Home» City Life »Updates

इतिहासको बाँकी पृष्ठ  पोखरामा


सर्वनाम नाट्य समूह नव वर्षको सुरुवातसँगै राष्ट्रिय नाट्य अभियान २०६४ अन्तर्गत आफ्नो नयाँ नाट्य प्रस्तुति "इतिहासको बाँकी पृष्ठ" लिएर देशव्यापी यात्रामा जुटेको छ । धनगढीको सफल प्रदर्शनीपछि गत हप्ता पोखराको दीपेन्द्र सभागृहमा सो नाटक मञ्चन गरिएको थियो ।

लोकतन्त्र दिवसको अवसर पारेर रंगकर्मको २६ औँ वर्षको सन्दर्भमा सर्वनामले प्रस्तुत गरेको सो नाटकमा देशमा व्याप्त जातीय द्वन्द्व, नेपालीहरुले लोकतन्त्र प्राप्तिपछि समेत शान्ति र स्वतन्त्रताको अनुभव गर्न नपाएको कटु यथार्थको चित्रण गरिएको छ । शहीदहरुको बलिदानबाट प्राप्त भएको लोकतन्त्रले समेत पूर्णता पाइनसकेको, शहीदहरुको सपना साकार नभएको विषयहरुलाई नाटकमा मार्मिक चित्रण गरी नाटककार अशेष मल्लले अब आउने पुस्ताले शहीदको बलिदानलाई आत्मसात गरी देशलाई शान्ति र विकासको मार्गमा डोर्‍याउनु पर्ने कर्तव्यबोध पनि गराएका छन् ।

आज पनि शहीदको परिवार दैनिक गुजाराको समस्याले ग्रस्त रहेको छ । कति विधुवा पत्नीहरुको इज्जत लुटिइएको छ, कति वृद्ध आमाहरु औषधि नपाई लाचार रुपमा मरिरहेका छन् अनि कति बालबालिकाहरु आफ्नो अधिकारहरुबाट वञ्चित भइरहेका छन् । सर्वनामको यस प्रस्तुतिले पोखराका दर्शकहरुको मन जितेको थियो र समय-समयमा तालीहरु गुञ्जिरहेको थियो ।

यसैबीच नाटकको अर्को दिन र्सवनामको नाट्य प्रस्तुतिलाई राष्ट्रका वरिष्ठ कलाकार रागिनी उपाध्याय, दुर्गा बराल "वात्सायन" र मुकेश मल्ल लगायत पोखराका स्थानीय कलाकारहरुले क्यानभासमा उतारेका थिए । सोही दिन धनगढीमा तयार परिएका नौ वटा चित्रहरु र पोखरामा तयार परिएका १० वटा चित्रहरु गरी जम्मा १९ वटा चित्रहरु पी.एस.एम. आर्ट ग्यालरीमा प्रदर्शन गरिएका थिए ।

मानव अधिकार, लोकतन्त्र र शान्तिलाई नाटकको माध्यमबाट वकालत गर्दै समय-समयमा सर्वनाम देश दौडाहामा जुट्ने गर्छ । यो नाटक धरान, नारायणघाट र काठमाडौँमा समेत मञ्चन गरिने छ । 
- सम्पदा मल्ल






 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Updates
Related Tags:
events पेट्रोल मोबाईल हल्ला समलिङगी सेलेब्रिटी awards माओवादी crisis संविधानसभा अनुभव celebrity streets festival hi-life
Browse Tags in Other Group
 
 
Tags in Health
weight body-care seasonal-illness diet sleep skin stress food body-ache Psychology fatigue nutrition mental -health oral-health headache
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,