Home» Around the World »Weird and Interesting

कचमा परे कोच

पेरुका कोच जुलियो सिजर युरिबलाई उनको मासिक आम्दानीको ३० प्रतिशत रकम जरिवाना गरिने भएको छ । उनी गएको महिना जापानसँग भएको मैत्रिपूर्ण फूटबलको समयमा डिस्कोमा नाचेको आरोप लागेपछि उनलाई यो जारिवाना तिराइएको हो ।

"हामीलाई उनी डिस्कोमा गएकोमा कुनै दुःख या चिन्ता भएको होइन । तर उनी त्यहाँ गएर पनि नगएको भनी ढाँटेकोमा दुःख लागेर जरिवाना तिराइएको हो", पेरु फुटबल फेडरेशनका निर्देशक जुभेनल सिल्वाले बताए ।

"उनले ढाँटेकाले हामीले उनलाई आर्थिक दण्ड दिने निर्णय गरेका हौँ र उनको मासिक आम्दानीको ३० प्रतिशत कट्टा भएको आगामी महिना थाहा पाउनेछन्", उनले थपे ।

युरिबले कोचको दोस्रो कार्यकाल गएको महिना मात्र शुरु गरेका थिए । शुरुमा त उनले आफू डिस्को नगएको बताइरहेका थिए तर पछि टेलिभिजन अन्तरवार्तामा उनले त्यो आरोपलाई सकारेका थिए । जापानको योकोहामामा २-० ले पराजित भएपछि उनी पीडा भुल्न डिस्को गएका थिए ।

सिल्भाले भने- "आफ्नो गल्तीप्रति २ करोड ८० लाख पेरुका जनतासँग उनले माफी माग्नेछन् ।" फेडरेशनले युरिब खेल हुनुअघि पनि डिस्कोमा गएका थिए कि थिएनन् भनी अनुसन्धान गर्नेछ । "यदि उनी खेल हुनुअघि पनि डिस्को गएको प्रमाणित भएमा उनलाई जागीरबाट बर्खास्त गरिनेछ", सिल्भाले बताए ।

यो तथ्य तब प्रकाशमा आयो, जब पेरुका ट्याब्लोइड अखबारहरुले खेलाडीहरु खेलमा भन्दा रामरमाइलोमा बढी ध्यान दिने गरेकोबारे छापेका थिए । यस्ता अखबारलाई फूटबल टिमले सन् २००४ को कोपा अमेरिका खेलदेखि बहिस्कार गर्ने गरेका थिए । त्यसबेला खेलाडीहरु मज्जाले रक्स्याहा भएको अखबारले टिप्पणी गरेका थिए ।

युरिबलाई त्यहाँ ब्ल्याक डायमण्ड (कालो हिरा)का रुपमा चिनिन्छ । सन् १९८२ को विश्वकप फूटबलमा पूर्व फरवार्ड उनले सशक्त प्रस्तुति दिएका थिए । तीन वटा खेल उनकै कारणले जितेको र १५ खेलमध्ये चार वटा 'ड्र' र आठ वटामा पराजित बनाएका थिए । सन् १९८२ यता पेरु विश्वकपमा छनोट हुन सकेको छैन ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
परिस्थिति माया सुन्दरी सेलेब्रिटी गुगल विज्ञापन भव्यता बलिउड इन्टरनेट नग्नता श्रीमानश्रीमती फट्याइँ मूर्ख्याइँ उदेकलाग्दो उपाय हलिउड मुद्दा मामिला कीर्तिमान उदारता यस्तो पनि !
Browse Tags in Other Group
 
 
Tags in Work and Office
meetings time value training skill development interview deadline work psychology sex fun and humor co-workers
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,