Home» City Life »Updates

विरोधसँगै सौन्दर्य प्रतियोगिता सम्पन्न



जापानको सौन्दर्य इतिहासलाई रियो मोरीले हिजो परिवर्तन गरिदिएकी छिन् । मेक्सिकोमा आयोजना भएको मिस युनिभर्स २००७ मा जापानका तर्फबाट लामो समयपछि दोस्रो पटक मिस युनिभर्स घोषित भएकी छिन् । उनलाई पूर्व मिस युनिभर्स प्यूटोरिकोकी जुलेका रिभेराले ताज पहिराएकी थिइन् ।

यता २० वर्षीया मोरीले ५६ औँ मिस युनिभर्सको टाइटलसँगै २ लाख ५० हजार डलर मोलको हिरा र मोति जडित ताज पहिरिएकी थिइन् । यो दृश्यलाई १० हजारभन्दा बढी व्यक्तिले मेक्सिको राजधानीमै र संसारभरका ६० लाख दर्शकले टेलिभिजनबाट प्रत्यक्ष हेरेका थिए ।

मिस मेक्सिकोले आफ्नो देशमा सन् १९२० ताका भएको धार्मिक तनाव झल्काउने किसिमको पोशाकमा स्टेजमा प्रवेश गर्दा उनको खराब पहिरनस्वादका बारेमा व्यापक विरोध र आलोचना भएको थियो ।

सन् १९५२ मा पहिलो पटक अमेरिकाको क्लालिफोर्नियामा मिस युनिभर्सको शुरुवात भएको थियो । जसलाई घरजग्गा दलालीका प्रख्यात व्यापारी डोनाल्ड ट्रम्पले सन् १९९६ देखि सञ्चालन गर्ने जिम्मेवारी लिइरहेका छन् ।

रोचक त अझै बाँकी नै छ, मिस जमैकाले आफ्नो गुजुल्टिएको कपाललाई अन्तिम समयमा खौरिएर सबैलाई चकित पारिदिएकी थिइन् । सबैको चिल्लो र आकर्षक कपालको ठाउँमा मिस जमैकाको खस्रो तालुले सबैको ध्यान खिँच्न सफल भएको थियो ।

गत वर्ष मिस युनिभर्स भएकी रिभेराले मिस युनिभर्स भएपछि आयोजन गरिने पत्रकार सम्मेलनमा सहभागी हुँदाहुँदै अचेत भएर ढल्न पुगेपछि उनी चर्चाको वृत्तमा रहेकी थिइन् ।

यस वर्ष ७७ देशका ७७ प्रतियोगीहरुले प्रतियोगितामा भाग लिएका थिए । मेक्सिकोले अहिलेसम्म १९७८, १९८९, १९९३ र यस पटक गरी चार पटक यो प्रतियोगिता आयोजन गरिसकेको छ भने एक पटक टाइटल जितिसकेको छ । यो अवसर लुपिटा जोन्सले सन् १९९१ मा दिलाएकी थिइन् ।

यो अवार्डमा विजेताले एक लाख डलर बराबरको न्यूयोर्क फिल्म एकेडेमीमा दुइ वर्षको अध्ययन छात्रवृत्ति पाउने छ भने वर्षभरि उनलाई मासिक खर्च उपलब्ध गराइन्छ ।

आफ्नी हजुरआमाको उनी मिस युनिभर्स भएको हेर्ने इच्छा पूरा गर्न माउण्ट फुजी नजिकको गाउँबाट प्रतियोगितामा भाग लिन मोरी आएकी थिइन् । उनकी हजुरआमाले काखमा खेलाउँदै एक दिन तँ मिस जापान भएर देखाउनू भन्ने गरेको यतिबेला झल्झली सम्झिरहेकी छिन् ।

इभिनिङ गाउन परेडका बेलामा मिस युएसए रचेल स्मिथ चिप्लेर लडेपछि उनी पाँचौँ स्थानमा पुगेकी थिइन् । यता मिस स्वीडेन इसाबेल लेस्टेपिएर विन्क्विस्ट अन्तिम समयमा कार्यक्रम छोडेकी थिइन् । उनको देशबाट उनलाई यो प्रतियोगिताले महिलाहरुको अपमान गरेको भनी व्यापक विरोध भएपछि उनले प्रतियोगितालाई बीचैमा त्यागेकी थिइन् । विगतमा स्वीडेनले तीन पटक मिस युनिभर्सको ताज लिइसकेको छ ।



यता रियो मोरीलाई ताज लगाइदिँदै गर्दा मेक्सिकोको राजधानीमा सौन्दर्य प्रतियोगिताको खिल्ली उडाउँदै हजारौँ प्रदर्शनकारीहरुले 'मोक पेजेन्ट' आयोजन गरेका थिए ।  प्रदर्शनकारीहरुले सडकमा मिस जुएरेज, मिस एटेन्को र मिस मिकोकान टाइटलको घोषणा गरेका थिए । यी टाइटल त्यस्ता युवतीको नाममा घोषित गरिएका थिए, जो यौन शोषणका क्रममा तिनलाई हत्या गरिएको थियो । मेक्सिकोमा यौन शोषण पछि महिलाहरुको हत्या गर्ने क्रम संसारमै बढी रहेको एक अध्ययनले देखाएको छ ।

 

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Updates
Related Tags:
beauty pageant festival festival events समलिङगी मोबाईल हल्ला सेलेब्रिटी पेट्रोल awards माओवादी crisis संविधानसभा celebrity अनुभव streets hi-life
Browse Tags in Other Group
 
 • Miss Universe Participants Photo Gallery 1
 • Miss Universe Participants Photo Gallery 2
 
Tags in Misc
Books Home
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,