Home» Around the World »Weird and Interesting

स्तनपानको विश्व रेकर्ड

अनेक किसिमका काम गरेर विश्व रेकर्ड राख्ने चाहना त हुन्छ, तर फिलिपिन्समा एक साथ १० हजार आमाहरुले आफ्ना सन्तानहरुलाई दूध चुसाएर विश्व रेकर्ड राख्ने प्रयास गरेका छन् ।

बुधबार तीन सय सरकारी तथा निजी अस्पताल, डे केयर सेन्टर, पार्कमा बसेर फिलिपिनी आमाहरुले आफ्ना सन्तानलाई दूध चुसाए । बच्चालाई आमाको दूध खान दिनुपर्छ भन्ने सन्देश सशक्त रुपमा जनमानसमा भिजाउन यो कार्यक्रम आयोजन गरिएको र यो घटनालाई गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्तासमेत गरिने आयोजकहरुले बताएका छन् ।

१६ प्रतिशत आमाहरुले मात्र फिलिपिन्समा बच्चालाई दूध चुसाउने आँकडा फेला परेपछि युनिसेफले यसका कारण बच्चाहरुमा पर्ने गम्भीर स्वास्थ्य समस्याका बारेमा सरकारलाई समेत चेतावनी दिएको थियो ।

खुला बास्केटबल कोर्टमा करिब एक हजार आमाहरुले दूध चुसाउने कार्यक्रममा सहभागी भएका युनिसेफका मुख्य सञ्चार अधिकृत डेल रस्टिनले भनिन्- "फिलिपिन्सजस्तो विकासोन्मुख देशमा महिलाहरुले आफ्नो सन्तानलाई दूध नखुवाउनु ज्यादै अचम्मको कुरा हो । त्यसैले फिलिपिनी महिलाहरुमा आफ्ना सन्तानलाई दूध खुवाउन अभियान नै थाल्नुपर्ने आवश्यकता देखियो ।" यही आवश्यकता अभियानको रुप मात्र लिएन, विश्व रेकर्ड नै बन्ने सम्भावना समेत बढ्यो ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
कीर्तिमान माया सुन्दरी सेलेब्रिटी गुगल विज्ञापन भव्यता बलिउड इन्टरनेट नग्नता श्रीमानश्रीमती फट्याइँ मूर्ख्याइँ उदेकलाग्दो उपाय हलिउड परिस्थिति मुद्दा मामिला उदारता यस्तो पनि !
Browse Tags in Other Group
 
 
Tags in Weird & Interesting
हलिउड मुद्दा मामिला जनावर सेक्स विज्ञापन बलिउड नग्नता माया प्रविधि सेलेब्रिटी श्रीमानश्रीमती उदेकलाग्दो कीर्तिमान यस्तो पनि ! उपाय परिस्थिति