Home» Around the World »Weird and Interesting

बीच शहरमा १८ हजार नग्न व्यक्ति



यो तश्वीर हेरेर के को बिस्कून सुकाइएछ भन्ने सोच्नु भयो होला ! तर यो बिस्कून कुनै अन्नको भने होइन । मेक्सिकोको राजधानी शहर मेक्सिको सिटीमा एक साथ १८ हजार नरनारीहरु भेला भएर नग्न रुपमा उभिए । गएको आइतबार यत्तिका नरनारीलाई भेला गराएर तिनलाई नग्न बनाई अमेरिकी कलाकार तथा चर्चित फोटोग्राफर स्पेन्सर टनिकले तिनको फोटो खिचे ।

तर अचम्म नमान्नुहोस्, यी टनिक चाहिँ अलि खुस्केका नै छन् । यसअघि पनि ७ हजार नरनारीलाई सन् २००३ मा स्पेनमा भेला पारेर यस्तै फोटो खिचेका थिए । यो उनको रेकर्ड नै थियो । यस पटक मेक्सिकोमा आएर अर्को रेकर्ड बनाएका हुन् ।

यो फोटो खिच्ने क्रिया कुनै रक कर्न्र्सटभन्दा कम थिएन । किनभने ती फोटो खिचाउनेहरुलाई पाँच घण्टासम्म उत्तेजित बनाइरहन लगातार सङ्गीत बजाइएको थियो । र, त्यो सानोतिनो साउण्डबक्स थिएन, पूरा २० हजार मान्छे अटाउने शहरको आँगन जोकालो स्क्वायरलाई हल्लाउन सक्ने क्षमताको थियो । गीतले मात्र नपुगेर बीचबीचमा सहभागीहरुले 'मेक्सिको ! मेक्सिको !!' भनेर चिच्याएका थिए ।

"वाह ! क्या गज्जबको क्षण थियो यो मेक्सिकाली कलात्मक दृश्यको !!" ४० वर्षीय टनिकले फोटो खिचिसकेपछि सम्वाददाताहरुलाई भने- "अमेरिकाले एक पटक आफ्नो आँखा खोलोस् र यो दक्षिणी राष्ट्रतिर नजर पुर्‍याओस् कि कलाका लागि यहाँका जनता कत्ति मरिहत्ते गर्छन् ! त्यसका लागि आफूलाई नग्न बनाउन पनि रत्तिभर हिच्किचाउँदैनन् ।"

नरनारीहरुको संयुक्त यो फोटो खिचाइपछि जोकालो स्क्वायरमा छायाँकार टनिकले महिलाहरुको बेग्लै फोटो खिचे । तर केही महिलाले छायाँकारसँग गुनासो गरे- "केही छट्टु पुरुषहरुबाट मोबाइलमा हाम्रा नग्न तश्वीरहरु लिइए !"

प्रहरी पनि यो फोटो खिचाई प्रति कति सकारात्मक थियो भने खिचाई अवधिका लागि कतिपय पसलहरु बन्द गरिदिएका थिए । बिहान ८:३० बाट फोटो खिच्न शुरु गरिएको थियो ।






















 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
यस्तो पनि ! कीर्तिमान नग्नता बलिउड सुन्दरी फट्याइँ इन्टरनेट श्रीमानश्रीमती गुगल मुद्दा मामिला परिस्थिति माया उदारता सेलेब्रिटी भव्यता हलिउड सेक्स उदेकलाग्दो मूर्ख्याइँ विज्ञापन
Browse Tags in Other Group
 
 
Tags in Relationship
sex dating divorce cheating kissing marriage honeymoon friends tips gifts breakup infidelity parties know women attracting girls know men attracting guys flirting love personal valentine's day ex-love occassion fun read