Home» Music »Feature

बोकु बोकेर बोकेदाह्री


 

अघिल्लो एल्बम 'बोकेदाह्री' श्रीकृष्ण लुइँटेललाई यति फाप्यो कि पछिल्लो एल्बमको पनि नाम त्यस्तै जुराएका छन् । एल्बमको नाम के हो थाहा छ ? 'बोकु' ! किन त ? गायक लुइँटेलसँग यसको प्रशस्त जवाफ छ ।

"पहिले बोकेदाह्री एल्बम निस्किएपछि मलाई बोकेदाह्री भन्ने नाम राखे श्रोता र दर्शकहरुले", चिरपरिचित सपक्कसँग रबरले बाँधेको बोकेदाह्री मुसार्दै उनले थपे- "पछि मायाले त्यो नाम परिवर्तन भएर 'बोकु'मा आयो । सानाले बोकु अंकल, ठूलाले बोकु भाइ, अलि छिप्पिएकाले बोकु दाइ भन्न थालेपछि मेरो नाम नै बोकु भयो । आम जनताले मलाई राखिदिएको त्यही नाम मैले एल्बममा जुराएको हुँ ।"

त्यसो त उनको लोकप्रियता काठमाडौँ पारि कम्ता छैन । उनलाई गएको वर्ष श्रोताहरुको निम्तोबाट फूर्सद निकाल्न गाह्रो पर्ने गरेको थियो । उनको अघिल्लो एल्बम १ लाख ५० हजार बढी बिक्री भएको थियो । अघिल्लो एल्बमको सफलताले उनलाई यस पटक अझ बढी उत्साह थपेको छ ।

यस पटकको 'बोकु'लाई बेस्कन हिट गराउन उनले कसर ता छाडेका छैनन्, भन्छन्- "यो एल्बम हिट गराउन मैले गएको मंगलबार दक्षिणकालीमा कुखुराको भाले चढाएँ ।" त्यसो त उनी शाकाहारी भएकाले उनले त्यो भाले काट्न चाहेनन् र मन्दिर परिसरमा छाडेर काठमाडौँ छिरे । यसअघिको एल्बममा पनि उनले दक्षिणकालीमा पूजा गरेका थिए ।

दक्षिणकालीको यात्रापछि उनले काठमाडौँको भद्रकालीमा १० जना एफएमका सञ्चारकर्मीलाई भेला गराएर सामान्य पूजाआजापछि तिनलाई एल्बम विमोचन गर्न लगाए । त्यसपछि छेउकै अर्को मन्दिर महाङ्कालमा गएर ३० जना अशक्त र मगन्तेहरुलाई भेला पारेर भोजन गराए ।

उनलाई देवीदेउता भाकेर एल्बम हिट हुन्छ भन्ने विश्वास उत्ति छैन । सबैभन्दा बढी विश्वास उनी भगवानमा भन्दा पनि आफ्नो सिर्जनामा गर्छन् । त्यसैले यस पटकको एल्बमलाई बढी रुचिपूर्ण बनाउन कसर छाडेका छैनन्, थप्छन्- "पहिलेको एल्बममा बढी हास्य व्यङ्ग्य र थोरै सामाजिक सन्देशका कुराहरु थिए ।" यस पटकको एल्बममा चाहिँ बढी सामाजिक सन्देश र कम हास्य प्रयोग गरेका छन् ।

अघिल्लो एल्बमको सफलताको श्रेय यसका चोटिला म्युजिक भिडियो हुन् भन्ने कुरा उनले बिर्सिएका छैनन् । त्यसैले यस एल्बमका नौ गीतमध्ये आठ वटाका भिडियो पनि उनले तयार पारेका छन् । उनलाई यी भिडियोको बिक्री पनि गज्जबले हुने विश्वास छ ।

बीचमा उनी च्यानल नेपालमा 'आयो बोकेदाह्री' हास्य श्रृङ्खला बोकेर पनि आएका थिए । अहिले त्यो बन्द छ, किन त ? "एउटा दृश्यमा रुखबाट हाम्फाल्नु पर्दा मेरो गोडा नै भाँच्चियो । त्यसले गर्दा सुटिङ नियमित हुन नसकेर त्यो अड्कियो । अहिले त प्राथमिकता आफ्नै एल्बमलाई दिनु परेकाले त्यो श्रृङ्खला अड्किएको हो । पछि त्यो नियमित हुनेछ ।"

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
ट्रयाक बाहिर गायक रिलिज लुकेका कुरा क्या बात ! कीर्तिमान तातोपीरो रुचि प्रेम र विवाह गायिका नेपाली तारा सङ्गीतकार उपलब्धि कन्सर्ट हल्ला भिडन्त गीतकार समुद्रपार पेज थ्री अवार्ड
Browse Tags in Other Group
 
 
Tags in Relationship
sex dating divorce cheating kissing marriage honeymoon friends tips gifts breakup infidelity parties know women attracting girls know men attracting guys flirting love personal valentine's day ex-love occassion fun read