Home» Around the World »Weird and Interesting

आदमी जन्मा, अखबार पढा और मर गया



आदमी जन्मा, अखबार पढा और मर गया- भारतीय कवितामा यो सबैभन्दा छोटो कविता मानिन्छ । लेखक चाहिँ को हो यो पङ्क्तिकारले बिर्सियो । यो कवितामा मान्छेको एकात्मक जीवन र त्यसको निरसताका बारेमा व्यङ्ग्य गरेको छ । मान्छे जन्मिनु उत्सव रहेन, ऊ मात्र मर्न कुरिरहन्छ भन्ने आशय व्यक्त गर्ने किसिमको घटना जर्मनीको बर्लिनमा पनि घट्न पुगेको छ ।

जर्मनीको पश्चिमी शहर एसनका प्रहरीले एउटा अस्तव्यस्त लाश फेला पारेको छ । एक्लै आफ्नै ओछ्यानमा सुतिरहेको अवस्थामा फेला पारिएको यो लाशको अनुसन्धाताहरुले कम्तीमा सात वर्षघिको रहेको पत्ता लगाएका छन् ।

५९ वर्षीय यी व्यक्ति बेरोजगार रहेको र प्राकृतिक कारणले नै मृत्यु भएको प्रहरीले जनाएको छ । ३० नोभेम्बर २००० का दिन उनको मृत्यु भएको प्रहरीले जनाएको छ । किनभने सोही दिन उनले समाज कल्याण कार्यालयबाट आएको चिठ्ठी बुझेका थिए ।

उनको ओछ्यानसँगै प्रहरीले चूरोट र ठूटाहरु, खुला राखिएको टेलिभिजन गाइड, केही डच सिक्का फेला परेको बताइएको छ । डच सिक्का त्यतिबेला आएको थियो, जब सन् २००० मा यूरोलाई बजारमा ल्याइएको थियो ।

यी व्यक्तिको घरमा पहिले विभिन्न किसिमका अफिसहरु रहने गरेका थिए । तर अहिले त्यो घर पूरै खाली छ ।

"यत्रो वर्षम्म कसैले पनि उनी भए नभएको विचार गरेन न त हराएको बारेमा शंका नै व्यक्त गरे । अहिलेसम्म प्रहरीमा उनी हराएको बारे कुनै रिपोर्ट दर्ता गरिएको थिएन", प्रहरीले बतायो ।

यी व्यक्तिको को हुन् र यिनका आफन्त को छन् भन्ने सम्म प्रहरीले पत्ता लगाउन सकेको छैन भनी रोयर्टस समाचार संस्थाले जनाएको छ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
यस्तो पनि ! उदेकलाग्दो हलिउड मूर्ख्याइँ गुगल परिस्थिति भव्यता मुद्दा मामिला उदारता विज्ञापन इन्टरनेट प्रविधि उपाय बलिउड कीर्तिमान फट्याइँ सुन्दरी जनावर सेलेब्रिटी श्रीमानश्रीमती
Browse Tags in Other Group
 
 
Tags in Weird & Interesting
हलिउड मुद्दा मामिला जनावर सेक्स विज्ञापन बलिउड नग्नता माया प्रविधि सेलेब्रिटी श्रीमानश्रीमती उदेकलाग्दो कीर्तिमान यस्तो पनि ! उपाय परिस्थिति गुगल भव्यता सुन्दरी फट्याइँ उदारता इन्टरनेट मूर्ख्याइँ
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
Security Code: