Home» Around the World »Weird and Interesting

इमान्दारिताको मूल्य

दुबईका एक अधिकारीले ६३ वर्षीय पाकिस्तानी बगैँचेलाई ५० हजार दिराम (६ हजार ९ सय पाउण्ड जसको नेपाली मूल्य लगभग नौ लाख हुन्छ) पुरस्कार दिएका छन् । त्यो पुरस्कार उनको २८ वर्षको जागीर क्रममा सधैँ समयमा आउने र बगैँचालाई दुरुस्त तथा आकर्षक राख्ने काम अटुट रुपमा गरेबापत दिइएको हो ।

यो पुरस्कार मोहम्मद नाजीरले थापेका थिए । यो रकम उनको ४९ महिनाको तलब बराबरको रकम हो । उनले २८ वर्षअघि गल्फ अरब राज्यअन्तर्गत नगरविकास प्राधिकरणमा जागीर शुरु गरेको इमिरेट्स टुडे समाचारपत्रले बताएको छ ।

"यो पैसा मेरा बच्चाहरुको बिहेको ऋण तिर्न र तिनको शिक्षामा खर्च गर्न पुग्छ । केही पुराना ऋण पनि चुक्त गर्नेछु । र, यति गर्दा पनि बाँकी रहने पैसा भविष्यका लागि जम्मा गर्नेछु", खुशीले आँखाका पुतली नचाइरहेका बगैँचे मोहम्मद नाजीरले बताए । उनले आफ्नो २८ वर्षो जागीरे जीवनमा कहिल्यै पनि बिदा लिएनन् । उनले एक पटक आँखाको सर्जरी गर्नुपर्ने बेलामा मात्र एक दिन गयल भएका थिए । कामप्रति उनको निष्ठाका कारण नै ५० हजार दिराम पुरस्कार दिइएको अधिकारीहरुले बताएका छन् ।

"यो पुरस्कार मेरो लागि धेरै अर्थ राख्छ, महत्व राख्छ । इश्वरको कृपाबिना यो सम्भव थिएन । उनकै कारण मैले पाएँ", पाकिस्तानका पूर्व सैनिक नाजीरले बताए ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
उदारता यस्तो पनि ! माया सुन्दरी सेलेब्रिटी बलिउड गुगल मूर्ख्याइँ भव्यता विज्ञापन मुद्दा मामिला नग्नता उपाय इन्टरनेट परिस्थिति फट्याइँ श्रीमानश्रीमती उदेकलाग्दो कीर्तिमान हलिउड
Browse Tags in Other Group
 
 
Tags in Relationship
sex dating divorce cheating kissing marriage honeymoon friends tips gifts breakup infidelity parties know women attracting girls know men attracting guys flirting love personal valentine's day ex-love occassion fun read