Home» Cinema »Biography

नअडिने नरोकिने

एउटा भारी भरकम परिवार थियो उनको बाबाको । आठ जना परिवारमध्ये सबैभन्दा कान्छा उनका बाबा । उनका हजुरबुवा काभ्रे वरपरका चार जिल्ला हेर्ने मुखिया थिए । उनका बाबा दुर्गराज लामा पनि सक्रिय व्यक्ति थिए । कतिसम्म भने बुवाको बिँडो थाम्नका लागि कानूनी कुराहरु जान्नु पर्ने भएकाले त्यसबेला उनी पूर्व ३ नम्बर भनिने भोजपुर गएर एक जना व्यक्तिसँग मीत लगाएर बाहुनहरुको भीँडमा साधारण लेखपढ गर्न जान्ने बनेका थिए । लामा भएकाले धार्मिक र सांस्कृतिक लेखपढ त स्थानीय गुम्बामा थियो नै त्यसपछि नेपाली भाषामा लेखपढ गर्न जान्ने भएपछि उनले प्रशस्त अवसर पाइने अनुभव पनि गरेका थिए । त्यसैबेला भीमखुरे गाविसमा कृष्णमायाको कोखमा युवराज लामा २०१६ साल असोज २९ मा जन्मिए । चार दिदी र एक बहिनी पनि थपिएपछि उनका बाबालाई परिवारको लालनपालनका लागि बढी नै मिहिनेत गर्नुपर्ने देखियो । त्यसैले अवसरको खोजीमा तर्राई झरे । समयक्रममा दुइ दिदीको अकालमा मृत्यु भयो ।

तराइ झरेपछि आफ्ना सन्तानको लालनपालनसँगै पढाइमा सचेत उनका बाबाले आफ्ना सन्तानलाई स्थानीय स्कूलमा भर्ना गरिदिए । यो स्कूल थिएन पहिले, एक जना पढेलेखेका व्यक्तिको घरमा उनीहरुलाई पढ्ने व्यवस्था थियो । उनी र उनकी बहिनी पहिलो विद्यार्थी थिए ती गुरुकहाँ । गुरु दक्षिणाबापत् उनीहरुले चामल वा पैसा लिएर जानु पर्दथ्यो । पछि ती गुरुकहाँ निकै विद्यार्थी थपिए । र, गाउँमा एउटा स्कूलकै आवश्यकता महसूस भयो । जनश्रमदानले त्यहाँ स्कूल बन्यो । प्राथमिक शिक्षा त्यहाँ सकिएपछि उनी दरबार हाइस्कूलमा पढ्न थाले र त्यहीँबाट २०३१ सालमा एसएलसी पास भए ।

एसएलसीपछि भने उनले वीरगञ्जको ठाकुरराम क्याम्पसमा मानविकीमा भर्ना भए । त्यो बेला क्याम्पस पढ्ने मंगोल अनुहारका उनी मात्र एउटा अनुहार थिए । परैबाट उनलाई चिनिन्थ्यो । त्यहाँ उनी कहिल्यै पनि दोस्रो भएनन्, पढाइ, खेलकूद र प्रेममा पनि ! उनले त्यहीँ पढ्ने एक नेवार बालालाई मन पराए ।

बाल्यकाल

घरको एक्लो छोरा भएकाले उनी बढी पुल्पुलिएका थिए नै रिस पनि नाकको टुप्पोमा थियो । कसैले उनलाई केही भनेको नसहने ! घरबाट निस्किएपछि त उनी वरपरका जंगल चहार्ने र कहिलेकाहीँ त जंगलमै बसुँजस्तो उनलाई लाग्थ्यो तर बाघभालुको डर लाग्थ्यो । उनी खोलाको तीरैतीर बिहानदेखि बेलुकासम्म हिँडिदिन्थे ।

'अहिले सम्झँदा यस्तो लाग्छ, म सानैदेखि नै 'खोज'मा थिएँ । बढी स्थायी खुशीको खोजीमा थिएँ', युवराज दरबारमार्गस्थित आफ्नो अफिसको कुर्सिमा गजधम्म बस्दै बताउँछन्- 'यही बानीले कहिल्यै पनि एउटा पेशामा सीमित भएर रहन सकिनँ । बढीभन्दा बढी राम्रो कुराको खोज पछिसम्म चलिरहृयो । त्यो स्थायित्व चाहिँ सिनेमाले नै दियो ।'

उनी कतिसम्म रिसाहा थिए भने- एक पटक जिस्किएर एक गुरुले उनलाई पछाडिबाट धाप मारे । त्यो धाप उनको कलिलो शरीरमा गति चोटपर्ूण्ा भएछ, बालक युवराजले सहन सकेनन् । त्यसपछि ती गुरुलाई स्कूलदेखि घरसम्म आउँदा लाग्ने समय करिब २२ मिनेट मनपरि गाली गर्दै आइपुगे ।

युवावस्था

युवराजको स्कूले पढाइमा अंग्रेजी भाषा राम्रोसँग गढ्यो । अंग्रेजी भाषामा उनको राम्रै दखलका कारण एसएलसी सकिएपछि नै उनले वीरगञ्जको एउटा होटलमा पार्ट टाइम काम पाइसकेका थिए । पार्ट टाइम कामसँगै उनले क्याम्पसको पढाइ जारी राखे ।

क्याम्पसमा उनी परैबाट बेग्लै देखिन्थे र पढाइमा पनि निकै जान्ने भएकाले उनीको वरपर केटाकेटीहरु झुम्मिरहन्थे । त्यीमध्ये समूहमै राम्री देखिन्थिइन् एउटी युवती । कम बोल्ने र बौद्ध दर्शनमा अति प्रभावित ती युवती आफूसँग कम बोले पनि झुम्मिने बानीले प्रेम प्रस्ताव राखिहाले । 'ढिला गर्नु हुन्न, भएन त भएन' भन्ने उनको दर्शन थियो जिन्दगीको ! ती युवती नै पछि उनकी श्रीमती बनिन् र चिनिइन्- मंगलादेवी न्यासुरको नामले । मंगला अलि लजालु भएकीले त्यतिबेला जवाफ त फर्काइनन् तर पहिलेझैँ झुम्मिन छाडिनन् । त्यसपछि एउटा शालिन डेटिङ हुन्थ्यो उनीहरुको क्याम्पसभित्र र क्याम्पसबाहिर पनि !

तीन वर्षो लामो प्रेमप्रसङ्गपछि उनले २०३५ सालमा बिहे गरे । बिहे कसरी गरे भने मंगलालाई उनले घरबाट भगाएर भागलपुर लिएर गए । तर उनका पिता न्यायाधीश थिए अनि उनकै घरमा जिल्लाका प्रमुख जिल्ला अधिकारी डेरामा बस्थे । निकै शक्ति लगाएर उनीहरु दुवैलाई भागलपुरबाट झिकाइयो । केही महिना छुट्टिए पनि युवराजले मंगलालाई पुनः भगाई छाडे । यसपछि भने उनका बुवाआमाले उनीहरुलाई पछ्याउन छाडे ।

उनले मंगलालाई घरमा भित्र्याए । लामा विधिअनुसार उनीहरुको बिहे भयो ।

बिहेपछि...

बिहे के भएको थियो, त्यसपछि उनले बढी नै जिम्मेवार महसूस गरे । एउटा बेग्लै पहिचान र नामका लागि उनको हृदयले संर्घष गर्न थाल्यो । त्यसैले उनी काठमाडौँ आए, श्रीमतीसहित । काठमाडौँ उनी के आएका थिए, जिन्दगीको असली संर्घष्ा चाल पाए । भन्ने बित्तिकै काम नपाइने र पाइएको काम पनि उनले सोचेजस्तो नहुने । त्यसैले कति दिन त उनले भोकभोकै रात बिताउनु पर्‍यो । खाना खाने पैसा नहुँदा मंगलाले भन्ने गर्दथिन्- 'आज मेरो ब्रत छ तपाइँ के गर्नुहुन्छ -' अनि युवराजले पनि भन्थे- 'त्रि्रो ब्रत हो भने म चैँ कसरी खान सक्छु र ?'

त्यतिबेला भनसुनको जमाना थियो । चिनेको मान्छे भयो भने मात्र काम पाइन्थ्यो । उनलाई भनसुनको कुरा ज्यादै मन नपर्ने ! उनी आफ्नै बुतामा काम पाउन चाहन्थे । एक पटक अखबारमा विज्ञापन निस्कियो, सोल्टी होटलमा सहायकको । उनले त्यहाँ अन्तरवार्ता दिए । दुइ-दुइ वटा अन्तरवार्तामा प्रथम भएपछि उनलाई साथीहरु पार्टी ख्वाउन आग्रह गरे । अन्तिममा उनको स्वास्थ्य परीक्षण गर्नु पर्ने थियो । उनमा चुरोटको लत थियो । चुरोटको लतले गर्दा परीक्षणमा एउटा साधारण समस्या देखियो छातिमा । अहिले उनी सम्झन्छन्- त्यो समस्या त चुरोट खाने हरकोहीमा हुँदोरहेछ । म लामा भएका कारण त्यहाँ जागीर पाइनँ । मेरो पहुँच पनि नभएकाले गर्दा त्यहाँ म छनोट हुन सकिनँ । त्यो डाक्टर राणा थियो र सैनिक अस्पतालको डाक्टर थियो । मलाई फेल गराउन त्यसको ठूलो हात रहृयो ।

साथीहरुलाई पार्टी दिइसकेकाले त्यो होटलमा काम नपाउनु उनका लागि ठूलो चोट थियो । तर त्यतिबेला नै उनको एउटा साथीले ठमेलको कार्पेट बेच्ने पसलमा काम लगाइदियो । त्यहाँ उनको अंग्रेजी राम्रो भएकाले काम तुरुन्त पाए र संयोग कस्तो रहृयो भने उनी काम माग्न गएकै क्षण एउटा टुरिस्टलाई सामान बेच्न सफल भए । त्यसपछि उनले त्यहाँ साढे चार सय मासिक तलबमा काम गरे । अब भने उनलाई काठमाडौँमा बाँच्न सफल भए ।

उनले एक वर्षछि आफ्नै प्रयासमा दरबारमार्गमा थान्काको पसल थापे । यसमा उनका अझै तीन जना पार्टनर छन् ।

सन् १९८४ तिर पसलबाट पाइने फूसदमा थानेश्वर र्राईसँग मार्शल आर्ट सिक्न थाले । त्यो सिकिसकेपछि उनी अरुलाई पनि मार्शल आर्ट सिकाउन थाले र त्यहीँ सिक्ने समूहमा अहिलेका चर्चित सिनेमा र टेलिभिजनको छायाँकार जावेद शाह पनि थिए । जावेदले पहिलो पटक सिनेमामा काम पाउने भए, सिनेमाको नाम थियो- भाग्यरेखा । त्यही सिनेमामा द्वन्द्व निर्देशकको कामको जिम्मा युवराजलाई दिने भए ।

सिनेमामा प्रवेश

भाग्यरेखामा उनी द्वन्द्व निर्देशक र कलाकारका रुपमा छिरे । त्यहाँ उनले चलचित्रमै पहिलो पटक मार्शल आर्ट छिराए । नयाँ किसिमको द्वन्द्व शैली भएकाले दर्शकले त्यो रुचाए । उनकै शिष्यको समूहमा चलचित्र निर्देशक राजेन्द्र शलभका भाइ पनि थिए । त्यसबेला राजेन्द्रले विजय पराजय बनाउँदै थिए । त्यहाँ युवराजले प्रवेश पाए । चिनोमा पनि उनको भिन्न प्रकृतिको काम भएकाले तुलसी घिमिरेले पत्याए । चिनोमा तुलसी घिमिरेको काम गर्ने शैली मन पराएर उनले निर्ण्र्ाागरे- मेरो हृदयले खोजेको चिज त सिनेमा रहेछ । यहाँ त विविध शैली र शिल्प उपयोग गर्न सकिने रहेछ ।

त्यसपछि उनले दुइ थोपा आँशुमा मौन निर्माताको रुपमा काम गरे । त्यो अनुभवले उनलाई 'देउता'मा लगानी गर्न उक्सायो । उनी देउतामार्फ निर्माता बने ।

उनले त्यसपछि प्रतीज्ञा र जीवन संघर्ष सिनेमा बनाए । ती दुवै सिनेमा यति असफल भयो कि उनी आर्थिक रुपमा समेत धर्मराउने स्थितिमा पुगे । तर उनले हिम्मत हारेनन् । उनले देउराली सिनेमा निर्माण गरे । थोरै लगानीमा आकर्षक सिनेमा बनाएपछि कर्मा शेर्पाले उनलाई देशपरदेश निर्देशन गर्न अनुरोध गरे । त्यस्तै उनले राजेन्द्र मानन्धरले देवदूत बनाउन अनुबन्ध गरे । उनले आफैँले दुलाहा राजा दुलही रानी पनि बनाइरहेका थिए । त्यस वर्षत उनले एक साथ चार सिनेमा बजारमा ल्याए । त्यसपछि उनको संघर्षबाट प्रभावित सिने उद्योगका व्यक्तिहरुले उनलाई चलचित्र निर्माता संघको अध्यक्षसमेत चुने ।

सिने उद्योगमा उनले २० वर्षलगानी गरिसकेका छन् भने त्यसयता उनले १२ वटा चलचित्र निर्देशन गरिसकेका छन् । उनले लगानी र सहलगानी गरेका चलचित्रको संख्या १८ पुगिसकेको छ । उनी अझै थाकेका छैनन् । उनले नयाँ सिनेमा धर्मयुद्ध बनाउने सही समय पर्खिरहेका छन् ।

सिनेमा नथाकिने युद्ध

संसारको सबैभन्दा उत्कृष्ट व्यवसाय उनी सिनेमालाई मान्दछन् । किनभने यो संसारकै सर्वोत्कृष्ट विश्वविद्यालय हो । यसले एक साथ कला, संस्कृति, व्यापार, व्यवसायसँगै कलाका सातै रुप, लेखन र लिडरशिप सिकाइरहेको हुन्छ । यस्तो विश्वविद्यालयमा आएर उनी जीवनको मध्य समयमा पढिरहेका छन्, सिकिरहेका छन् । 'यो पेशाबाहेक अरुमा म कहिल्यै लामो समयसम्म टिक्न सकिनँ किनभने यसले मलाई यति धेरै कुरा सिकाएको छ कि ती कुराहरु अन्य व्यवसायमा एकै पटक सिक्न सकिँदैन", उनको अनुभव बोल्छ ।

उनी जारी राख्छन्- 'शुरुमा मैले चलचित्र निर्माण गरेर लगानी कहाँ र कसरी गर्ने भन्ने सिकेँ । निर्देशनको शुरुवात गरेर लिडरशीप सिकेँ । निर्देशन गर्दै जाँदा लेखनको महत्व बुझेर लेख्न सिक्न थालेँ । मलाई यो बताउनुहोस्, संसारको त्यस्तो कुन व्यवसाय छ जसले एक साथ यति धेरै कुराहरु सिकाउँछ !"

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Biography
Browse Tags in Other Group
 
 
Tags in Weird & Interesting
हलिउड मुद्दा मामिला जनावर सेक्स विज्ञापन बलिउड नग्नता माया प्रविधि सेलेब्रिटी श्रीमानश्रीमती उदेकलाग्दो कीर्तिमान यस्तो पनि ! उपाय परिस्थिति गुगल भव्यता सुन्दरी फट्याइँ उदारता इन्टरनेट मूर्ख्याइँ
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,