Home» Around the World »Weird and Interesting

कानभित्र स्पाइडर वर्म



स्पाइडरम्यानको हल्ला अहिले विश्वव्यापी छ । स्पाइडर अर्थात् माकुरालाई सिनेमामा हेरेर रमाउने विश्वभर ठूलो जमात छ भन्ने कुरा त नेपालमै यसको गज्जबको व्यापारबाट नै स्पष्ट हुन्छ । त्यसो त स्पाइडर अर्थात् माकुरो पनि मानिसलाई कम मन पराउँदो रहेनछ । यो कुरा हालै अमेरिकाको ओर्लिन्सस्थित अल्बानीमा प्रमाणित भयो ।

एसोसिएटेड प्रेस समाचार एजेन्सीका अनुसार दुइ वटा माकुरालाई अल्बानीका नौ वर्षीय जेस कर्टनीको कान यत्ति मन परेछ कि तिनले त्यहीँ आफ्नो घर बनाउने निर्णय गरेछन् । पछि उनको कान असाध्य दुख्न थालेपछि डाक्टरलाई जँचाउँदो पो तिनले पत्तो पाए, आफ्नो कानमा दुइ माकुराको ठूलै घर रहेछ र तिनले बच्चा पाउने तयारी पनि गरिरहेका रहेछन् !

डाक्टरले उनको कानबाट ती दुवै माकुरालाई घर निकाला गरिदिए । तीमध्ये कानको उपचारका क्रममा विशेष हतियार लागी एउटा माकुरोको ज्यान तत्काल गएको थियो भने अर्को माकुरो भने केही घण्टासम्म जीवित रहन पाएको थियो ।

चार कक्षा पढ्दै गरेका जेसमा यदि माकुराले बच्चा जन्माएको भए उनकै ज्यान जाने डरले तिनलाई घर निकाला गर्नुपरेको उनकी आमा डायन कर्टनीले पत्रकारहरुलाई बताइन् ।

उनको कानबाट माकुरालाई निकाला गराउने डाक्टर डेविड इर्विनले ती दुवै माकुराको आकार पेन्सिलको इरेजर जत्रै भएको बताएका छन् । डाक्टरले ती दुवै मृत माकुरा जेसलाई एउटा सेतो बट्टामा बन्द गरेर उपहार दिएका छन् । जेस र उनकी आमा डायन ती माकुराबाट कति खुशी छन् भने अरुलाई समेत देखाउँदै हिँड्छन् ।

"यो साँच्चिकै रोचक कुरा हो, किनभने सोच्नुस् त ! दुइ दुइ वटा माकुरा अटाउने मेरो कान सानोतिनो त रहेनछ नि, हैन त ?" जेसले एपी एजेन्सीलाई बताए ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
जनावर यस्तो पनि ! बलिउड सुन्दरी फट्याइँ इन्टरनेट श्रीमानश्रीमती गुगल मुद्दा मामिला परिस्थिति माया नग्नता उदारता सेलेब्रिटी भव्यता हलिउड सेक्स उदेकलाग्दो मूर्ख्याइँ विज्ञापन
Browse Tags in Other Group
 
 
Tags in Weird & Interesting
हलिउड मुद्दा मामिला जनावर सेक्स विज्ञापन बलिउड नग्नता माया प्रविधि सेलेब्रिटी श्रीमानश्रीमती उदेकलाग्दो कीर्तिमान यस्तो पनि ! उपाय परिस्थिति गुगल