एञ्जेल्स' भएको घोषणा गरेर चलचित्र निर्माण शुरु गरेका 'आँधितुफान- थ्री ब्युटिफूल एञ्जेल्स' निर्माता तथा कथाकार मौनता श्रेष्ठले आफ्नो नयाँ कामलाई ७० प्रतिशत तह लगाइसकेका छन् । इनशाडटकमसँग आँधितुफानका फोटाहरु पहिलो पटक सार्वजनिक गर्न आइपुगेका बेलामा उनले थपे- "यो चलचित्र त्यति धेरै हावा पनि छैन, जति त्यो चलचित्र छ । यो चलचित्र कोटेश्वरमा गएको वर्ष विवेक चौलागाइँको हत्याकाण्डमा आधारित छ ।"

आफ्नो चलचित्रलाई रोचक बनाउन उनले चार्लिज एञ्जेल्सका झैँ तीन सुन्दर परीहरु राखेको बताएका छन् । तीन परीहरुमा पूजाना प्रधान, ऋचा घिमिरे र रञ्जु लामिछाने रहेका छन् । श्रेष्ठले थपे- "अरु फिल्ममा हिरोहरुले आफ्नो कमाल देखाउँछन्, म चाहिँ तीन सुन्दरीहरुलाई कमाल देखाउन लगाइरहेको छु ।"

केही समयअघि उनले इनशाडटकमा सराह गुरुङलाई चलचित्रमा अनुबन्ध गराउने कुरा गरेका थिए । तर चलचित्रमा उनको अनुहार नदेखिएपछि सराहको बिहेपछि फिल्ममा खेलाउने कुरा सम्भव नभएको स्पष्टीकरण दिएका छन् । एन्.बी. महर्जनको द्वन्द्व तथा महेन्द्र बुढाथोकीको निर्देशन रहने यो चलचित्रमा विक्रान्त बस्नेत, राजेश ढुंगाना, दिनेश शर्मा, रमेश बुढाथोकी, उमेश खड्काले पनि अभिनय गरेका छन् ।

७० प्रतिशत सुटिङ सकिएको यो चलचित्रको प्रदर्शन दशैँमा उपत्यकाबाहिरबाट गरिने पनि निर्माता श्रेष्ठले बताएका छन् ।

उनले अन्य नेपाली चलचित्रभन्दा यो पृथक् रहने बताएका छन्, थप्छन्- "अरु नेपाली चलचित्रमा आफूले लगाउने कपडा आफैँ किनेर ल्याउनू भनेर निर्देशक/निर्माताले अह्राउँछन् । तर मैले हरेक नायिकाको गेटअपका लागि चाहिने हरेक पहिरनलाई आफैँले डिजाइन गरेको छु र आफैँले किनेको छु ।" उनले चलचित्रका तश्वीर देखाउँदै थपे- "तपाइँले फोटोमा पनि यो अनुभव गर्नुसक्नु हुन्छ !"

यो चलचित्रले उनको अघिल्लो चलचित्र 'अभिमन्यू'ले लगाएको घाटालाई पर्ूर्ति गर्ने विश्वास छ । अघिल्लो सिकाएको पाठ उनले यसमा उपयोग गरेको बताएका छन्, भन्छन्- "बजेट धेरै नबनाउने, कथा राम्रो खोज्ने, पब्लिकको च्वाइसलाई ध्यान दिने, पुरानो टाइपको घिसिपिटी टेक्निक उपयोग नगर्ने जस्ता कुराहरु अघिल्लो सिनेमाले मलाई सिकाएको थियो । त्यो सिकेको कुरा यसमा उपयोग गरेको छु । सबैभन्दा महत्वपर्ूण्ा कुरा चाहिँ अघिल्लो सिनेमामा मिहिनेत अलि पुगेको थिएन, त्यसैले यसमा सक्दो मिहिनेत गरेका छौँ ।"

एक दशकभन्दा बढी समय चलचित्र उद्योगमा बिताइसकेका मौनताले इनशाडटकमसँग भने- "मैले सिनेमा लेखेर पैसा कमाउन सकिनँ । अब सिनेमा निर्माण गरेर कमाउनु पर्‍यो । त्यसैले दर्शकलाई नयाँ स्वाद दिन यस्तो गरिएको हो ।" त्यसो त यसपछि के गर्ने भन्ने योजना पनि उनले बुनिसकेका छन् । उनका अनुसार यसपछि बनाइने सिनेमा चाहिँ स्पाइडरम्यान शैलीको हुनेछ । भन्छन्- "नेपाली सिनेमाजस्तो नबनाउने ।"


























 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
सेलेब्रिटी हल्ला अभिनेत्री अभिनेता सेलेब्रिटी समारोह रिलिज सेक्स प्रविधि सुटिङ पेज थ्री
Browse Tags in Other Group
 
 
Tags in Relationship
sex dating divorce cheating kissing marriage honeymoon friends tips gifts breakup infidelity parties know women attracting girls know men attracting guys flirting love personal valentine's day ex-love occassion fun read memories Family
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,