Home» Around the World »Weird and Interesting

भ्यागुतो उत्सवमा भीडभाड

अमेरिकाको क्यालिफोर्नियास्थित एञ्जेल्स क्याम्पका बासिन्दा अहिले हरकोही व्यस्त छन्, भ्यागुता पक्डन । के रे भ्यागुता पक्डन ?? हो त ! हरेक वर्ष यहाँ वर्षाऋतुअघि भ्यागुते उत्सव आयोजन हुने गर्दछ । यो उत्सवको रमाइलो के छ भने जसले ल्याएको भ्यागुतो सबैभन्दा माथि उफ्रन सक्छ, उसलाई पुरस्कृत गरिन्छ । त्यो पनि ७५० डलर अर्थात् ५४ हजार नेपाली रुपियाँ ।

अमेरिकी कथाकार मार्क ट्वेनको कथाबाट प्रेरित भएर २५ वर्षदेखि नियमित रुपमा आयोजन गर्न थालिएको यो उत्सवमा यस पटक चार हजारभन्दा बढी सहभागी हुन आवेदन दिइसकेका छन् । केलाभेरस काउन्टी फेयरमा यो एउटा महत्वपूर्ण आकर्षणको रुपमा रहने गरेको छ । यस पटकको सहभागिताबाट यसका आयोजक निकै उत्साहित छन् । किनभने गत वर्ष वर्षाका कारण आवश्यकभन्दा निकै थोरै प्रतिस्पर्धीहरुले प्रतियोगितामा भाग लिएका थिए । 

मार्क ट्वेनले लेखेको कथा 'सेल्रि्रेटेड जम्पिङ फ्रग अफ केलाभेरस काउन्टी' बाट प्रेरित भएर नै काउन्टीले यो प्रतियोगिता गएको २५ वर्षदेखि नियमित रुपमा हुँदै आएको छ । जसमा एउटा किसानले यस्तो प्रतियोगितामा कसरी भाग लिएर जित्छ भन्ने व्यक्त गरिएको छ ।

यो प्रतियोगितामा जित्ने भ्यागुतोलाई पुरस्कार त दिइन्छ नै साथमा सन् १९८६ मा बनाइएको रेकर्ड तोड्न सकिएको खण्डमा भ्यागुतोले ५ हजार डलर पुरस्कार पनि हात पार्नेछ । १९८६ मा रोजी द रिबेटरले २१ फिट पौने ६ इन्च उफ्रिएर रेकर्ड बनाएको थियो ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
यस्तो पनि ! जनावर सुन्दरी बलिउड माया सेलेब्रिटी इन्टरनेट श्रीमानश्रीमती परिस्थिति फट्याइँ उदारता मुद्दा मामिला नग्नता मूर्ख्याइँ भव्यता विज्ञापन हलिउड गुगल सेक्स उदेकलाग्दो
Browse Tags in Other Group
 
 
Tags in Health
weight body-care seasonal-illness diet sleep skin stress food body-ache Psychology fatigue nutrition mental -health oral-health headache
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,