Home» Cinema »Feature

अब चार्लिज एञ्जेल्स नेपालीमा



प्राविधिक संघद्वारा आयोजित नेपाली चलचित्र महोत्सव तथा अवार्ड कार्यक्रममा उनी धडकन चलचित्रको सम्वाद लेखक तथा मैदान चलचित्रको पटकथाकारका रुपमा उत्कृष्ट पाँचभित्र परेका छन् । तर उनी खुशी भने छैनन् । अरुका लागि सफल चलचित्र लेखे पनि आफूले लगानी गरेको तथा लेखेको चलचित्र 'अभिमन्यू' चलचित्र गएको वर्षको जनआन्दोलन भाग २ मा 'शहीद' भएर आठ लाख घाटामा परेपछि उनमा खुशी छाउन नसकेको हो ।

यी ती लेखक हुन्, जसले अरुलाई धडकन, माया नमार, अजम्बरी नाता, दादागिरी, निखिल दाइ, क्रान्ति, भाइभाइ आदि चलचित्र लेखिदिएर निर्माताहरुलाई मालामाल बनाए तर आफूले त्यस्तै किसिमको चलचित्र बनाउने भएर डुबे । यिनको नाम हो- मौनता श्रेष्ठ । तर उनी अहिले मौन छैनन् । डुबेको आठ लाख फिर्ता ल्याउन उनले अहिले नयाँ कथा जोड्दैछन् र सिनेमाको नाम राखेका छन्- आँधितुफान



सफल सिनेमा लेखक तर असफल चलचित्र निर्माताका रुपमा चिनाउन रुचाउने मौनताले आँधितुफान चाहिँ चार्लिज एञ्जेल्सबाट उडाएको लुकाएनन् । "त्यसको एक-एक सिन मैले मेरो सिनेमामा राख्दैछु । मेरो सिनेमाका नायिकाहरुले तिनै कपडा लगाउने छन्, त्यस्तै किसिमले । कथा नेपाली पारामा भए पनि एउटा मिसनका लागि तीन सुन्दरीहरुको त्यही भिडन्त देखाउँदैछु भने मैले कथा चोरेको होइन किन भन्नू ?" उनको स्वरमा दृढता सुनिन्छ ।

त्यसो त आँधितुफानअघि च्याम्पियन चलचित्रको घोषणा गरिसकेका यिनले त्यस विषय र कथालाई एकातिर थाति राखेर तगडा एक्सन फिल्म बनाउन ध्यान दिइरहेका छन् । च्याम्पियन किन ढिला त ? "खासमा मैले खोजेका कलाकारहरु ज्यादै व्यस्त भए । त्यही भएर हिरो ओरिएण्टेड फिल्मभन्दा पनि हिरोइन ओरिएण्टेड बनाउन त्यो रोकेर यो फिल्मको घोषणा गरेँ," मौनता बताउँछन् । 'आँधितुफान' नामसँग 'थ्री ब्युटिफुल एञ्जेल्स' ट्यागसमेत झुण्ड्याउने उनले सोचिसकेका छन् ।

यस चलचित्रमा ऋचा घिमिरे, पूजाना प्रधान, विक्रान्त बस्नेत, उमेख खड्का, राजेश ढुंगाना आदिको अभिनय रहनेछ । अर्की एक नायिकाका रुपमा मोडल सराह गुरुङसँग कुराकानी भइरहेको तर उनले अहिले कुनै स्पष्ट निर्णय दिइनसकेको निर्माता तथा लेखक मौनताले इनशाडटकमलाई बताए ।

यता यो चलचित्रको द्वन्द्व नेपाली चलचित्रकै इतिहासमा सबैभन्दा रोचक हुने दाबी एन्.बी. महर्जनले गरिरहेका छन् । चलचित्रका निर्देशक भने महेन्द्र बुढाथोकी रहनेछन् ।

१०/१२ वर्षको चलचित्र करियरमा ५० भन्दा बढी चलचित्र लेखिसकेका मौनताले नेपाली चलचित्र सबै वर्गका व्यक्तिमाझ लोकप्रिय हुन नसक्नुमा निर्देशकको कल्पनाशीलताको अभाव मानिरहेका छन्, भन्छन्- "असक्षम निर्देशकहरु, कन्सेप्ट चयनमा गडबडी, पुरानो शैली हावी हुनु, नयाँ शैलीमा जान नरुचाउनु, तल्लो वर्गका लागि मात्र चलचित्र बनाउनु, प्राविधिक रुपमा पुरानै तरिका अपनाउनु, चलचित्र हलहरु पनि पुरानै हुनु र अत्याधुनिक नहुनु र शिक्षित वर्गहरु यस क्षेत्रमा आउन नरुचाउनु नै नेपाली चलचित्र माथि उठ्न नसक्नुका कारण हुन् ।"

यति थाहा हुँदाहुँदै उनले 'अभिमन्यू' पुरानै शैलीमा बनाए, किन त ? "त्यो नै मेरो जिन्दगीको सबैभन्दा ठूलो गल्ती थियो । मलाई थाहा थियो, यस्तो चलचित्र बनाएर उद्योग फस्टाउँदैन । तर पैसाको रिस्क कसले लिने भन्ने सोचले काम गर्‍यो । त्यही शैलीका चलचित्र अरुलाई लेखिदिँदा चल्यो भने मैले बनाउँदा किन नचल्ला भनेर त्यस्तै शैलीको बनाएँ तर आन्दोलनमा 'शहीद' भयो ।"

त्यही सोच र शैलीको चलचित्र नबनाउन उनले चार्लिज एञ्जेल्सको डीभीडी अनेक पटक हेरेको उनले बताए । "यसमा ड्रेसअपदेखि लिएर दैनिक हिरोइनहरुको सिनेमा एक्टिभिटीमा सुधार हुनेछ । ताकि पर्दामा हे
र्दा नायिकाहरु फोहोरी नदेखिऊन् । नेपाली फिल्म पर्दामा हेर्दा फोहोरी देखिन्छ, त्यस्तो नहोस् भन्ने मान्यताले अहिले म काम गरिरहेको छु", उनले बताए ।

चार्लिज एञ्जेल्स नै उनले किन नेपाली भाषामा बनाउन खोजिरहेका छन् त ? "यसको प्रमुख उद्देश्यः पढेलेखेका व्यक्तिहरुले हेरिदिऊन् भन्ने नै हो । प्लस टु पढेका युवाहरुलाई हलसम्म तान्ने उद्देश्य नै हो", मौनताले भने- "यस पटक विज्ञापनमा पनि अलि बढी नै खर्च गर्नेछु । यस पटक नयाँ-नयाँ स्रोत परिचालन गर्नेछु ।"

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
घोषणा क्या बात ! रोचक ग्ल्यामर पेज 3 कन्ट्रोभर्सी नवीनता पार्टी फिल्म फेस्टिबल रोमान्स अभिनेत्री निर्देशक सोच सेक्स कार्यक्रम सञ्चारकर्मी अभिनेता प्रविधि
Browse Tags in Other Group
 
 
Tags in Relationship
sex dating divorce cheating kissing marriage honeymoon friends tips gifts breakup infidelity parties know women attracting girls know men attracting guys flirting love personal valentine's day ex-love occassion fun read memories Family
Browse all Tags in Group