Home» City Life »Updates

पाँच दशकमा पुनर्मिलनसंगै पुनर्विवाह

- रमेशचन्द्र अधिकारी

विश्वमा उदाहरणीय प्रेमका कयौँ घट्नाले चर्चा पाएका छन् । प्रेम प्रकृतिले सृजना गरेको सुन्दर उपहार भनिन्छ । साँच्चै सच्चा प्रेम गर्नेले जुनी-जुनीसम्म पनि सफलता प्राप्त गर्छन् भन्ने पनि कमी छैनन् । त्यस्ते प्रेममा बलिदानी गर्नेले पाँच दशकपछि पनि सफलता पाउदो रैछन् भन्ने एउटा यथार्थतालाई धनकुटाका एकजोडि प्रेम प्रेमिकाले पत्यारलाग्दो सावित गरिदिएका छन् ।

पाँच दशकअघि बिछोड भएका ८२ वर्षीय बृद्ध र ७८ वर्षीया बृद्धाको पुनरमिलन सँगै पुनरविवाह भएको छ ।

धनकुटा नगरपालिका २ स्याउलेका गरावारीका नामले चिनिने कमलबहादुर घिमिरे र पात्ले निवासी इन्दिरा कार्कीबीच वुधवार ५० बर्षको बिछोडपछि पुनर्मिलन र पुनर्विवाह भएको हो ।

उनीहरु दुवैको ५२ बर्षअघि पनि पहिलो पटक विवाह भएको थियो । विवाहपछिको केही वर्षमा नै दुइबीच मनमुटाव भएपछि उनीहरुको दुरी टाढिएको थियो । लोग्ने-स्वास्नीको झगडा परालको आगो भन्ने उखान उनीहरुका लागि त्यसबखत सार्थक नभए पनि पाँच दशकपछि बल्ल सार्थक भएको छ ।

कमल वहादुरको हातबाट पहिलेनै सिन्दुर-पोते लगाईसकेकी इन्दिराले विछोडको पिडा सहेर पनि पतिब्रता रहिरहन अर्को विवाह नगरी बसेकी थिइन् । उनी दुइ महिनाकी गर्भवती रहेकी बेला दुइविच विछोड भएको इन्दिराले वताईन् । उनले आफ्नो गर्भमा रहेको सन्तान जन्माई पालन पोषण गरी हुर्काएकी थिएन् । तिनै छोरा हाल ४८ वर्ष पुगिसकेका छन् । छोटो समयमा नै विछोडिएका उनीहरुको भेटघा-देखादेखसमेत दूर भएको थियो । कमल सुनसरीको इटहरीमा वस्दै आएका थिए भने इन्दिरा धनकुटामानै रहेकी थिएन् । तर पाँच दशकपछि अकस्मात पुनर्मिलन भएका उनीहरुले फेरी संगै मर्ने संगै बाँच्ने वाचा गर्दै पुनर्विवाह गरेका थिए ।

विछोड भएपछि चाँडै अर्को विवाह गरी छुट्टै संसारमा भुल्दै आएका कमलले इन्दिरालाई समेत भुलिसकेका थिए । तर गत साल पत्नीको सवारी दुर्घट्नामा परी मृत्यु भएपछि विरक्तिएका उनले पुर्खौली थलो धनकुटा आउँदा पचास बर्षअघि विछोडिएकी इन्दिरालाई भेटेको बताए । दैबले जुराएपछि युगौँसम्म पिरती बाँचिरहँदो रै'छ । कमलले भने- ''एक्ला एक्लै जीवन बिताउनुभन्दा संग संगै बाँच्ने मर्ने सम्झौतागरी फेरी विवाह गरिउँ ।

पछौरीले घुम्टो हालेर फेरी वेहुलीको रुपमा सजिएकी इन्दिरा र वेहुलाको रुपमा ठाँटिएको कमलवीचको विवाहमा कानून व्यावसायी, संचारकर्मी, एक दर्जन नाति नातिना, पनाती तथा छोरा- वुहारीसमेत समावेश भएका थिए । दुइ बीचको खुशीमा हामी सवै परिवारसमेत रमाएका छौ, साँईला छोरा पूर्ण वहादुरले बताए ।

विवाहमा महिला सुरक्षा दवाव समुहका महिलाहरुको पनि उपस्थिति थियो । उक्त विवाहमा समाबेश भएकी जिल्ला वार एकाई धनकुटाकी अध्यक्ष हिमादेवी वस्नेतले सच्चा प्रेमको उदाहरणको रुपमा विवाहलाई आफुले पाएको बताइन् । त्यसैगरी छिमेकी लक्ष्मण नेपालले उनीहरुको पुनर्मिलनलाई समाजका सवैले स्वागत गरेको प्रतिक्रिया दिए ।

उनका पाँच छोरा एक छोरी तथा दर्जन नाति नातिना र पनाती समेतले दुइको विवाहमा समर्थन जनाएको कमलले बताए । कुनै छोराले बुढेशकालमा विवाह नर्गन दवाव दिए पनि अधिकांशले समर्थनमा ताली बजाएको उनले दंग पर्दै बताए । ठट्यौलोपारामा उनले भने- "बुढेसकालमा फेरि नयाँ बैँस आएको छ । हामी दुवै राजी भएपछि कसको के लाग्दो रैछ र !"

उनीहरु दुवै धनकुटा २ स्याउले स्थित पुर्खौलीघरमा मधुमास मनाउदै छन् ।  "क्यासेटमा लोक दोहरीको भाका सुन्दै पहिलो रात संगै बितायौँ",- कमलले मख्ख पर्दै बताए ।

 

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Updates
Related Tags:
यस्तो पनि ! उदेकलाग्दो अनुभव पेट्रोल मोबाईल हल्ला समलिङगी सेलेब्रिटी awards माओवादी crisis संविधानसभा celebrity streets festival hi-life events
Browse Tags in Other Group
 
 
Tags in Cinema
सेक्स अभिनेता अभिनेत्री सेलेब्रिटी रिलिज समारोह सुटिङ हल्ला पेज थ्री प्रविधि
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,