Home» Cinema »Biography

आमाको माइतमा !

कसैकसैको जिन्दगी अचम्मको हुन्छ । जन्मिन्छ कहाँ, कर्मथलो हुन्छ कहाँ ! कुसुमे रुमाल, सम्झना र लाहुरेको अनेक पात्रलाई झट्ट सम्झनु पर्‍यो भने त्यहाँ अरुभन्दा बढी नायिकाको सम्झना आउँछ । ती सिर्जनालाई जीवन्तता दिने उही पात्रा हुन्, तृप्ति नाडकर ।

गुजराती र मराठी सिनेमामा नाम कमाइसकेकी तृप्तिलाई जब नेपाली सिनेमामा खेल्ने प्रस्ताव आयो, उनका लागि त्यो एउटा सुखद् प्रस्ताव थियो । यो उनका लागि भारतको कुनै अर्को प्रान्तीय सिनेमामा खेल्नुजस्तो अनुभव थिएन । यो उनकी आमाको मातृभाषा थियो र यी सिनेमा खेलुञ्जेल उनलाई आफ्नी आमाप्रति चुकाउनुपर्ने ऋण सम्झिरहिन् । यस्तो ऋण लामो समयपछि अझै पनि चुक्ता गर्न बाँकी रहेको ठानिरहेकी छिन्, हिन्दी, अंग्रेजी र मराठी मिश्रति लवजमा उनी भन्छिन्- "कोसेली खेलिसकेपछि मैले मेरो नेपाली फिल्ममा खेल्ने भाग सकिइसकेछ भन्ने सोचेकी थिएँ तर अहिलेको व्यस्तता हेर्दा त यस्तो लाग्छ, चुक्ता गर्न बाँकी ऋण अझै धेरै छ ।"

आउनुस्, तृप्तिलाई उनकै भाषा र शैलीमा केहीबेर पढौँ-

मेरो बाबाको पोस्टिङ दार्जिलिङमा हुँदा आमासँग भेट भएको थियो । मेरो आमा गाउनु हुन्थ्यो, मेरो आमाको स्वरमा शायद बुवा लठ्ठ  भयो । उहाँहरुको प्रेम विवाह भयो र म जन्मिएँ । मेरो आमाबाबाको एउटै छोरी ।

म पढाइमा उत्कृष्ट थिएँ, पढिरहनु पर्ने व्यक्ति । म दुइ सालको उमेरदेखि मोडलिङ शुरु गरेको ! (हाँसो)

एउटा ब्रिटीस कम्पनीको प्रोडक्टको मोडलिङका लागि मेरो जीजाजी विलाश भेण्डेले प्रस्ताव ल्याउनु भएको थियो । म गुण्डी थिएँ त्यो बेला । मलाई थाहै नदिई, पर्दापछाडि क्यामेरा लुकाएर विज्ञापन खिचिएको थियो । यसरी मैले जान्दै नजानी मसँग कला जोडियो । (हाँसो)

मराठी फिल्म पहिलो पटक खेलेँ । प्रख्यात लेखक मधुसुदन कार्लेलकरले प्रस्ताव राख्नु भएको थियो आठ वर्षो उमेरमा । त्यसपछि पाँच/छ वटा सिनेमा खेलिसकेपछि एक दिन म 'घर चा भेदी'को सुटिङ गर्दै थिएँ, हृवी. शान्तारामको राजकमल स्टुडियोमा । तुलसी घिमिरे मेरो मामा छ भन्ने थाहा पायो र त्यहीँ तुलसी मामा र शम्भु दाइले मलाई प्रस्ताव राखेको र म नेपाली फिल्ममा आएको ! (हाँसो)

मलाई सबैले मेरो पहिलो फिल्म कुन् भनेर सोध्छन् तर मलाई सधैँ गाह्रो उत्तर लाग्ने यही हो । किनभने तुल्सी मामा र शम्भु दाइ मेरो अभिनय हेर्न स्टुडियोमा आउनुभयो र एक साथ फिल्म खेल्ने प्रस्ताव राख्नुभयो । अब मैले कसको फिल्म चाँडो र कसको पछि खेलेको भन्नू ! (हाँसो) त्यो बेला यस्तो थिएन, फिल्मको 'क्ल्यासेज' थिएन हो ! टाइम मिलिहाल्यो र खेलेँ ।

नेपाली सिनेमा खेल्नु र मराठी या अरु सिनेमा खेल्नुमा खासै फरक भने छैन हो ! फरक चैँ यहाँ त ड्रेसिङ रुम थिएन, अब त्यहाँ चैँ सबै सुविधा थियो ।

प्रेम र विवाह

ममा जवानी थियो, उमेर थियो तर कसैसँग प्रेम भएन । किनभने मलाई आम् द बेस्ट भन्ने घमण्ड थियो । फेरि म फिल्ममा बिजी पनि हुन थालेँ हो ! त्यसपछि त अरु कुरा सोच्ने फूर्सदै भएन । कुसुमे रुमाल खेल्दाखेल्दै मेरो बिहेको इङ्गेज्मेन्ट भयो । उहाँलाई मेरो बाबा-ममीले राम्रोसँग चिन्नु हुँदो रै'छ । उहाँ जापान, कोरिया र दुबइतिर सामानहरुको निर्यात गर्नु हुन्थ्यो । एक्लो व्यक्ति (उहाँको आफन्त कोही नभएकाले) भएकाले उहाँको अभिभावक नै मेरो बाबा-ममी हुनुहुन्थ्यो । एरेन्ज्ड लब म्यारिज भयो हाम्रो । (हाँसो)

उहाँ जापानबाट जस्ट भेट्नु आको थियो मेरो बुवाआमालाई । दिवाली थियो त्यसबेला । मैले हेरेँ, लाइफमा सेटल हुनुपर्छ भन्ने लाग्यो चाहे पहेला हो या बादमा हो । अनि त मैले बिहे गर्ने निर्णय गरेँ । भगवान्को दयाले अहिले दुइटा छोरा छन् । ठूलो छोरा ऋषभ कोरियोग्राफर छ । बम्बइमा उसले डान्स कक्षा दिने गर्दछ । मल्टि मास मिडिया पनि पढ्दैछ । अरुको फिल्ममा असिस्टेन्ट पनि गर्छ । कान्छो छोराले धेरै हिन्दी सिरियल गरिसकेको छ । आविष्कार, सोनपरि, करिश्मा का करिश्मा सिरियल र बर्नभिटा अनि अरु थुप्रै विज्ञापनमा काम गरिसकेको छ । नौ कक्षामा पढ्दैछ । तर उसलाई कलाकारितामा रुचि छैन । ऊ डाक्टर बन्छु भन्दैछ । (हाँसो)

साइनोमा काम गर्दागर्दै मेरो बिहे भयो हो ! मेरो श्रीमान् कोअपरेटिभ भएकोले सिनेमा गरिरहन प्रब्लम भएन । त्यसैले काम गरिरहने मेरो इच्छा थियो । किनभने सप्पै नेपालीहरुले मलाई यति माया दिनुभयो, म त्यसलाई त्यसै छोड्न चाहन्न थिएँ । उहाँहरुले गर्नुभएको विश्वास तोड्न चाहन्न थिएँ हो ! त्यही भएर जब कोसेली फिल्मको अफर आयो मैले त्यो पनि खेलेँ । लाहुरे सुपरहिट भएकोले गर्दा मलाई नेपाली दर्शकको मन तोड्ने मन थिएन । तुल्सी मामाले पनि खेल्नु पर्छ भन्नु भा'कोले कोसेली खेलेँ । कोसेली खेल्दा काखमा ठूलो छोरो थियो हो ! अनि त हरेक सट दिने बेलामा छोरोलाई केही भैहाल्यो कि लड्यो कि रुँदैछ कि- क्या त ! मन अर्कैतिर डुल्ने ! फेरि त्यो बेला धुलिखेलमा सुटिङ हुँदैथियो । एउटा घरको माथ्लो फ्लोरमा छोरो च्याँ च्याँ गरेर रुने, तलको फ्लोरमा म एक्टिङ गर्ने, कस्तो नसुहाउँदो कुरा हो ! त्यो बेला ज्यादै दुःख लाग्यो, यसरी काम गर्नुभन्दा नगर्नै जाति- त्यस्तो लाग्यो हो ! अनि त मैले नचाहँदा नचाहँदै संन्यास लिनु पर्‍यो । (मुस्कान)

१७ वर्षछि...

१७ वर्षघि नेपाली सिनेमा नखेल्ने भनेर बर्म्बई फर्किसकेपछि अब फेरि नेपाली सिनेमामा फर्किएला, यतै डेरा गरेर बस्नु पर्ला भनेर मैले कैल्यै सोचेको थिनँ, हो ! तर मलाई बर्म्बईमा नै गएर आमाको काखको निर्देशकले बोलाउनु भयो । फिल्मको कथा मन पर्‍यो र खेलेँ तर त्यसपछि धेरै निर्देशकहरुले मलाई फिल्मको अफर गर्नुभयो । जसले गर्दा मैले यतै डेरा खोज्न बाध्य हुनुपर्‍यो । नेपाली जनताले यति धेरै माया गर्नु भएकोमा म ज्यादै खुशी छु । अनि त कस्तो लाग्यो भने, मेरी आमाको गाउँमा मैले तिर्नुपर्ने ऋण अझै धेरै रहेछ । उहाँको भाषा, संस्कृति र मनोरञ्जनका लागि मैले गर्नुपर्ने काम अझै बाँकी रै'छजस्तो लाग्यो, हो ! (हाँसो)

मेरी छोरी भएकी भए, उसको बिहे नहुञ्जेल शायद म फूर्सद पाउँदिन थिएँ होला हो ! तर छोराहरु भएकाले उनीहरुलाई हुर्काइसकेपछि मेरो जिम्मेवारी सकियो । मेरो काम थिएन । १७ वर्षघि जब फिल्म छोडेँ, मैले आफूलाई बिजी राख्न डान्स क्लास जान्थेँ, केटाकेटीहरुलाई पढाउँथेँ हो ! पछि त मलाई मेरै छोराले डान्स सिकाउने भैसक्यो, फूर्सद हुन थाल्यो, अनि चैँ मैले यहाँबाट एक्टिङको प्रोपोज लिएर जाने दाजुहरुलाई मैले रिजेक्ट गर्न सकिनँ हो !

अहिले एक साथ तीन फिल्ममा बिजी छु र इश्वरको कृपाले त्यो फिल्म चल्यो भने र नेपाली फिल्मको इन्डष्ट्रि राम्रो हुँदै आयो भने मैले जेठो छोरालाई पनि यतै बोलाउने विचार गरेको छु । काश, नेपाली फिल्म उद्योग पनि इण्डियाकै जस्तो दह्रो र राम्रो भइदिए ! (हाँसो)

धेरैले शरीरको मेन्टेन कसरी गरेको भनेर सोध्छन् । (हाँसो) आई नीड टु वर्क । त्यत्तिकै बस्नै सक्तिनँ हो ! बानी होला ! मेरो बाबा पनि ८४ भइसक्नु भो, तर हामीभन्दा कत्ता कत्ता ! सिलाई, इलेक्टि्सिटी, तबलादेखि खाना बनाउने सप्पै काम गर्छ ! खासमा मिलिट्रीमा बसेर होला !

डेनी दाजुसँगको अनुभव अमेजिङ ! हि वज् कोअपरेटिभ ! सप्पैलाई हेल्प चाहिन्छ ! कोही पनि एक्लै माथि आउन सक्तैन । हि नोज् द्याट ! हृवाइल वर्किङ विद् हिम्, आई नेभर केम टु थिङ्क द्याट हि इज् ग्रेटेस्ट आर्टिष्ट !

यता आउँदा म मेरो माइत आएकोजस्तो महसूस हुन्छ । म सुटिङमा आउँदा म सुटिङ वरपरका मान्छे भेट्छु, उनीहरुसँग कुरा गर्छ मेरो नेचर नै त्यस्तो छ । त्यो हर्दा मलाई सन्तोष अनुभव हुन्छ ।

देयर इज नो कन्सन्ट्रेशन अन पर्टिकुलर वर्क ! अैले त तपैँ पैसाको पछि भागिरको छौँ हो ! सम्झना र कुसुमे रुमाल राम्रो हुनुको कारण पर्याप्त समयमा गरिएको होमवर्क नै हो । ऎले खै मान्छेलाई समय ?

सम्झनाको डाइलग एकएक घण्टा रट्थेँ । अर्थ सोधेर हैरान पार्थेँ । मेरी आमा पनि पक्का मराठी भको छ है ! कस्लाई अर्थ सोध्नु ? अन्त है, टोन नेपाली नभएकोले गर्दा कुसुमे रुमालदेखि कोसेलीसम्म भारतीले डबिङ गर्‍यो । आमाको काखमा पनि ट्राइ गरेँ तर बम्बेको टोन आयो भन्छ हो ! पक्का, टिपिकल कसरी हुन्छ थाहै भएन  ! (हाँसो) अहिले त मेरो धेरै सुधार भयो । बम्बैमा त मलाई यो त पक्का काटमण्डुको भएछ भनेर जिस्क्याउँछ ! अन्त बम्बैमा नेपाली घुस्छ बोल्दाबोल्दै अनि यहाँ बोल्दाबोल्दै हिन्दी, अंग्रेजी घुस्छ । म त यताको न उताको बनेँ हो ! (हाँसो)

 

रोचक कुरा

- कुसुमे रुमालमा खलपात्रकी आमाको र सम्झनामा तृप्तिको आमाको भूमिकामा देखिने अरु कोही होइन, तृप्तिकी आफ्नै आमा मायादेवी हुन् ।

- सम्झनामा हस्पिटलको दृष्यमा देखिने डाक्टर अरु कोही नभएर तृप्तिका बुवा हुन् ।

- भुवन त्यसबेला निकै कमजोर लाग्थ्यो ! तर बाफ्रे बाफ् अैले त उहाँले धेरै प्रगति गरेको ! कत्ति राम्रो एक्ट गरेको ! - साइनोमा सबैभन्दा बढी पारिश्रमिक लिएकी थिइन् तृप्तिले । त्यो बेला उनले १ लाख पचास हजार रुपियाँ पाएकी थिइन् ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Biography
Browse Tags in Other Group
 
 
Tags in Technology
gadgets mobile digital camera phone software people speak laptop communication Filming
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: