Home» Cinema »Feature

घेरिए सांसद सिनेकर्मीबाट

विवादास्पद चलचित्र अहङ्कार हेर्न निम्त्याइएका तराई मूलका सांसद वंशीधर मिश्र चलचित्र हेरेर बाहिर निस्केपछि चलचित्रकर्मीहरुले उनलाई अरुको कुरा सुन्न धैर्यता नभएको भनी आलोचना गर्दै तिनलाई केहीबेर घेरे । उनलाई बाहिर निस्कन दिएनन् । उनी बाहिर निस्कन नपाएपछि 'हतार छ बरु केहीबेर तपाइँका कुरा सुन्छु' भनेपछि एकदुइ अतिथिका कुरा सुनेपछि मात्र उनलाई बाहिर जाने अनुमति दिइएको थियो ।

जनपक्षीय चलचित्रकर्मी संघ नेपालको आयोजनामा हालै केन्द्रीय चलचित्र जाँच ब्यूरो (सेन्सर बोर्ड) ले प्रदर्शनमा प्रतिबन्ध लगाएको चलचित्र अहङ्कारका बारेमा गरिएको अन्तरक्रिया कार्यक्रममा सांसद मिश्रलाई यो स्थिति आइपरेको थियो ।

निर्धारित समयभन्दा दुइ घण्टा ढिला शुरु भएको उक्त अन्तरक्रिया कार्यक्रममा तराई मूलका सांसद मिश्रले चलचित्रमाथिको प्रतिबन्ध अनावश्यक रहेको बताएका थिए । बरु उनले चलचित्रकर्मीलाई पाठ पनि सिकाए- "सिनेमामा कहीँ कतै अलि बढी भएको छ, त्यसलाई मिलाउनुस् ।" तर त्यो कहीँ कतै अलि बढी के हो, के मिलाउनु पर्ने हो भन्ने बारेमा चाहिँ सांसद मिश्रले केही बताएनन् । यस्ता चलचित्रमाथि प्रतिबन्ध लगाउनु लोकतान्त्रिक सरकारको चरित्र नभएको समेत सांसद मिश्रले कार्यक्रममा बताए ।

उक्त अन्तरक्रिया कार्यक्रममा सबैभन्दा उग्ररुपमा प्रस्तुत भए चलचित्र निर्माता संघका अध्यक्ष अशोक शर्मा । उनको भनाइ थियो- "सेन्सर बोर्ड सधैँ नेपाली चलचित्रका लागि नकारात्मक रुपमा प्रस्तुत भइरहेको छ । उसले हिन्दी फिल्ममा चाहिँ जस्तोसुकै दृश्यलाई पास गरिदिन्छ, नेपाली फिल्ममा चाहिँ अलिकति मात्र तलमाथि भयो भने प्रतिबन्ध लगाइदिन्छ ।" उनले हिन्दी चलचित्र कर्मामा नेपालको मानचित्र नै भारतमा गाभिएको देखाएको, लालसलामजस्तो क्रान्तिकारी चलचित्रलाई तत्कालिन अवस्थामा बिनाकुनै रोकावट प्रदर्शन गर्न दिएको तर नेपालमा बनेका आगोजस्ता चलचित्रमाथि चाहिँ तिनको बक्रदृष्टि रहेकोमा उनको आपत्ति थियो ।

चलचित्रकर्मी नवीन सुब्बाले सेन्सर बोर्डजस्ता बोर्डलाई अहिलेसम्म अस्तित्वमा नै रहन दिनु नहुने सरकारले के हेरेर बसिरहेको भनी सरकारलाई प्रश्न गरे । उनको भनाइ थियो- सेन्सर बोर्ड लोकतान्त्रिक देशको अलोकतान्त्रिक अवशेष हो । सरकारले अहिलेसम्म त्यसलाई किन राखिरहेको छ ? किन त्यसलाई हटाएको छैन ?

कार्यक्रममा चलचित्र विकास बोर्डका सदस्य नयनराज पाण्डेले चलचित्र अहङ्कारको भाषामा चित्त बुझाएनन्- "कुन चाहिँ मधेसीले त्यस्तो भाषा बोल्छ ? यसमा ध्यान पुर्‍याउनु पर्दथ्यो ।" चलचित्र प्रतिबन्ध भएकोमा उनले आर्श्चर्य व्यक्त गरेका थिए ।

त्यस्तै कार्यक्रममा पत्रकार प्रकाश सुवेदीले सबै चलचित्रकर्मीलाई सडक आन्दोलनमा लाग्न आहृवान गरे, भने- "माओवादीका नेता मातृका यादवले वास्तविकतामा आधारित चलचित्र बनेन भनेर एउटा कार्यक्रममा चलचित्रकर्मीका खोइरो खने तर माओवादी सरकारमा आएकै पहिलो सातामा वास्तविकतामा आधारित चलचित्र प्रतिबन्धित भयो । योजस्तो दुर्भाग्य के हुनसक्छ ?"

कार्यक्रममा चलचित्रकर्मीहरु बसुन्धरा भुसाल, तीर्थ थापा, नारायण पुरी, सांस्कृतिक संस्थानका महाप्रबन्धक लक्ष्मण रायमाझी, लय संग्रौला आदिले चलचित्रको प्रतिबन्ध निर्णय माथि आर्श्चर्य व्यक्त गर्नुका साथै यस्तो कदमको घोर विरोध गरेका थिए ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
कन्ट्रोभर्सी क्या बात ! रोचक पेज 3 फिल्म फेस्टिबल नवीनता रोमान्स ग्ल्यामर पार्टी अभिनेत्री निर्देशक सोच घोषणा कार्यक्रम सेक्स अभिनेता सञ्चारकर्मी प्रविधि
Browse Tags in Other Group
 
 
Tags in MUSIC
विवाद गायिका गायक कन्सर्ट हल्ला ट्रयाक बाहिर उपलब्धि लुकेका कुरा रिलिज परिस्थिति अवार्ड कीर्तिमान बजारमा क्या बात ! रुचि पेज थ्री प्रेम र विवाह समुद्रपार विचार