शिताष्माले मिस नेपालको टाइटलबाहेक बेस्ट वाक र मिस पर्सनालिटीसँगै एक लाख रुपियाँ र काइनेटिक नोभा मोटरसाइकल हात पारेकी छिन् । कार्यक्रममा मिस ट्यालेन्ट सावित्रा श्रेष्ठ, मिस फोटोजेनिक बन्दना शर्मा, मिस ब्युटिफूल कम्प्लेक्सन रश्मी केसी, मिस ब्युटिफूल हेयर नानीमाया खड्का तथा मिस ब्युटिफूल स्माइल ऋचा शर्मा भएका थिए ।
कार्यक्रममा निकै सजिलो प्रश्नहरु सोधिएका थिए ।
कार्यक्रममा केही प्राविधिक गडबडी देखिए पनि अघिल्ला वर्षका भन्दा यो वर्षको कार्यक्रम केही रोचक भएको थियो ।
शनिबार मिस नेपाल कार्यक्रम नहुने भन्ने हल्ला चलिरहेको बेला माओवादी कार्यकर्ताहरुले कार्यक्रमस्थलबाहिर प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा तीन महिलाहरु घाइते भएको बताइएको छ । माओवादीका तर्फबाट सञ्चार मन्त्री भएका कृष्णबहादुर महरालाई मिस नेपाल कार्यक्रम नगराउन १४ वटा विभिन्न संस्थाहरुले दबाब दिएका थिए तर अन्तिम अवस्थामा यो कार्यक्रम भई छाड्यो ।
Related Link:
Miss Nepal 2007 Photo Gallery