Home» Around the World »Weird and Interesting

बचाऊ भन्दा उल्टै जेल !

आफ्नो श्रीमानको सुरक्षा गरिपाऊँ भनी एउटी महिलाले अदालतमा हालेको मुद्दामा अदालतले उल्टै श्रीमान् र उनलाई जेल चलान गर्ने आदेश दिएको छ ।

एपी समाचार संस्थाका अनुसार प्रहरीले केही समयअघि श्रीमान्-श्रीमती शाहजिना तारिक, २६, र सुमैल राज, ३१, लाई पक्राउ गरेको थियो । ती दुवैले आफूलाई आफ्ना परिवारबाट ज्यान मार्ने धम्की आएको र आफ्नो बचाउ गरिदिन प्रहरीलाई अनुरोध गरेका थिए । तर १६ वर्षअघि सुमैल राजले आफ्नो लिङ्ग परिवर्तन गरी पुरुष भएको भनी थाहा हुन आएपछि प्रहरीले उनीहरुमाथि झूटो सूचना दिएको आरोपमा जेल चलान गरेका थिए । अदालतमा पनि उनीहरुमाथि झूटो बोलेको आरोप प्रमाणित गरिएको छ ।

लाहोरस्थित उच्च अदालतले दुवैलाई पक्राउ गर्ने आदेश दिएको थियो । यी श्रीमान्-श्रीमतीले आफन्तहरु आफ्नो ज्यान लिने ताकमा रहेको भन्दै प्रहरीको संरक्षणमा गएका थिए । आफन्तहरुले उल्टै उनीहरुले झूट बोलेको र यी समलिङ्गी भएको भनी मुद्दा हालेपछि यिनलाई जेल चलान गर्ने अदालतले निर्णय सुनाएको हो ।

अदालतमा सुमैलले आफू लोग्नेमान्छे भएको दाबी गरेका थिए, तर अदालतका वकिलहरुले सुमैल नारी भएको र आफ्नो स्तन र योनीको शल्यक्रिया गरी पुरुषमा परिणत भएको बताएपछि तिनलाई जेल चलान गर्ने निर्णय सुनाएका थिए ।

सुमैल १६ वर्ष लाग्दा-नलाग्दै स्वर परिवर्तन भई पुरुषजस्तो भएको र दाह्री जुँगा पलाउन थालेपछि बाध्य भएर यौन सर्जरी गरी पुरुष भएको अदालतलाई बताएका थिए । अदालतले उनको पुरुष अङ्ग छ छैन भनी जाँच गर्दा उनको लिङ्ग नभएको पाएका थिए । उनको योनी सर्जरी गरी पुरिएको थियो ।

आइतबार यी श्रीमान्-श्रीमतीलाई अदालतबाट जेल चलानको क्रममा एपीसँग कुरा गर्दै भने- "तारिकसँग गम्भीर प्रेम भएपछि मैले उनलाई बिहे गरेको हुँ । उनको अर्कै केटासँग मागीबिहे छिनिन लागेको थियो । तारिक चाहिँ मागीबिहेको पक्षमा थिइनन् ।"

यी दुवैको घर फैसलाबादमा रहेको छ । सुमैलले भने- "उनी मकहाँ आइन् र आफ्ना काकाहरुले ऋण तिर्नका लागि बेच्न लागे मलाई बचाऊ भनिन् । मैले पनि एउटा मर्दले गर्नुपर्ने काम गरेको हुँ । मैले शाहजिनालाई पहिले नै लिङ्ग परिवर्तन गरिसकेको र यसो गर्न दुइ पटक अपरेशन गरिसकेको बताएको थिएँ । उनले आफूलाई लिङ्गभन्दा पनि सुरक्षा चाहिएको बताएकी थिइन् ।"

यता सुमैलकी श्रीमती शाहजिना पनि आफ्नो जीवनसाथीको यौनपरिवर्तन अनभिज्ञ चाहिँ छैनन् । एकअर्काको सुरक्षाका लागि उनले सुमैलसँग बिहे गरेको एपीसँग स्वीकार गरिन् । उनले भनिन्- "मलाई थाहा छ, सुमैल 'लोग्नेमान्छे' होइन । ऊसँग पुरुष लिङ्ग छैन भनेर उसमाथि फरक दृष्टिले हेर्नुपर्ने कुनै कारण पनि देख्दिनँ । मात्र हामीलाई सुरक्षा चाहिएको छ ।"

"हामी केही समयभित्रै फैसलाबाद छाडेर अन्यत्रै घर बसाउनेबारे सोचिरहेका थियौँ", उनले भित्री कुरा खोतल्दै भनिन्- "तर योजना सफल हुनुअघि नै हाम्रो सबै कुरा चौपट भयो ।"

यता उच्च प्रहरी अधिकृत अस्लम तरिनले शाहजिनाले आफ्ना काकामाथि लगाएको 'बेच्ने तयारी गरेको' आरोपमाथि प्रहरीले अनुसन्धान गरिरहेको बताएका छन् । तर यो अपराध नै नभएका कारण यी दुवै चाँडै जेलबाट मुक्त हुनसक्ने तरिनको भनाइ थियो । राज र तारिकलाई लाहौरस्थित राजको आफन्तको घरबाट पक्राउ गरिएको थियो ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
यस्तो पनि ! मुद्दा मामिला समलिङगी माओवादी संविधानसभा हल्ला awards मोबाईल सेलेब्रिटी पेट्रोल अनुभव hi-life crisis streets celebrity events festival
Browse Tags in Other Group
 
 
Tags in Cinema
सेक्स अभिनेता अभिनेत्री सेलेब्रिटी रिलिज समारोह सुटिङ हल्ला पेज थ्री प्रविधि
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,