Home» Cinema »Feature

निम्फ फिल्म फेस्टिभल हुने



नेपाली चलचित्रकर्मीमा रहेको चलचित्र ज्ञानलाई रचनात्मक शैलीमा अभिवृद्धि गर्न इन्डिजिनियस फिल्म अर्काइभ ले आगामी असार ८, ९ र १० गते काठमाडौँमा 'नेपाल इन्टरनेशनल इन्डिजिनियस् फिल्म फेस्टिभल' -निम्फको आयोजना हुने भएको छ ।

महोत्सवमा आदिवासी जनजातिका भाषामा बनेका चलचित्रमध्ये नेपालबाट १५ र अन्य राष्ट्रका ५ वटा चलचित्र समावेश गरिनेछ । आदिवासीका मुद्दाहरू उठान गर्ने चलचित्रलाई प्राथमिकतामा राखिनेछ । चलचित्रको रचनाशील्प पनि छनोटको आधार हुनेछ । महोत्सवलाई आगामी वर्षपनि निरन्तरता दिने लक्ष्य लिइएको छ ।

महोत्सव नेपाल आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानको सहयोगमा आयोजना गर्न लागिएको हो । अप्रतियोगितात्मक महोत्सवमा दर्शक छनोट पुरस्कार भने प्रदान गरिने इन्डिजिनियस फिल्म अर्काइभका अध्यक्ष नवीन सुब्बाले बताए ।

आदिवासी जनजातिका चलचित्रहरूलाई राष्ट्रिय रूपमा मञ्च प्रदान गर्दै आदिवासी जनजाति चलचित्रकर्मीबीच अन्तरक्रियाको अवसर प्रदान गर्नु, आदिवासी जनजातिका चलचित्रकर्मीलाई अन्तर्रष्ट्रिय आदिवासी चलचित्रको धार र प्रवृतिबारे परिचय तथा ज्ञान दिनु, गैर आदिवासी दर्शकलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय आदिवासीका चलचित्र र आदिवासीबारे जानकारी दिने, आदिवासी जनजातिका चलचित्र तथा चलचित्रकर्मीको कामको मूल्याङ्कन गरी उनीहरुको कामको कदर गर्ने, आदिवासी जनजातिका मुद्दालाई चलचित्र क्षेत्रमा स्थापित गर्ने मुख्य उद्देश्य यस फेस्टिबलको रहेको एक प्रेस विज्ञप्ति जारी गरी निफले जनाएको छ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
फिल्म फेस्टिबल क्या बात ! रोचक सोच कन्ट्रोभर्सी ग्ल्यामर अभिनेत्री घोषणा रोमान्स पार्टी पेज 3 कार्यक्रम नवीनता अभिनेता निर्देशक सेक्स सञ्चारकर्मी प्रविधि
Browse Tags in Other Group
 
 
Tags in Technology
gadgets mobile digital camera phone software people speak laptop communication Filming
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,