Home» Around the World »Weird and Interesting

मान्छेको बिहे बाख्रासँग



जोशमा होश पुर्‍याएन भने तोम्बेले भोगेजस्तो भोग्नु पर्ला ! कुरा अलि बुझिएन नि ! भन्नु हुन्छ भने म तपाइँलाई सुडान पुर्‍याउँछु । एक दर्जनभन्दा बढी बाख्राका धनी अलिफीको बाख्रासँग चार्ल्स तोम्बेले यौन सम्पर्क राखेको अभियोगमा पक्राउ गरेर उनलाई गाउँले चौतारीमा भेला पारे । पञ्चायत बस्यो । पञ्च भलादमीका मुखियाले तोम्बेलाई १५ हजार सुडानी दिनार (५० डलर) तिर्नुपर्ने उर्दी जारी गरे । त्यति मात्र होइन, अलिफीले बाख्रालाई अब आइन्दा श्रीमती मान्नु पर्ने निर्णय पनि सुनाए ।

"जहाँसम्म हामीलाई थाहा छ," बाख्रा धनी अलिफीले बीबीसीसँग भने- "तोम्बे र त्यो बाख्रा सँगै बसिरहेका छन् । लोग्नेस्वास्नीजस्तै ।"

अपर नाइल स्टेटस्थित हाइ मालाकालका अलिफीले स्थानीय जुबा पोष्ट पत्रिकालाई भने- "गएको १३ फरवरी मध्य रातमा हामीले ठूलै आवाज सुन्यौँ । गएर गोठमा हेर्र्छौँ त तोम्बे मजासँग बाख्रासँग.... । तपाइँले बुझ्नु भयो होला ! अनि मैले उसलाई सोधेँ- 'ए मूर्ख यो के गरेको ?' उसले बाख्रालाई छोड्यो अनि उसलाई च्याप्प पक्रेर दुइ मुक्का दिइहालेँ । त्यसपछि मैले उसलाई एउटा खम्बामा बाँधिदिएँ ।"

त्यसपछि अलिफीले गाउँका पञ्च भलादमी भेला पारे र उसलाई जरिवाना पनि तिराए । भलादमीको सुझावअनुसार अलिफीले यो कुरालाई गाउँमै समन गरे । अलिफीले भने- "भलादमीको सुझाव अनुसार यो घटनालाई प्रहरीकहाँ पुर्‍याइएन । बरु उसले मलाई मेरो बाख्राको बिगो तिराएर उसैलाई जिम्मा लगाइदिएँ ।"

पख्नुस्, घटना यतिमा नै सकिएको छैन । कतिले त गाली गर्दै हुनुहुँदो होला.... यति बासी समाचार पढाउने - तर यसमा रोचकता के थपियो भने तोम्बेले बिहे गरेकी नयाँ दुलही बाख्रीको मृत्यु हुन पुगेको छ । विवाहको खबरपछि विश्वव्यापी बनेकी यो बाख्री -बाख्रीको नाम चाहिँ रोज भएको समाचारमा उल्लेख छ) निकै चर्चामा आएकी थिई ।

जुबा पोष्टका सम्पादक टम रोडेसले बाख्रीको निधनपछि बीबीसीसँग भने- "खासमा बूढापाकाले बाख्रीसँग तोम्बेको बिहे गराइदिनुको मूल उद्देश्य चाहिँ यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्नु नै रहेको थियो । यो खबरले यति हल्ला मच्चायो कि यो समाचार सुन्ने जतिले शायदै यस्तो दुस्साहस गर्लान् ।"

बिहेको खबर यति लोकप्रिय भयो कि गएको फरवरीमा यो सबैभन्दा बढी पढिएको समाचार बनेको थियो ।

रोजको मृत्युको कारणका बारेमा खासै नयाँ तथ्य फेला नपारिए पनि जुबाका गल्लीमा आफ्नो भोजन जुटाउँदै गरेकी रोजले पक्कै पनि केही हानीकारक वस्तु प्लास्टिकसँगै चपाएकी हुनुपर्छ भन्ने धेरैको राय थियो ।

"बिहेपछि रोजले एउटा बच्चा जन्माएकी थिई", सम्पादक रोडेसले ठट्यौलो स्वरमा भने- "तर मान्छेको बच्चा होइन, बोका चाहिँ !"

यता रोजका श्रीमान् चार्ल्स तोम्बेले आफूले रक्सी पिएको र आफूलाई त्यसबारे केही थाहा नभएको बताएका छन् र बाँकी कुरा खोल्न अस्वीकार गरेका छन् । जन्मिएको बोकोको धनी चाहिँ उनी आफैँ भएको बताएका छन् ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
सेक्स जनावर मूर्ख्याइँ सुन्दरी बलिउड माया श्रीमानश्रीमती इन्टरनेट सेलेब्रिटी परिस्थिति फट्याइँ मुद्दा मामिला उदारता नग्नता भव्यता विज्ञापन हलिउड गुगल उदेकलाग्दो कीर्तिमान
Browse Tags in Other Group
 
 
Tags in Relationship
sex dating divorce cheating kissing marriage honeymoon friends tips gifts breakup infidelity parties know women attracting girls know men attracting guys flirting love personal valentine's day ex-love occassion fun read