Home» Around the World »Weird and Interesting

बिरालोको पखेटा !

एउटी चिनियाँ महिलाले आफूले पालेको बिरालोको प्वाँख र पखेटा उम्रिएको दाबी गरेकी छिन् ।

हजुरआमा उमेरकी फेङको बिरालो ढाडबाट दर्ुइ वटा चार इन्च लामा पखेटा उम्रिएको हुआसाङ न्यूजले जनाएको छ ।

"शुरुमा त अलि ठूलै टुटुल्को पो उठ्यो कि क्याहो भनेर म चिन्तित भएकी थिएँ, तर त्यो टुटुल्को उभिएर एक महिनाभित्रमा नै पखेटा जस्तो पो भयो !" हजुरआमा फेङले बताइन् । पखेटा थपिएपछि आफ्नो बिरालो अलौकिक भएको र यो त 'बिरालो देवदूत'जस्तो भएको उनले आफ्ना थोता दाँत देखाउँदै बताइन् ।

फेङले बिरालोको पखेटा पलाउनुमा केही बिरालीहरुले उसमाथि यौन शोषण गरेकाले पनि हो कि भन्ने आशंका व्यक्त गरिन् । भनिन्- "यो पखेटा पलाउनुभन्दा एक महिनाअघि केही बिरालीहरुले दिउँसो चरम गर्मीमा उसलाई ज्यादै सताए । त्यसपछि नै उसको पखेटा पलाउन थालेको हो ।"

तर जनावरमाथि अध्ययन गर्नेहरुले चाहिँ 'जिन'मा हुने केही फेरबदलका कारण यस्तो समस्या उब्जिने गरेको बताएका छन् । अब बिरालोले आफ्नो सामान्य जीवन बिताउन गाह्रो हुने बताएका छन् ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
यस्तो पनि ! उदेकलाग्दो जनावर माया सुन्दरी सेलेब्रिटी बलिउड गुगल मूर्ख्याइँ भव्यता विज्ञापन मुद्दा मामिला नग्नता उपाय इन्टरनेट परिस्थिति फट्याइँ श्रीमानश्रीमती कीर्तिमान हलिउड
Browse Tags in Other Group
 
 
Tags in Technology
gadgets mobile digital camera phone software people speak laptop communication Filming
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,