Home» Around the World »Weird and Interesting

महङ्गो अप्रिल फूल !

अप्रिल फूलमा आफ्नो श्रीमानलाई 'फूल' बनाउन खोज्दा श्रीमतीले त्यसको प्रतिक्रियास्वरुप महङ्गो पाठ सिक्नु परेको छ । श्रीमतीको ठट्टाबाट आक्रोसित ती श्रीमानले श्रीमतीलाई अप्रिल फूल बनाउन खोज्दा उल्टै पारपाचुकेको सूचना पठाइदिएका छन् ।

सांघाईका एक व्यापारी मि. लिन गएको १ तारिख (अप्रिल १) मा थाकेर घर पुगे । हेर्छन् त श्रीमतीको गलामा पासो छ । आत्तिएर उनले नोकर चाकरलाई भेला गराएर पासो काटे । त्यसपछि उनले श्रीमती मरेको ठानेर प्रहरीलाई पनि खबर गरे । प्रहरी आउनुभन्दा केही क्षणअघि मरिसकेकी श्रीमती जुरुक्क उठेर मरिमरि हाँस्न थालिन् ।

"मैले जब ढोका खोलेँ, मैले देखेँ कि केही वस्तु हावामा कावा खाइरहेको छ । जब बत्ति बालेँ, उज्यालो भएपछि मेरो सातो गयो । मेरी प्यारी श्रीमती हावामा झुण्डिरहेकी थिइन्", मि लिनले सांघाई इभिनिङ पोष्टलाई बताए ।

"प्रहरीलाई खबर मात्र के गरेथेँ, जुरुक्क उठेर हिस्टिरिया लागेँ झैँ हाँस्न थालिन्", अनुहारमा त्यो बेलाको चिन्ताको झल्को दिँदै लिनले बताए- "र, भन्न थालिन्- हृयाप्पी अप्रिल फूल !" आफ्नो सातो जान लागेको बेला हृयापी अप्रिल फूल भनेपछि त लिनको कन्सिरी यसरी तात्यो कि भोलिपल्ट (२ अप्रिल) मा अदालतमा उनीसँग पारपाचुके (डिभोर्स) दर्ता गराए ।

हान नाम गरेकी २६ वर्षीया उनकी श्रीमती कलाकार हुन् । उनले हरेक दिन यस्तै केही ठट्टा गरिरहने पनि लिनले बताए । "हरेक दिन उसले यस्तो जोक् गरिरहेकी हुन्छे कि मेरो त सातो नै जाने गरेको छ", पीडित श्रीमानले अखबारलाई बताए- "मलाई यस्तो लाग्छ कि हरेक दिन म यस्तो बममाथि बसिरहेको छु, जुन बम जतिबेला पनि पड्किन सक्छ ! हरेक दिनको यस्तो जोकबाट म आजीत भइसकेँ ।"

यसरी जतिखेर पनि पड्किन सक्ने बमबाट आफू पीडित भएकाले उनीसँग छुट्कारा पाउँ भनी उनले पारपाचुके लिन चाहेका छन् ।

"अब म उसको हरेक दिनको जोक, ठट्टा र खेलकूदबाट आजीत भइसकेँ । हरेक दिन घरभित्र छिर्न कि त मैले कुनै प्रश्नको सही उत्तर दिनुपर्ने हुन्छ कि त केही नयाँ कुरा सुनाउनु पर्ने हुन्छ । नत्र भने म घरभित्रै अबेरसम्म छिर्न पाउँदिन । यस्तो खेलबाट म आजीत भइसकेको छु, मलाई उसबाट मुक्ति चाहियो", लिनले अखबारलाई बताएका छन् ।

यता हरेक दिनको ठट्टा अभिनेत्रीसमेत रहेकी हानलाई निकै महङ्गो भएको भएको छ । तर उनको यस विषयमा के प्रतिक्रिया छ भन्ने चाहिँ अहिलेसम्म बाहिर आइसकेको छैन । अरुलाई मूर्ख बनाउँदा रमाऊनेले अरुलाई पर्ने मर्काबारे पनि केही सोच्ने हो कि ?


 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
श्रीमानश्रीमती मूर्ख्याइँ हलिउड मुद्दा मामिला गुगल उदारता भव्यता परिस्थिति इन्टरनेट प्रविधि उपाय विज्ञापन बलिउड कीर्तिमान सुन्दरी फट्याइँ जनावर सेलेब्रिटी उदेकलाग्दो नग्नता
Browse Tags in Other Group
 
 
Tags in Cinema
सेक्स अभिनेता अभिनेत्री सेलेब्रिटी रिलिज समारोह सुटिङ हल्ला पेज थ्री प्रविधि
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
Security Code: