Home» Cinema »Feature

फ्रान्समा मलामी



चलचित्र मलामीको सुटिङ सकिएपछि यसको नेगेटिभ लिएर चलचित्रका निर्देशक सुवर्ण थापा फ्रान्स फर्किएका छन् । ७५ हजार ५ सय ३ युरोमा बनेको यो चलचित्र २० मिनेटको हुने बताइएको छ ।

मूलधारकी नायिका विपना थापा अचम्म किसिमले यस चलचित्रमा घुसेकी छिन् । उनले यस चलचित्रमा विदेश गएको लोग्नेलाई स्वदेशमा कुरिरहेकी गृहिणीको भूमिकामा अभिनय गरेकी छिन् ।

नाट्यकर्मी अनुप बरालले यसमा मृत्यु अर्थात् कालको भूमिका निर्वाह गरेको निर्माण समूहले जानकारी गराएको छ । यो चलचित्र नेपाली समाजको दश वर्षको सशस्त्र द्वन्द्वबाट उब्जिएको मानवीय तथा सामाजिक सङ्कटको कथा प्रस्तुत गरिएको छ ।

सबैभन्दा रोचक त के छ भने यो चलचित्र श्यामस्वेतमा बनेको छ । खिच्न भने रङ्गीनमा नै खिचिएको छ । नेपालस्थित यस चलचित्रका कार्यकारी निर्माता नवीन सुब्बाका अनुसार खिचिएको रङ्गीन फिल्मलाई डिजिटाइज गरी कम्प्युटरमा श्यामस्वेतमा परिणत गरिने र पछि त्यही श्यामश्वेत डिजिटल सामग्रीलाई सेल्युलाइडमा परिवर्तन गरी प्रदर्शन गरिनेछ ।

केही व्यक्ति भने निर्देशक सुवर्ण थापाले आफ्नो पिताको सम्झनामा बनाएको यो चलचित्र बरखी बारेको सिम्बल अर्थात् सङ्केतको रुपमा लिएका छन् ।

यस्तो अद्वितीय चलचित्रको प्रचार सामग्री पनि सादा फोटोमा नै खिचिएको छ । नपत्याए हेर्नुहोस्, नेपाली मिडियामा पहिलो पटक-








चलचित्रका निर्देशक सुवर्ण थापा

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
अभिनेत्री अभिनेता सेलेब्रिटी समारोह रिलिज सेक्स प्रविधि सुटिङ हल्ला पेज थ्री
Browse Tags in Other Group
 
 
Tags in Misc
Books Home
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country