स्पेनिश प्रिमियर लिग फुटबलका स्टार खेलाडी राउल र साउजीको घर बनाउदै गरेका हाम्रा राउल। संसारलाई नै एकै चौरमा ल्याउन सफल फुटबल खेलको नशाले हाम्रो देशलाई पनि छोएको छ। ऐउटा घर बनाउन ज्यामी काम गर्दै गरेका सुरेशलाई काममा आउदा देखेपछि मलाई मनमा झ्वाट्ट नेपाली राउल, हाम्रो राउल भन्ने लाग्यो।
बर्षको छ मिलियन ईउरो अर्थाथ चल्तिको भाउले वर्षको लगभग ५८ करोड ८० लाख कमाउने राउल गोन्जालेज र बिहानदेखी प्रचण्ड धाममा खलखल पसिना बगाई दिनको ने रु १५० कमाउने सुरेशको के नै तुलना गर्न सकिन्छ र। तर ईज्जतले कामगरेर दिनको रु १५० पाउदाको सन्तुष्टी र राउल गोन्जालेजले फुटबल खेलेर, पसिना बगाएर, आफ्नो टिमलाई जिताएर छ करोड ईउरो पचाउदाको खुशी, खुशी तौलने मिटरमा राख्यो भने त्यो बराबर नहोला भन्न सकिन्न!