Home» Cinema »Biography

पूर्खाको देशका लागि

मेरो बुवा सिन्धुलीबाट छोडछाड गरेर आसाम जानु भयो । त्यसैले म भारतको डुवर्समा जन्मिएँ । १० जनाको ठूलो परिवार थियो । आसाममा चियाबगानमा काम गर्नु हुन्थ्यो । बुवाको खेती किसानीमा एकदमै रुचि भएकाले शुरुमा मेरो रुचि किसानीतिर नै थियो । मेरो कलेज र स्कूलको साथी चाहिँ विनोद प्रधान थियो । विनोद फोटोग्राफीमा रुचि राख्थ्यो । त्यहाँको स्थानीय एक अखबारमा पुना फिल्म इन्स्टच्यूटमा पढ्ने विज्ञापन छापिएको थियो । यो २०३० सालको कुरा हो । विनोद पुना पढ्ने अवसर पाएर गयो । म चाहिँ नेपाल आएर नेपालस्थित भारतीय दूतावासमा गनगन गरेँ । उनीहरुले अभिनयमा किन प्रयास गर्दैनस् भने तर मलाई सम्पादनमा बढी रुचि थियो ।

भारतीय दूतावासमा प्रयास गर्दागर्दै विनोदलाई त बोलायो तर मलाई चाहिँ आएन । मेरो मिल्ने साथी थियो विनोद । ऊ गएपछि त म एक्लो भएँ । एक वर्षछि सम्पादनको समूहमा मेरो नाम निस्कियो । विनोदले पुना इन्स्ट्च्यूटमा नाम निस्किएको थाहा पाएपछि आवा पठायो- यू आर सेलेक्टेड कम सून ।

मैले बाबालाई भनेँ, म पूना फिल्म इन्स्टच्यूटमा छानिएँ । बुवाहरुले सम्झनु भयो, त्यहाँ छानिनु भनेको स्टार हुनु हो । उहाँहरु ज्यादै खुशी हुनुभयो । जया भादुडी, शत्रुघ्न सिन्हा त्यहीँबाट गएका थिए र हिट भइसकेका हुनाले बुवाले ठान्नुभयो, मेरो छोरो त हिरो हुने भो । तर त्यहाँ गएपछि विनोदलाई सोधेँ, फिल्म इडिटिङ के हो

"खोई, फिल्म काट्ने जोड्ने गर्छ अरे", विनोदको जवाफ थियो ।

त्यहाँ अमेरिकी, युरोपेली, जापानी अनेक देशका सिनेमा हेर्‍यौँ । सिनेमा त्यहाँ व्यक्तिको रगतमा घुसाउँथ्यो अनि मात्र त्यो पक्का सिनेमाकर्मी भएर निकन्थ्यो । मैले सम्पादन सिकेँ । सिकिसकेपछि त्यसबेलाको दुर्गा खोटेको प्रोडक्शनमा सम्पादकको रुपमा काम शुरु गरेँ । इन्स्टच्यूटको पढाइले त काम गर्दो रहेनछ तर काम गर्दै सिक्दै गर्न थालेँ । धेरै जसो चलचित्रभन्दा पनि डकुमेन्ट्री र विज्ञापनमा काम गरेँ ।

काम गर्न थालेको केही समयपछि म समय मिलाएर घर गएँ । घर जाँदा त उहाँहरु मसँग रिसाइरहनु भएको !

"खोइ त - तँलाई त पर्दामा देख्न पाइएन त -" बुवाको प्रश्न थियो ।

"कहाँ सबै सिनेमाकर्मीलाई पर्दामा देख्न पाइन्छ त ?" मैले प्रतिवाद गरेँ- "सिनेमामा अभिनय गर्नेभन्दा पनि अभिनय सिकाउने र प्राविधिक ठूलो कुरा हो ।"

"आफ्नो ठाउँमा चिन्नु पर्छ, त्यो पो ठूलो मान्छे त !" बुवाले भन्नुभयो- "सारा नेपालीले चिनून्, आफ्ना गाउँघरकाले चिनून् । अनि पो जन्मेको पनि सार हुन्छ त !"

बुवाको कुराले म गम्भीर भएँ । त्यसपछि मलाई लाग्यो, बर्म्बईमा जतिसुकै ठूलो नाम कमाए पनि पर्दा पछाडिको मान्छेले आफ्नो ठाउँ र देशमा नाम कमाउन सक्दैन । त्यसका लागि के गर्ने त - सिनेमा बनाउने ! दिमागमा सिनेमा बनाउने कुरा खेल्न थाल्यो ।

सिनेमा त बनाउने तर त्यसबेलासम्म मैले एउटा पनि नेपाली सिनेमा हेरेको थिइनँ । सुनेको थिएँ, परालको आगोको कुरा । एकदमै राम्रो छ अरे, तर हेर्ने अवसर जुरेन ।

मेरो साथी र्सकल नै बेग्लै । मेरो बाबामा बेलायती प्रभाव ठूलो थियो र हामीलाई भन्ने गर्नुहुन्थ्यो- "साहेबजस्तो हुनुपर्छ, उहाँहरुजस्तो हिँड्नु डुल्नु पर्छ । उहाँहरुजस्तो बोल्नुचाल्नु पर्छ ।" त्यसैले मेरो सानैदेखिको भाव अंग्रेजी र अंग्रेजजस्तो हुनुपर्छ । उनीहरुले जे गर्‍यो त्यस्तै गर्नुपर्छ । त्यसैले बढी म अंग्रेजी सिनेमा हेर्ने गर्दथेँ । त्यसैले नेपाली सिनेमा हेर्ने, चासो राख्ने कुनै आवश्यकता महसूस गरिनँ ।

त्यसपछि मैले एउटा कथा बुनेँ सम्झनाको । त्यसमा खुब दिमाग खेलाएँ । मलाई मेरो पुरानो साथी विनोद प्रधानले निकै सघायो । पटकथा र संवादका केही भागहरुमा मैले तुलसी घिमिरेजीको पनि सहयोग लिएँ ।

साढे पाँच लाखमा प्रिन्टसहित सबै काम सकिन्थ्यो सिनेमाको । त्यसबेला त्यति पैसा निकाल्न गाह्रै हुन्थ्यो तर पनि काम सकियो । आधा काम बम्बैमा र आधा काम डर्ुवर्समा । डर्ुवर्समा काम गर्दा निकै सजिलो भयो, आफ्नो गाउँमा भएकाले ।

सम्झनामा नायकको भूमिकाका लागि नयाँ अनुहार लिने कुरा थियो । कसैले भुवन केसीको फोटो बर्म्बईमा देखाएको थियो । मैले खबर पठाएँ, भुवन बम्बैमा नै आए मलाई भेट्न ।

सिनेमा सफल भयो । सफल भएपछि मान्छेले यो को मान्छे हो भनेर खोज्न थाले र दार्जिलिङमा फिल्म चल्दा मान्छेले खुशी भएर यतिमाथि उचाले मलाई । यति सफल भयो सिनेमा कि त्यसको कुनै जवाफ छैन । बर्म्बईमा फिल्म देखाउँदा हिन्दीजस्तो नभई अर्कै सिनेमा बनाएको पनि भने ।

पोखरामा त्यसबेला कमाएको ५५ हजार । त्यसबेला यति धेरै थियो कि रर्ेकर्ड नै थियो । तर पैसा उठ्न निकै समय लाग्थ्यो । त्यसैले मेरालागि पैसा भन्दा पनि सिनेमा बनाउनु ठूलो कुरा थियो ।

फिल्म हिट भएपछि नेपाली फिल्म निर्माणमै रुचि बढ्न थाल्यो । त्यसपछि बेहुली र मायालुको काम शुरु भयो । मायालु बनाउन बम्बैमै उद्धव पौडेलजी आइपुग्नु भएको थियो । उद्धवजीले आधाआधा लगानी गरौँ भन्नुभयो र नौ लाख लगाउनु भयो । भारतबाट उठेको मैले लिने र नेपालबाट उठेको उहाँले लिने शर्तमा काम शुरु भयो । उहाँसँग काम गर्न शुरु हुँदा बेहुलीको नायकको रुपमा प्रकाश अधिकारी छानिएका थिए र उनले करिश्मालाई लिएर आए । करिश्मा देखेर मभन्दा पनि मेरो श्रीमतीले मन पराइन् । सन्तानमा भर्खर खेल्दै थिइन् उनले । अभिनय केही आउँदैनथ्यो, हाम्रो पनि कमजोरी थियो, उसलाई केही सिकाउँ !

मसँग पूँजी थिएन बेहुलीमा प्रेम गुरुङजीले लगानी गर्नु हुने भो र आधाआधा लगानीमा सिनेमा बन्यो । व्यवसायिक रुपमा यो असफल थियो । मायालुलाई आलोचकले चाहिँ मन पराएनन् तर व्यवसायिक रुपमा हिट भयो तर बेहुली व्यवसायिक रुपमा पनि असफल र आलोचकका तर्फाट पनि असफल ।

बेहुलीमा मैले प्रकाश अधिकारीजस्तो असल मान्छे पाएँ । उनीसँग अझै राम्रो सम्बन्ध छ ।

एक दिन म त्यसै बसिरहेको थिएँ, दाङको एउटा भाइ आयो, सम्झनालाई रिपिट चलाउनु पर्‍यो भन्दै । मैले सिनेमा दिएँ । उनलाई सिनेमा खेल्ने रहर पनि रहेछ । त्यसपछि त्यो भाइ मेरो जीवनमा सबैभन्दा प्यारो भाइको रुपमा आजसम्म रहिरहृयो- अर्जुन श्रेष्ठ भाइ ।

मैले सम्पत्ति बनाउनेबारे सोचिरहेको थिएँ । भुवनले मलाई खेलाउनु पर्‍यो भनेर दवाव दिइरहेको थियो तर मैले अर्जुन श्रेष्ठलाई लिएर फिल्म बनाएँ । नेपाली सिनेमामा एउटा नयाँ सम्भावना बोकेकालाई चान्स दिनुपर्छ भन्ने मेरो मान्यता थियो । त्यहीअनुरुप उसलाई लिएँ । राम्रो के भयो भने उसलाई सबैले रुचाइदिए र सिनेमा सुपरहिट भयो । सम्पत्ति हिटभन्दा पनि एउटा भाइ पाएँ । त्यो एउटा राम्रो सम्पत्ति पाएँ, मेरो जीवनको ठूलो पूँजीको रुपमा । बेहुली फ्लप भएपछि मसाला बनाउनु पर्छ भन्ने सोचअनुरुप त्यो बनाएको थिएँ ।

भुवन केसीले त्यसपछि मलाई 'सपना' बनाउने कुरा गर्‍यो । भाउजूले सिनेमा लेख्ने, मैले निर्देशन र सम्पादन गर्ने हिसाबले सपना बनाए । दोस्तीयारी त भुवनसँग छ तर उसले मेरो मन जित्न सकेन । उसले राम्रो फिल्म बनाउन खर्च गर्छ तर ससाना व्यक्तिलाई मारेर । यदि लगानी फिर्ता आउँछ भने मात्र ऊ खर्च गर्छ । त्यस्तो व्यक्ति ऊ । ऊसधैँ सफल व्यक्ति हुन चाहन्छ । सफलताका लागि मात्र सबै काम गर्छ । उसका लागि मानवीय संवेदना र जीवनको कुनै महत्व राख्दैन । मलाई त्यस्तो लाग्छ ।

सपना त्यतिबेला निकै हिट भयो । बाबुछोरा भुवन केसी र मदनमोहन केसीबीच ठूलो स्क्याण्डल भयो । तर जेहोस् त्यो चल्यो ।

त्यसपछि र्स्वर्ग बनाएँ । त्यो चलचित्र मेरालागि पनि मनपर्ने चलचित्र मध्ये एक हो । त्यो हिट भएपछि मैले सरस्वती बनाएँ । सरस्वती मेरोलागि पनि महत्वको किन भयो भने यो फिल्ममा पहिलो चार रिलसम्म त म, नूतन, छोरि इश्वरी र छोरो चंकी मात्र आउँछौँ । पूरा पारिवारिक सिनेमा छ त्यो ।

त्यसपछि त्यो चल्यो र मैले सक्कली नक्कली बनाएँ । तर नौटंकी र डाकूहरुको कथा दर्शकले पचाएनन् । मैले त्यो चलचित्रमा करिब पच्चीस लाख घाटा भयो । मानसिक रुपमा निकै विक्षिप्त भएँ । म पैसा खेलाउने व्यक्ति थिइनँ । बूढाबूढी एकअर्कालाई हेर्दै रोयौँ । त्यति बिजोग थियो हाम्रो स्थिति । बाहिर नाम छ, इज्जत छ तर घरमा यस्तो स्थिति थियो कि भरे के खाने भन्नेसम्मको अबस्था आयो । पछि सिनेमा बनाउने कुरा सोच हुँदा मेरो मनपर्ने कलाकार शिव श्रेष्ठलाई लिनका लागि एक पैसा पनि थिएन । गौरीलाई भन्ने आँट आएन कि मसँग पैसा छैन, तिमी मेरो सिनेमा सित्तैमा खेलिदेऊ ।

नूतनलाई सुनचाँदीको कथा लेख्न लगाएँ । अरु कलाकारलाई दिने पैसा नभएकाले हामीले एउटा जूवा खेल्ने निर्णय गर्‍यौँ- आफ्नो भूमिका बढाउने । आधाभन्दा बढी आफ्नो रोल बढाउने र बाँकी सानो भूमिका अरुलाई दिने । नयाँ कलाकार त लिने तर कसलाई लिने - यसो सोचेँ, श्रीकृष्ण श्रेष्ठ भर्खरै यो उद्योगमा संर्घष गर्दै थिए । उनलाई लिन्छु किनभने उसलाई खेलायो भने मैले धेरै पैसा दिनु पर्दैन । त्यस्तै अर्को भूमिकामा सारंगालाई छानेँ । म कहाँ गौरी मल्ल र भुवन, शिवजस्ता सुपरस्टारलाई लिएर सिनेमा बनाइरहेको मान्छे, म त एक्कासि श्रीकृष्ण र सारंगाजस्ता नयाँ कलाकार लिन बाध्य भएँ । २१ लाखमा सिनेमा बन्यो । १०/१२ लाखमा सुटिङ काम सकेँ । हल र यताउति सापटी गरेर सिनेमा पूरा गरेँ । मलाई त यस्तो भयो कि सम्झना बनाउँदा पनि त्यति आर्थिक समस्या थिएन, जति सुनचाँदी बनाउँदा भयो । यदि सम्झना फ्लप भएको भए मेरो सम्पादन कला छँदै थियो, म फेरि सम्पादन कक्षमा फर्किन सक्ने थिएँ । तर सक्कलीनक्कली फिल्म फ्लप भएपछि त नो हृवेर टु गो । कहीँ जाने ठाउँ रहेन । तर सुनचाँदी यति सफल भयो कि छ महिनाभित्रै ४४ लाख रुपियाँ दियो । शिव, गौरी नराख्दा पनि चल्यो । यसलाई भन्छन् सिनेमाको बिडम्बना । सक्कली नक्कलीले झारेको आँशुले सुनचाँदीले खुशियाली ल्यायो । दुःखको दिन गयो हैजस्तो लाग्यो । यसपछि मैले घर बनाएँ ।

गोपाल कर्माचार्यले यसपछि रामकृष्ण ढकाल र राजेश हमाललाई लिएर आशीर्वाद बनाउने निम्तो दिए । त्यो हिट भयो । अर्को साथीले नेपाल प्यारो छ बनाउने अफर गरे । त्यो ठीकै भयो । १६ वर्षो जोवन र संन्यास अर्जुनसँग मिलेर बनायौँ ।

१६ वर्षो जोवनमा छोरीलाई सिनेमा छिराएँ । शिव, निरुता, जल थिए, नाम कमायो, तर सफल भइनँ । पिक्चरमा ब्यालेन्स भएन र फ्लप भयो । त्यसपछि मैले संन्यास बनाएँ । गौरीको जीवनकै सबैभन्दा राम्रो सिनेमा । बेहुली र सक्कली नक्कलीजस्तो कुनै चलचित्र पनि गएन ।

त्यसपछि देशको स्थिति यति गाह्रो थियो कि सिनेमाहरु भटाभट फ्लप भए । सिनेमाका निर्माताहरु कंगाल हुन थाले । यस्तो अवस्थामा साथीभाइहरुलाई पनि सिनेमा बनाउनलाई रोक्न थालेँ । यसपछि म टेलिभिजनतिर आकषिर्त भएँ । यो पनि राम्रो रहेछ, मलाई थाहा थिएन । टिकट किन्नु नपर्ने, फोन गरिदिए पुग्ने !

अहिले म अपरच्युनिटी पर्खिरहेको छु । सिनेमाका कलाकर्मी यस्तो हुँदोरहेछ कि त्यसले आफू बाँच्न सधैँ संर्घष गर्नु पर्दोरहेछ ! केही विषय छन्, तिनलाई बनाउनेबारे सोचिरहेको छु तर त्योभन्दा पहिले मसँग टेलिभिजन र सिनेमाका लागि प्रयोग हुने प्राविधिक सामाग्रीहरु छन्, तिनलाई भाडामा दिनेबारे सोचिरहेको छु ।

सम्झना गर्दा जस्तो संर्घषको स्थितिमा थिएँ, अहिले म आफू त्यही अवस्थामा छु । संर्घष गर्न तयार छु । मलाई डर छैन संर्घष गर्न । तर म त्यो क्षण पर्खिरहेछु, जोशजाँगर दिने क्षण ।

अहिले सबै जना पैसामा मात्र सीमित हुन पुगे । सिनेमा फर्मूलामा आधारित हुन थाले । प्याकेज मिलेको छैन । फिल्मको प्याकेज वर्षौँदेखि उही छ । कुनै परिवर्तन आएको छैन जबकि मान्छेको जीवनमा चेतनामा कहाँबाट कहाँ परिवर्तन आइसक्यो ! सिनेमामा राम्रो चिज दिनुहोस्, नेपाली दर्शकहरुले अवश्य माया गर्नेछन् ।

नयाँ पुस्ताका निर्देशकहरुले गहिरो छाप छोड्न अझै सकेका छैनन् । अझै पनि राम्रा निर्देशक भन्ने बित्तिकै पुराना निर्देशकको नाम आउँछ । यति गाह्रो नयाँ निर्देशकलाई किन भयो - किनभने उनीहरुको मिहिनेत अझै पुगेको छैन । उनीहरुले नयाँ पुस्तालाई चाहिने चिज दिन सकेका छैनन् ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Biography
Browse Tags in Other Group
 
 
Tags in TELEVISION
रियालिटी शो श्रृङ्खला भीडबाहिर हल्ला र वास्तविकता विदेशमा रमाइलो अभिनेता अभिनेत्री निर्माता नयाँपन भित्री कुरा
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country