Home» City Life »Updates

५ हजार एकसेएक व्यक्ति बिहेभोजमा



नेपालका लोकप्रिय 'मोस्ट एलिजेबल ब्याचलर' अर्थात् सबैभन्दा योग्य अविवाहित उपनाम पाएका निर्वाण चौधरीको यो उपनाम अब खोसिइसकेको छ । स्वस्ती मित्तलसँग गएको साता गोवामा उनको तीन दिने वैवाहिक कार्यक्रम भव्यताका साथ सम्पन्न भइसकेको छ । मान्छेको चासो चाहिँ अब हयात रिजेन्सी होटलमा आगामी २७ र २८ तारिख (शुक्रबार र शनिबार) आयोजन हुन गइरहेको भव्यतम् बिहेभोजमा अडिएको छ ।

खबरअनुसार यस बिहे भोजमा पाँच हजार प्रख्यात व्यक्तिहरुको उपस्थिति रहनेछ । यो सूचिमा देशका प्रायः सबै क्षेत्रका गन्यमान्य व्यक्तित्वलाई समेटिएको छ । यति ठूलो संख्या आमन्त्रित गरिएको यो बिहेभोज अहिलेसम्मकै सबैभन्दा ठूलो बिहेभोज हुनुपर्छ ।

दुइ दिनमा पाँच विभिन्न समूहमा फरक-फरक समयमा अतिथिहरुलाई निम्त्याइएको छ । २७ तारिखको निम्तो पाउनेमा कलाकारहरु, सङ्गीतकर्मी तथा गायकगायिकाहरु र सञ्चार उद्योगका वरिष्ठ व्यक्ति परेका छन् । उनीहरुलाई दिउँसोको १ बजेदेखि ३ बजेसम्म आतिथ्यता ग्रहणका लागि अनुरोध गरिएको छ । त्यस्तै दिउँसोको ३ बजेदेखि बेलुकी ५ बजेसम्मको समय देशका उच्च पदस्थ सरकारी कर्मचारीहरुका लागि छुट्याइएको छ ।

यस्तै बेलुकी ७ बजेदेखि ९ बजेसम्म वरिष्ठतम् व्यक्तिहरु जसलाई भीभीआईपी भनेर पनि चिनिन्छ, तिनलाई निम्ता पठाइएको छ । यो समय चाहिँ मन्त्रीहरु, विदेशी कूटनीतिक नियोगका अधिकारी, राजदूतहरु, ठूला औद्योगिक घरानाका उद्यमीहरु र ठूला सञ्चार उद्योगका सञ्चालक, सम्पादक, प्रकाशकहरु तथा विज्ञापन एजेन्सीका सञ्चालकहरुसमेत डाकिएका छन् ।

प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, नेकपा एमालेका महासचिव माधव नेपाल, नेकपा माओवादीका अध्यक्ष प्रचण्ड पनि सो बिहेभोजमा उपस्थित हुने बताइएको छ । (हुन त को को आइरहेका छन् भन्नु भन्दा पनि कसकसलाई निम्तो पुगेको छैन भन्ने खबर बन्ला बरु !)

त्यसैगरी भोलिपल्ट शनिबार २८ तारिखका दिन चौधरी समूहका विभिन्न कर्मचारीहरु, डिलर, सप्लायर तथा चौधरी ग्रुप सम्बद्ध अन्य कम्पनीहरुका लागि दिउँसो १ बजेदेखि ४ बजेको समय छुट्याइएको छ । र, साँझ ७ बजेदेखिको समय चाहिँ चौधरीका आफन्त र मारवाडी समुदाय तथा निर्वाण चौधरीका साथीहरुका लागि समय मिलाइएको छ ।

समयको व्यवस्थापन र बिहेको सम्पूर्ण भार भारतको नयाँ दिल्लीस्थित शादीअनलाइनडटकमले सम्हालिरहेको छ । भोजलाई शानदार र भब्य बनाउन होटल हयातलाई 'छोटा राजस्थान' बनाउने कार्य लगभग सकिएको छ ।

इनशाडटकम टिमको एक पापाराजी बन्न तम्तयार फोटोग्राफर साथीले यस बिहेको निम्तो कार्ड खिच्न भ्याएका छन् । अहिलेलाई त्यही कार्ड हेरेर चित्त बुझाउनुस्, हामी चाहिँ उनको बिहेभोजको तश्वीर तपाइँहरुमाझ ल्याउने कोसिस गर्नेछौँ ।



 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Updates
Related Tags:
hi-life सेलेब्रिटी समलिङगी मोबाईल हल्ला माओवादी पेट्रोल awards संविधानसभा crisis celebrity अनुभव streets festival events
Browse Tags in Other Group
 
 
Tags in MUSIC
विवाद गायिका गायक कन्सर्ट हल्ला ट्रयाक बाहिर उपलब्धि लुकेका कुरा रिलिज परिस्थिति अवार्ड कीर्तिमान बजारमा क्या बात ! रुचि पेज थ्री प्रेम र विवाह समुद्रपार विचार नेपाली तारा गीतकार सङ्गीतकार तातोपीरो भिडन्त
Browse all Tags in Group