Home» Around the World »Weird and Interesting

भागेको कैदी जेल फर्किए



गम्भीर अपराधमा जेलमा सजाय काटिरहेका एक कैदी जेलबाट टाप कसे । तर जेलभित्रका साथीहरुलाई केही समयपछि यति 'मिस' गरे कि उनी फेरि जेल फर्किएर साथीहरुसँग मजाले दिन कटाउन थाले ।

सुन्दा कुनै गजँडीको गफजस्तो लाग्ने यो घटना बुल्गेरियाको एक चोरको । ३७ वर्षा भेसिल इभानोभ सन् २००५ को इष्टर महोत्सव (क्रिष्चियनहरुको एक महत्वपूर्ण चाड) का बेला आफ्नै साथी र प्रहरीको आँखालाई धोका दिँदै जेलबाट सुटुक्क टाप कसे । उनी त्यसपछि आफ्नो घर पुगे ।

तर उनी घरमा अड्न सकेनन् । उनले जेल फर्किएपछि सम्वाददातासँग भने- "म घरमा अड्न सकिनँ । त्यहाँको वातावरण मलाई ठीक लागेन । म जेलमा नौ वर्ष लगातार बस्दै आइरहेको छु । यहाँ म एक किसिमको वातावरणमा रमाउन सिकिसकेको छु । बाहिर निस्किसकेपछि मलाई लाग्यो, म बाहिरी वातावरणका लागि अभ्यस्त हुन छाडेछु । मैले यहाँका साथीहरुलाई ज्यादै सम्झिएँ बाहिर हुँदा । म स्वतन्त्र हुँदा ज्यादै एक्लो र दुःखी अनुभव गरेँ । त्यसैले म फर्किएँ ।"

स्तारा जागोरा कारागारका वार्डेन इभानोभ फर्किएपछि पुनः जेल चलान गरेका छन् । उनले ११ वर्षको जेल सजायमध्ये बाँकीको सजाय दुइ वर्ष पुनः बिताउनु पर्नेछ । त्यसैगरी जति समय उनी भागे त्यसको अतिरिक्त समय समेत उनले पेनाल्टीका रुपमा बिताउनु पर्नेछ ।

तर जेलमा थप बिताउनु पर्ने समयका लागि उनी झन् खुशी छन्, एनोनोभासँग उनले भने- "तर म खुशी छु । म मान्छेको भीडमा अझै केही समय जानुपर्ने छैन । मलाई मनपर्ने ठाउँमा म मेरा साथीहरुसँग अझै केही समय बिताउन सक्नेछु ।"

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
माया सुन्दरी सेलेब्रिटी मुद्दा मामिला मूर्ख्याइँ गुगल इन्टरनेट बलिउड भव्यता विज्ञापन कीर्तिमान नग्नता श्रीमानश्रीमती प्रविधि परिस्थिति फट्याइँ उदेकलाग्दो उपाय हलिउड सेक्स
Browse Tags in Other Group
 
 
Tags in Misc
Books Home
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,