 |
Home» Around the World »Weird and Interesting |
ऐश-अभिमाथि जानवीको आक्रमण

ऐश्वर्या रायलाई आफ्नो प्रेमी चोरेको आरोप लगाउँदै र अभिषेक बच्चनसँग आफ्नो बिहे भइसकेको दाबी गर्दै एक मोडलले अमिताभ बच्चनको घरअगाडि आत्महत्याको प्रयास गरेकी छिन् । जी समाचारका अनुसार उनले आफ्नो नाडी काटी आत्महत्याको प्रयास गरेकी थिइन् । घटनालगत्तै उनलाई अस्पताल पुर्याइएको थियो भने अस्पतालले उनलाई दश टाँचा लगाई घर पठाइदिएको थियो । उनी मूलतः जम्मुकश्मिर निवासी भएको बताइएको छ ।
जानवी कपुर नाम गरेकी यी मोडल केही समययता मुम्बई चलचित्र उद्योगमा संघर्ष गरिरहेको र दुवैको भेट 'दश' चलचित्रको सुटिङमा नाच्ने क्रममा भएको बताइएको छ । उनको वास्तविक नाम शहीदा हाया फातिमा रहेको पछि खुल्न आएको छ ।
जानवीले ऐश्वर्यालाई आफ्नो प्रेमी चोरेको, बलिउडमा ऐश्वर्या इज्जत उति राम्रो नभएको र ऐश्वर्याभन्दा आफू कता हो कता राम्री भएको आरोप समेत उनले लगाएकी छिन् । यो आरोपका बारेमा बच्चन परिवारबाट कुनै प्रतिक्रिया आएको छैन । (आओस् पनि कसरी, फूर्सदमा जो छैनन् !)
समाचारमा रोचकता तब थपियो जब उनले अभिषेक र उनीबीच यौन सम्पर्कसमेत भएको खुलासा गरिन् । अभिषेकलाई कण्डम प्रयोग गर्न मन नलाग्ने हुनाले सुइ प्रयोग गरेर गर्भाधान क्रिया रोकिएको समेत उनले बताइन् । अभिषेकसँग उनको सम्बन्ध ऐश्वर्याभन्दा अघिको भएको समेत उनले बताएकी छिन् ।
यो खबर अभिषेकको टाउको दुखाई भन्दा पनि उनकै लागि घातक सिद्ध भएको छ । अखबार र टेलिभिजनका सम्वाददाताहरुले उनको वास्तविक नाम मात्र खोतलेनन्, सन् १९९७ मा काल्बे हुसेनसँग विवाह गरेर सन् २००० मा पारपाचुके समेत पत्तो लगाइसके । काल्बे हुसेनबाट जन्मिएको उनको १० वर्षीय छोरासमेत रहेको बताइएको छ ।
तर जानवीले यी सबै कुरालाई अस्वीकार गर्दै अभिषेकले आफूसँग गएको डिसेम्बर महिनामा गुप्त बिहे गरिसकेको कुरामा जोड दिएकी छिन् । अभिषेककै लागि भनेर आफूले बलिउडका राम्रा सिनेमालाई त्यागेको समेत उनले बताइरहेकी छिन् । उनले बच्चन परिवारका शुभचिन्तक तथा समाजवादी पार्टी नेता अमर सिंहलाई समेत यो घटनामा मुछेकी छिन् । उनले भनिन्- "अमर सिंहले यो घटनामा चूप बस्न मलाई धम्की मात्र दिएनन्, मेरो गाडी जफत गराउन उनका मान्छे पनि लगाए ।"
मु्म्बई प्रहरीले उनलाई आत्महत्याको प्रयास आरोपमा प्रक्राउ गरी थुनेको थियो । पछि अदालतले उनलाई १० हजार जरिवाना तिराउँदै थुना मुक्त गरेको थियो । यसअघि प्रहरीले उनलाई लागू औषध प्रयोग गरेको शंकामा अस्पतालमा जाँच गरेको थियो । जसको रिपोर्ट अझै आउन बाँकी रहेको बताइएको छ ।
| |
|
|
|
|
|
|
|
|
|
Tags in City Sightings
festival releases celebrity party events story wedding bandhs & protests bizarre traffic real picture hi-life city beauty pageant travel culture awards |
Browse all Tags in Group |
Tag groups:
cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, | | | | | | |