Home» City Life »Updates

समलिङ्गी चलचित्र महोत्सव आजबाट

समलिङ्गी पुरुष तथा महिलाहरुको हकहितको कुरा उठाइरहेको संस्था नीलहीरा समाज (ब्ल्यु डायमन्ड सोसाइटी) ले समाजमा समलिङ्गी विषयलाई परिचित गराउने उद्देश्यले आज बिहीबारदेखि समलिङ्गी चलचित्र महोत्सवको आयोजना गर्ने भएको छ ।

जेठ ३ गतेदेखि तीन दिनसम्म आयोजना गरिने यो महोत्सवमा १४ विभिन्न चलचित्रहरु प्रदर्शन गरिने छन् । जसमा भारतको बहुचर्चित 'सलाम बम्बे' तथा नेपाली डकुमेन्ट्री 'अस्तित्वको खोज' पनि समावेश गरिएका छन् । कार्यक्रमको उद्घाटन प्रख्यात चलचित्र निर्देशक तुलसी घिमिरेले गर्नेछन् । घिमिरेले नै नेपाली चलचित्रमा पहिलो पटक 'हिजडा'लाई प्रवेश गराएका थिए ।

महोत्सवमा क्यानडाको द अफरिङ समावेश भएको छ भने यसका निर्देशक पाउल लीले समेत सम्बोधन गर्ने भएका छन् ।

महोत्सवको शुरुवातसँगै समलिङ्गी सौन्दर्य प्रतियोगिता पनि आयोजन हुने नीलहीरा समाजले बताएको छ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Updates
Related Tags:
फिल्म फेस्टिबल क्या बात ! नवीनता ग्ल्यामर कन्ट्रोभर्सी निर्देशक पार्टी अभिनेता पेज 3 रोचक रोमान्स अभिनेत्री सोच सञ्चारकर्मी कार्यक्रम घोषणा सेक्स प्रविधि
Browse Tags in Other Group
 
 
Tags in Relationship
sex dating divorce cheating kissing marriage honeymoon friends tips gifts breakup infidelity parties know women attracting girls know men attracting guys flirting love personal valentine's day ex-love occassion fun read memories Family
Browse all Tags in Group
Tag groups: