Home» Around the World »Weird and Interesting

अब ऊँटको सुन्दरता प्रतियोगिता


सुलुत्त परेका लामा गोडा, गाजलु ती ठूला ठूला आँखा अनि शरीरका विभिन्न भागका लोभलाग्दा उकालीओराली- आहा !

तर पख्नुस्, यो कुनै सुन्दर युवतीको वर्णन होइन, बरु यो त इश्वरले सबैभन्दा सुन्दर वस्तु बनाउँछु भनेर बनेको जन्तुको कुरा हो । अँ, सउदी अरबमा पारम्परिक रुपमा आयोजना गरिने ऊँटको सुन्दरता प्रतियोगिताको तयारी भइरहेको छ ।

पश्चिमी सउदी अरबस्थित खतानीहरुको कबिलाले राजधानी रियाधभन्दा १२० किमि परको एकान्तिक मरुभूमि गुवेइयामा सबैभन्दा सुन्दर ऊँटको प्रतियोगिता गराउने भएका छन् ।

"लेबनानमा मिस लेबनान बनाउँछन्, हामी चाहिँ मिस ऊँट", प्रतियोगिताको वेब डिजाइनर वालिदले ठट्टा गरे ।

मध्यपूर्व र उत्तरी अफ्रिकामा युद्धका लागि, खाना अथवा यातायातको एउटै माध्यमको रुपमा गएको चौध सय वर्षदेखि लगातार यसैको उपयोग भइरहेको छ । यो त त्यहाँको जनजीवनको साथी पनि हो । ऊँटहरु ती साना कबिलाहरुको अर्थतन्त्रको प्रमुख अंश पनि हो ।

धार्मिक मामिलामा ज्यादै कट्टर मानिने इश्लाम समुदायमा महिलाहरुको सौन्दर्य प्रतियोगिता बर्जित छ तर यो प्रतियोगितामा भने प्रायोजकहरुको पनि कुनै कमी छैन । यो प्रतियोगितामा विजेता ऊँटहरुका लागि एक करोड रियाल (अरबी रकम) पुरस्कार छुट्याइएको छ ।

प्रतियोगितामा २५० ऊँट धनीका १ हजार ५ सय ऊँटहरुले भाग लिइरहेका छन् ।

अधीर सुन्दरीहरु
यस्तो प्रचण्ड गर्मीमा सुन्दरी ऊँटहरु निकै अधीर देखिएका छन् । मान्छेको पनि उस्तै भीड छ, सुन्दरी प्रतियोगिता हेर्न । यो भीड देखेर पनि सुन्दरीहरु निकै डराएका देखिन्छन् । दुइ दर्जन ऊँट त निकै रिसाहा पनि देखिएका छन् । आफ्ना सुन्दरीलाई शान्त पार्न त्यसका धनीहरुले बेलाबेलामा गीत पनि गाइरहेका छन् ।

अन्तिम चरणमा छानिएका सुन्दरीहरुलाई विभिन्न किसिमका जलप, लुगा र सजावटका सामानले सुसज्जित पनि पारिएको छ । "सुन्दर ऊँट छानिन नाक लामो, कान पछाडि फर्केको, घाँटी लामो, जुरो माथि उठेको र शान्त व्यवहारको हुन जरुरी छ", सुन्दरी आयोजक समितिका सुल्तान अल्खतानीले बताए । सुन्दरीहरुलाई चार विधामा छनोट गरिएका छन् । कालो मजाहिम, सेतो मजाहिम, खैरो सिल र सुफुर । अरबमा ४० विभिन्न प्रजातिका ऊँटहरु रहेको बताइन्छ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
यस्तो पनि ! जनावर हलिउड मूर्ख्याइँ मुद्दा मामिला उदारता गुगल भव्यता परिस्थिति उपाय इन्टरनेट बलिउड प्रविधि विज्ञापन कीर्तिमान सुन्दरी सेलेब्रिटी फट्याइँ उदेकलाग्दो नग्नता
Browse Tags in Other Group
 
 
Tags in Health
weight body-care seasonal-illness diet sleep skin stress food body-ache Psychology fatigue nutrition mental -health oral-health headache
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
Security Code: