Home» Cinema »Biography

एकादेशका नायक

पुरन जोशीको चलचित्र प्रवेश आकस्मिक थियो । उनको जस्तो आर्थिक हैसियत भएका व्यक्तिहरु अभिनय क्षेत्रमा कमै थिए । विश्व बस्नेत, शिव श्रेष्ठ, शैल्यान केसीबाहेक आकर्षक नायकको अभाव थियो त्यो बेला । आफ्नै निजी कारमा हुइँकिने नायकहरु थिएनन् त्यस कालमा । कलाकारिता शोखको विषय थियो । यही बेला पुरन जोशी चलचित्र उद्योगमा छिरेका थिए । एक समय यस्तो आयो, पुरन जोशी कलाकारिताभन्दा कलाकारितामार्फ् गरिने समाजसेवामा बढी केन्द्रित हुन थाले । चलचित्रमा अभिनयभन्दा पर्दापछाडिका कार्यमा सक्रिय हुन थाले । अझै पनि उनी चलचित्रको निर्देशन गर्ने सपना देख्न छाडेका छैनन् तर पछाडि फर्केर हेर्दा आफूले चलचित्र उद्योगमा बिताएका ती स्वर्ण दिनप्रति उनलाई गर्व छ ।

बाल्यकाल

कोदारी राजमार्ग बनेपछि पुरन जोशीका बाजेहरु अवसरको खोजीमा भक्तपुरको पैतृक ठाउँ छाडेर काभ्रे पुगे । काभ्रेमा उनका बाजस्ता धनी व्यक्ति काभ्रे जिल्लामै कम थिए । कतिसम्म भने त्यो जिल्लामा बोर्डिङ्ग स्कूल पढ्ने उनी मात्र एक थिए । त्यसबेला उनको महिनाको शुल्क एक सय पन्ध्र रुपियाँ थियो र उतिबेला त्यति रुपियाँमा अहिलेको रिङरोड वरिपरि एक रोपनी जग्गा आउँथ्यो । त्यति खर्चिलो थियो उनको पर्ढाई ।

उहिलेदेखि नै उनी सिनेमा र सङ्गीत भनेपछि हुरुक्क हुन्थे । काभ्रेबाट एक दिन २०२२ सालमा उनका बाले उनलाई काठमाडौँको जनसेवा सिनेमा हलमा ल्याए । यो जनसेवा सिनेमा हल अहिलेको विशाल बजार रहेको ठाउँमा थियो । यो हलमा उनले उनका बाबासँग एउटा हिन्दी सिनेमा हेरे । जसको नाम त उनलाई थाहा छैन, तर यति चाहिँ सम्झन्छन्- बाबुआमाको मृत्युपछि उनीहरुका छोराछोरी यति दुःख पाउँछन् कि भीख मागेर हिँड्नुपर्ने अवस्था आउँछ ।

सिनेमा हलमा उनका बाबा र उनी दुबै घुँक्क घुँक्क रोए । सिनेमा सकिएपछि उनीहरु स्वयम्भूस्थित आनन्द कुटी बोर्डिङ्ग स्कूल गए । उनका बाबा उनलाई त्यहीँ छाडेर काभ्रे फर्किए । यसरी उनको पढाइको शुरुवात भयो ।

उनी स्कूल पढ्दै जाँदा सोही बखतमा भारतबाट 'हरे राम हरे कृष्ण' खिच्न देव आनन्दको टोली काठमाडौँ आइपुग्यो । त्यसपछि त के थियो र - हरेक साँझ होस्टलमा खाना खाइसकेपछि फिल्मको सुटिङ हर्ेन उनीहरु लुकीछिपी सुटिङ स्पटमा पुग्थे ।

एक दिन यसै स्कूलका एक शिक्षकले उनलाई नराम्रोसँग पिटिदिए । उनी रुँदै आफ्नो बाबाकहाँ पुगे । त्यसपछि उनले स्कूल परिवर्तन गर्नु पर्‍यो । बालुवाटारस्थित एउटा भारतीयले चलाएको स्कूलमा उनी पढ्न थाले । यहाँ उनलाई सङ्गीतप्रति चासो बढ्न थाल्यो । उनलाई त्यतिबेला फत्तेमान राजभण्डारीले सङ्गीत सिकाउँथे ।

यसपछि उनको क्लास बढ्यो र आठ कक्षामा भर्ना भए उनी बनस्थली स्कूलमा । उनको सङ्गीतप्रतिको रुचि कतिसम्म बढ्यो भने अन्तरस्कूल प्रतियोगितामा उनी पहिलो र दोस्रो पछि कहिल्यै तेस्रो हुनु परेन ।

चलचित्र मोह

बुझेर चलचित्र हेर्न थालेको चाहिँ १३/१४ वर्षो उमेरमा । उनले 'जोनी मेरा नाम' ८/९ पटक हेरेका थिए ।

पाटन कलेजमा आईकम पढ्दा २०३१ सालतिर चार दिनसम्म एकै ठाउँमा बसेर 'ढोंगी' रनधीर कपुर, नीतु सिंह र प्रेम नाथको सुटिङ्ग हेरेका थिए । अर्कोतिर राजेश खन्नाको 'प्रेम नगर' १४ पटकसम्म हेरेका थिए ।

चलचित्रको प्रभाव उनीमाथि कस्तो थियो भने उनको लवाई-खवाई हिरोजस्तो थियो । उनी हर्ेदा पनि कम आकर्ष थिएनन् । कलेजमा उनीसँग बस्न केटीहरु तँछाडमछाड गर्थे । केटीहरु पुरनलाई छेउमा बसाउन ठाउँ खाली राख्थे । केटीहरुले उनलाई हरदम घेरिरहेका हुन्थे । अरुले केटीहरुलाई जिस्क्याएको उनलाई मन पर्दैनथ्यो । यदि कसैले जिस्क्याइहाले पनि उनी तिनलाई हप्काउँथे । केटीहरुमाथि एउटा अभिभावकत्व निभाउने गर्थे । अनुशासनमा बस्ने बानी शायद बोर्डिङ्ग स्कूलदेखि नै लागेकोले होला उनप्रति केटीहरुको अगाध विश्वास थियो ।

बीकमको अध्ययन पूरा गरेपछि उनलाई घरपरिवारबाट बिहेको प्रस्ताव आयो र उनले सरितासँग बिहे गरे ।

चलचित्र प्रवेश

बिहे उनका लागि फाप्यो । त्यही साल उनलाई एक साथीमार्फ् चलचित्र 'के घर के डेरा'मा काम पाए । त्यतिबेला चलचित्रमा काम पाउनु त्यति सजिलो भने थिएन । चलचित्रका लागि निवेदन हालेर, उसमाथि फोटो सेसन तथा स्क्रीन टेष्टमा पास भएपछि मात्र ऊ चलचित्रका लागि योग्य हुन्थ्यो । पुरनले त्यतिबेला सबै कुरा पास गरे । सिनेमा उनको रुचि थियो, यसपछि पेशा हुन थाल्यो ।

उनलाई अझै याद छ, के घर के डेराको मुहूऱतको दिन । त्यस दिन राजपरिवारका सदस्यहरु धीरेन्द्र शाह र अन्य आएका थिए । जीवनमै पहिलो पटक राजघरानाका सदस्यहरुका अगाडि अभिनय गर्नुपर्दा उनको मुटु ढक्क फुल्यो तर आत्तिएनन् ।

उनलाई अझै याद छ, त्यो दिन उनको पहिलो क्यामेरामा अनुहार देखाउनु पर्ने दिन थियो । सुशीला रायमाझी, हर्रि्रसाद रिमाल र उनको दृश्य खिच्नु पर्ने थियो । त्यो दिन प्राविधिक कमजोरी र आफ्नै कमजोरीका कारण पनि एउटा दृश्यका लागि १८ टेक लिनु परेको थियो ।

त्यही दिन उनी निकै आकर्ष बनेर आउन जुँगा मिलाउँदै थिए, अचानक जुँगाको एउटा कुनो नराम्ररी काटियो । उनले जुँगालाई सिनित्त पारिदिए । बिना जुँगा सुटिङ स्थल पुग्दा निर्देशक रिमाल छक्क परे । हिन्दीमा सोधे- क्या हुआ तुम्हारे मुछको - -नेपाली चलचित्रको सेटमा प्रायः हिन्दी बोल्ने चलन थियो त्यसबेला ।)

'बिहान मिलाउँदा मिलाउँदै काटियो !' डराउँदै पुरनले उत्तर दिए ।

'इसका मुछ उगवा दो', निर्देशकले मेकअप आर्टिष्टलाई आदेश दिए ।

अहिले रमाइलो मान्दै सम्झन्छन्- 'पछि विस्तारै जुँगा आएपछि त टाँसिएको जुँगाले यति धेरै दुखाउँथ्यो कि निकाल्ने बेलामा आँखाबाट आँशु नै निस्केलाजस्तो हुन्थ्यो ।'

अनि उनलाई अझै याद छ, त्यो दिन, जुन दिन पुरनलाई हरिवंश आचार्यले उनको नाक भाँच्चिने गरी मुक्का प्रहार गरेको दिन । चलचित्रमा गीत थियो- लौ भन.... । गीत सकिने बित्तिकै हरिवंश आचार्यले संवादसहित मुक्का हान्नु पर्ने थियो । तर त्यो मुक्काको टाइमिङ नमिलेर सीधै पुरनको नाकमा लाग्यो । तीन दिनसम्म त त्यो मुक्काको रन्को यति चर्को थियो कि नाक नै छुन हुँदैनथ्यो ।

पहिलो चलचित्र

त्यति बेला चलचित्र पूरा हुन निकै समय लाग्थ्यो । त्यस्तै यो चलचित्र पूरा हुन पनि लगभग दुइ वर्षलाग्यो । उनलाई यो दर्ुइ वर्षपूरा गर्न यति गाह्रो भयो कि निर्देशक रिमालसँग गुनासो गर्थे- 'यति धेरै समय लाग्दो रै'छ, अब मलाई छुट्ट िदिनोस् । अब भो म काम गर्दिनँ ।' तर विस्तारै थाहा भयो, चलचित्र के हो, अभिनय के हो, यसमा काम गर्नुको महत्व के हो - यसपछि भने उनलाई निर्देशकसँग कहिल्यै गुनासो गरेनन् ।

२५ वसन्त

पञ्चायत जाँचबुझ केन्द्रले पञ्चायती व्यवस्थाले २५ वर्षपूरा गरेको अवसरमा चलचित्र निर्माण गर्ने भयो । धेरै कलाकार भएकाले १५/१६ दिन मात्र सुटिङ गर्नु पर्ने भयो । त्यसबेला उनले १२ हजार रुपियाँ पारिश्रमिक पाएका थिए तर उनले चलचित्र रिलिज भएको चार पाँच वर्षपछि मात्र उक्त पैसा पाएका थिए ।

शान्तिदीप

पश्चिम नेपालका लाहुरेहरुको कथामा आधारित चलचित्र शान्तिदीपसँग जीवनका केही घटना गाँसिएका छन् । मेरा सहकर्मी अर्जुनजङ्ग शाही चलचित्रमा काम गर्दागर्दै उहाँको आमाको देहावसान भयो । उहाँले चलचित्रमा विग लगाउनु भएको छ । शायद उहाँले लगाउनु भएको विग नै नेपाली चलचित्रको पहिलो विग हो ।

"एक दिन हामी सुटिङ्गका लागि पोखरा जाँदै थियौँ मेरो मोटरमा । मुग्लिनमा बसेर हामीले बियर खायौँ । त्यसपछि अगाडि बढ्न के लागेका थियौँ, एउटा ट्रकले ठोक्कर दियो । तर ट्रक भाग्यो तर अर्जुनजी प्रहरी सेवामा भएकाले त्यसलाई पक्डिन सफल भइयो नत्र गाह्रो हुने । गाडी ब्रि्रेकाले राति सुत्न सकिएन । तर त्यसबेला कलाकार भन्ने बित्तिकै होटलमा समेत बस्न नदिने ! थाहा छैन किन त्यसो गरे, तर बडो दुःखका साथ ठाउँ खोजेर सुत्नु पर्‍यो", यतिबेला उनी सम्झन्छन् ।

पोखरामा उनीहरु किन आएनन् भनेर सुटिङ्ग युनिटकाले चर्चा गरिरहेका बेला बल्लबल्ल उनीहरु दमौली पुगे तर दुःखको कुरा हिजोरातिको पानीले त्यहाँ एक किलोमिटरजति बाटो पहिरोले लगिदिएछ । बल्लबल्ल चौथो दिनमा सुटिङ्ग स्थलमा पुग्नु पर्‍यो ।

नेपालमा पहिले हिन्दी चलचित्र मात्र वितरकले किन्थे । तर द्वारिका उदयले यो चलचित्र किनेर अधिराज्यभर चलाए । शाही नेपाल चलचित्र संस्थान यो चलचित्र निर्माण सक्ने बित्तिकै वितरकले ३६ लाखमा किनिदिएकाले पहिलो पटकमै नाफा कमाउन सफल रहृयो ।

२०४० को दशक नेपालमा भिडियो चलचित्रका लागि उर्वर समय थियो । त्यसबेला उनले भिडियो चलचित्रमा पनि अनुहार देखाए । उनी चार वटा भिडियो चलचित्रमा नायक बनेर पर्दामा झुल्किए ।

ट्रयाक परिवर्तन

सिनेमा खेल्दै गर्दा उनले बुझिसकेका थिए, पर्दाअगाडि भन्दा पनि पर्दा पछाडिको कामको महत्व छ । त्यसैले उनले ए वन फिल्म्सको स्थापना गरी नेपाल टेलिभिजन र नेपाल चलचित्र विकास कम्पनीजस्ता संस्थाहरुलाई सेवा र सुविधा उपलब्ध गराउने, प्राविधिक सहयोग गर्ने काम जारी राखे । ए वन फिल्म्सले विभिन्न किसिमको विज्ञापन, वृत्तचित्र आदि बनाउने काम गर्दथ्यो । त्यसमा उनले सहभागिता मात्र जनाएनन्, राम्रैसँग कमाए पनि ।

वृत्तचित्र निर्माण

अभिनयका विविध कला सिकिसकेपछि उनलाई वृत्तचित्रले आकषिर्त गर्न थाल्यो । उनले २०४७ सालपछि वृत्तचित्रमा केन्द्रित गर्न थाले । यसबीचमा उनले ३०/३५ वटा वृत्तचित्र बनाए । उनलाई अझै पनि अवार्ड जित्ने किसिमको 'रातो मच्छिन्द्रनाथ' जस्ता वृत्तचित्र बनाएर विदेशमा पनि नाम कमाउने इच्छा उनको छ ।

चलचित्र निर्देशन

२०५७ सालसम्म आइपुग्दा उनीभन्दा पछि आएका विभिन्न कलाकारहरुले चलचित्र निर्माण गरेर एउटा स्थापित निर्मातासमेत बनिसकेका थिए । चलचित्र निर्देशन गर्ने उनको इच्छा प्रबल हुँदै आयो । उनले चलचित्र निर्माणका लागि केही साथीहरुसित छलफल पनि गरे तर उनीहरुले स्थिति राम्रो नभएको जनाउ दिए । लगत्तै दरबार हत्याकाण्ड भयो र नेपाली चलचित्र उद्योग नराम्रोसँग घाटामा चल्न थाल्यो । यसै स्थितिलाई विचार गरेर उनले चलचित्र निर्माण/निर्देशनलाई तत्कालका लागि स्थगित गरे । अहिले उनी चलचित्र कलाकार संघमार्फ् समाजसेवा गर्दै दिन बिताउँछन् भने आफ्नो कम्पनीमार्फ विभिन्न डकुमेन्ट्री निर्माण गर्ने काम गरिरहेका छन् ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Biography
Browse Tags in Other Group
 
 
Tags in Health
weight body-care seasonal-illness diet sleep skin stress food body-ache Psychology fatigue nutrition mental -health oral-health headache
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email: