Home» Around the World »Weird and Interesting

'पारपाचुके गर्नुस्' सङ्कटमा


ठ्याक्कै नौ दिनअघि यही पृष्ठमा छापिएको एउटा समाचार तपाइँले पढ्नु भयो होला । शीर्षक थियो- खुशी हुन डिभोर्स । अर्थात् पारपाचुके गर्नुहोस् र आनन्दपूर्वक जीवन बिताउनु होस् भन्ने एउटा आपत्तिजनक तश्वीर भएको बिलबोर्ड शहरको माझमा रहेको कार्यालयमा झुण्डिएपछि त्यो बोर्ड सङ्कटमा परेको छ ।

सङ्कट मात्र होइन, त्यो बोर्ड नै अहिले हेर्नु भयो भने झुण्डिएको ठाउँमा पाउनु हुने छैन । एपी समाचार संस्थालाई उद्धृत गर्दै सीएनएनले यो समाचार प्रसारण गरेको छ ।

बोर्डले 'जिन्दगी छोटो छ, बन्धनमुक्त हुनुहोस्' भन्दै एउटा लोग्नेमान्छे र एउटा स्वास्नीमान्छेको आधा नग्न तश्वीर भएको बोर्ड कार्यालयको अघिल्तिर ठूलो बोर्ड टाँसेको थियो । तर शहर वरपरबाट त्यो बोर्ड हटाउन यति दबाब आयो कि यस्ता कामको हेरचाह गर्ने एक व्यक्तिले कार्यालयलाई सोध्दै नसोधी त्यो बोर्डलाई त्यहाँबाट हुर्‍याइदिएका छन् ।

त्यसो त त्यो बोर्डलाई त्यहाँबाट हटाउन यो कार्यालयका सञ्चालकद्वय कोरी फेटम्यान र केली गारल्याण्डलाई निकै ठूला दबाव नआएको पनि होइन । तर ती दुवै यस कुरामा अटेर गरेर बसेकाले त्यो बोर्डलाई त्यहाँबाट फ्याँकिएको छिमेकीहरुले बताएका छन् ।

"मैले यो घरको हेरचाह गर्ने परिचरलाई बोर्ड त्यहाँबाट झिकेर मिल्काइदिन अनुरोध गरेँ", शहरका बुढा बा ब्रुटन नटारसले भने- "खासमा यसमा लेखिएको कुरासँग भन्दा पनि हामीलाई आपत्ति फोटोसँग थियो । शहरको सबैभन्दा भव्य कार्यालयको नाकैमा यसरी असुहाउँदो फोटो टाँसिदा ज्यादै चित्त दुखेर यसलाई हटाउन भनिएको हो ।"

यता कार्यालयका सञ्चालिकाद्वय फेटम्यान र गारल्याण्ड दुवैले आफूहरुलाई नसोधी त्यो बोर्डलाई त्यहाँबाट झिकेर फ्याँकिएकोमा चित्त दुखेको बताए । फेटम्यानले त अझ केसम्म भनिन् भने- "हाम्रो सिर्जनालाई तिनले च्यातिर मिल्काइदिए । यो खासमा एउटा कलामाथि नाङ्गो हस्ताक्षेप हो । मलाई एउटा कलामाथि अत्याचार भयो भन्ने लागिरहेको छ ।"

रोचक चाहिँ के छ भने दुइ साताभन्दा छोटो अवधिमा त्यहाँ टाँसिएको यो फोटोले निकै ठूलो विवाद निम्त्याएको थियो । यो विवादले फेटम्यानको पारपाचुके गराउने व्यवसायलाई साँच्चिकै मलजल गरेको थियो । यो विज्ञापनपछि आफ्ना ग्राहकहरुको नाटकीय ढङ्गमा वृद्धि भएको तिनले बताइन् ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
परिस्थिति नग्नता मुद्दा मामिला सुन्दरी बलिउड माया श्रीमानश्रीमती इन्टरनेट सेलेब्रिटी फट्याइँ उदारता भव्यता मूर्ख्याइँ विज्ञापन हलिउड सेक्स गुगल उदेकलाग्दो कीर्तिमान उपाय
Browse Tags in Other Group
 
 
Tags in Weird & Interesting
हलिउड मुद्दा मामिला जनावर सेक्स विज्ञापन बलिउड नग्नता माया प्रविधि सेलेब्रिटी श्रीमानश्रीमती उदेकलाग्दो कीर्तिमान यस्तो पनि ! उपाय परिस्थिति गुगल