Home» Around the World »Weird and Interesting

यौनोत्तेजक फर्निचरहरु


एक डच सिकर्मीले आफूले बनाएका यौन उत्तेजक फर्निचरहरुको जर्मनीको एक उच्च कला ग्यालेरीमा प्रदर्शन शुरुवात गरेका छन् ।

मारियो फिलिप्पोना नामक यी सिकर्मीले विभिन्न शैलीका काठले निर्माण गरिने दराज, वार्डरब तथा टेबुलहरुलाई महिलाको शरीरजस्तै बनाएका छन् । महिलाको नग्न शरीर उनको सिर्जनाको सबैभन्दा उर्वर प्रेरणा भएकाले उनले आफूले बनाएका फर्निचरहरु महिलाको शरीरजस्तो भएको उनले बताएका छन् ।

"उनले महिलाहरुको स्तनजत्रै आकारको काठको 'टिट्टी-फ्रुटी' पनि बनाएका छन् । एनानोभा समाचार एजेन्सीका अनुसार यसलाई हेर्नेहरुको घुइँचो लागेको थियो ।

त्यसो त उनले रक्सी पिउने गिलास, टेबुल, टेबुलका खुट्टा, ओछ्यान नजिकैको घर्रा पनि महिलाहरुको विभिन्न अङ्गलाई आधार मानेर बनाइएका छन् ।

प्रदर्शनीको शुरुवातसँगै फिलिप्पोनाले भने- "महिलाहरुको 'आकार', जिउडाल र त्यसमा भएको 'अर्गानिक आर्किटेक्चर'ले मलाई यस्ता कला बनाउन प्रेरित गर्‍यो ।" उनका डिजाइनहरु हेरेर इन्टरनेटमार्फत् पनि किन्न पाइने उनले बताएका छन् ।

उनले आफ्नो सामान बिक्री गर्ने वेबसाइटमा भनेका छन्- विगत धेरै वर्षअघिदेखि मैले काठका अनेक सामाग्रीहरु बनाएँ । तर तिनमा नयाँपन केही देखिनँ । नयाँपन ल्याउनका लागि मलाई नारीको आकर्षक रुप, आकार र तिनको न्यानोपनाले मलाई प्रेरित गरेको छ ।

कसैले यसलाई उत्तेजक ठान्लान्, कसैले छाडापन ठान्लान्, नेपाली कला पारखीले चाहिँ यसलाई के भन्ने हुन् कुन्नी ?

















 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
सेक्स यस्तो पनि ! सुन्दरी बलिउड माया सेलेब्रिटी इन्टरनेट श्रीमानश्रीमती परिस्थिति नग्नता उदारता फट्याइँ मुद्दा मामिला मूर्ख्याइँ भव्यता विज्ञापन गुगल हलिउड उदेकलाग्दो कीर्तिमान
Browse Tags in Other Group
 
 
Tags in MUSIC
विवाद गायिका गायक कन्सर्ट हल्ला ट्रयाक बाहिर उपलब्धि लुकेका कुरा रिलिज परिस्थिति अवार्ड कीर्तिमान बजारमा क्या बात ! रुचि पेज थ्री प्रेम र विवाह